वर्णनात्मक निबन्ध
बत्तीस थाटको नाम र स्वरहरु कण्ठ गर्ने सूत्र
सङ्गीतमा पूर्णता र विद्यमान वादविवादहरूलाई निर्मूल पारी सङ्गीताध्ययन गर्न चाहने जिज्ञासुहरूका लागि परिमार्जित नेपाली सङ्गीत पद्धतिमा बत्तीस थाट अन्तर्गत सुर सप्तकलाई रचनात्मक ढङ्गले ढाल्ने कार्य सम्पन्न भएको छ । सुर सप्तकमा सात नाउँका १२ वटा स्वरहरू सर्वमान्यरूपमा रहेका छन् । यी १२ वटा स्वरहरूको स्पष्ट स्वरूप यस्तो छ ? सा प दुई वटा शुद्ध स्वर, रे ग म ध नी पाँचवटा तीव्र स्वर र रे ग म ध नी पाँच वटा कोमल स्वरहरू छन् ।
जातको साल र जातीयताको नाल !
आफ्नो पसिना र विवेकले जीवनको गतिलाई समुज्ज्वल बनाउनुको साटो कथुरे तर्क र लिँडे तुजुकको बलमा जातीय उत्पीडनका कुराहरू, जातीय शोषणका कुराहरू, जातीय दमनका कुराहरू, जातीय विभेदका कुराहरू दावाग्नि बनेर यति अमानुष र बर्बर किसिमले मान्छेका मनहरू भत्काउँदै, रहरहरू निचोर्दै, इच्छाहरू पखाल्दै अर्काको पसिना निर्लज्ज पिउन दिनदहाडै रक्त पिपासु बनेर हिँड्न सक्छ भन्ने कुरा जीवनमा मात्र हैन सपनामा पनि सोचिएको थिएन ।
हामीलाई कवितामा के चाहिन्छ ?
कवि खालि केमेरा होइन, त कविता फोटो। यद्यपि हामी फोटोलाई कला भन्ने मान्छे पाउँछौँ । चित्रण यान्त्रिक नभए आजसम्म यथार्थवादी कविता संसारले सहेकै छ । मजा लाग्ने उदाहरण पनि पाइन्छन्। तर जहाँ यथार्थवादी कविताले रुलाउँछ, त्यहाँ बाहृय प्रकृतिको फुस्रो चित्रण छोडेर आभ्यन्तरिक हृदयानुभूतितिर डुबेको देखिन्छ । हृदयको रङ राम्ररी नदेखिने कवितालाई हामी ठूलो दर्जा दिन सक्तैनौँ । शब्दले फूल उतार्नु-रङ र रुप साथमा, केही कला हो।
समृद्ध नेपाल : हाम्रो गन्तव्य
सुख सबैको भित्री इच्छा हो । समृद्धशाली बन्ने सबैको सपना हो । शान्तिको सुवास चारैतिर फैलियोस् उन्नतिको मूल सर्वत्र फुटोस् भातृत्वको भावना यत्रतत्र मौलाओस् भन्ने चाह सबको हुनसके उत्तम हुन्थ्यो । यही आकाङ्क्षा र अपेक्षा एउटा चोखो भावना हो । धेरै दुःख पछिको थोरै सुख पनि अमृत बन्छ । लामो समयसम्म कहर काटेपछि मनमा नौलानौला रहर जाग्छन् । ती रहर पूरा भए मान्छे गमक्क पर्छ पूरा नभए भाँडभैलो गर्न तम्सला कि भन्ने त्रास हुन्छ । कलिलो मुनालाई निमोठ्न सजिलो हुन्छ । त्यो मुना जति कलिलो देखिन्छ त्यति आशलाग्दो भविष्यको जलपले उज्ज्वल भेटिन्छ । कहर पछिको रहर चाडै काम पाइयोस् चाडै सुविस्थाको माम पाइयोस्! भन्ने हुन्छ । तातै खाऊँ जलि मउँ! पनि नहोला भन्न सकिन्न । हेक्का राख्न नसके हात परेको फल पनि गुम्न सक्ने अवस्था हुन्छ । नाम नै गुमनाम हुन सक्छ । शिष्टता देखिनुपर्ने ठाउँमा अशिष्टता प्रदर्शित हुन सक्छ । राम्रो र हाम्रोको भावना मरेर यत्ति मेरो यत्ति तेरो त्यत्तिको भावना उम्रन सक्छ । खुशीको आँसुको सट्टा दुःखको आँसु टल्पलिन सक्छ । मनमा शितलताको वास हुनुको सट्टा मनमा बेचैनीको निवास हुन सक्छ । धेरे कुराहरू आउँछन् । मीठामीठा हातबाट उम्कन्छन् भने तीतातीता वरवर रहन्छन् । तिनै तीतातीता कुराहरूले घेरेर फेरि अर्को खालको कहरको बाटो तयार हुन्छ । त्यस बाटोका पदयात्री हामी सबैले हुनुपर्छ । रक्तमुच्छेल भएर यात्रा सबैले गर्नुपर्छ । पश्चात्तापका आँसु त्यत्तिखेर बग्न सक्छन् । समय हातबाट फुत्किसकेको हुनेछ । पश्चात्तापले जल्नु र गल्नु सिवाय हामीसँग अर्थोक केही रहन्न । बिग्रेको मान्छेको भत्केको घर भत्केपछि केको डर! भन्ने अल्पदृष्टि जन्मन सक्छ । इज्जत गुम्न सक्छ नाम हराउन सक्छ यात्रा दुःखदायी अपुरो र अधुरो हुन सक्छ । र पुनः पीडादायी अध्याय उल्टन सक्छ ।
चामल र चमेली
दुई कुरा (चामल र चमेली)मध्ये कुनै एक रोज्नुपर्ने अवस्था आइलाग्यो भने निश्चित तवरले मेरो रोजाइ हुनेछ, चामल । यसरी रोज्दा म तलमाथि वा देब्रे-दाहिने अरू केही सोच्दिनँ, सायद मेरो मस्तिष्कले त्वरति सोच बनाइसकेको हुन्छ । किनभने, म चामलमा सार देख्छु र चमेलीमा फगत रूप मात्र । सार भनेको गुदी हो, गुण हो, गुणवत्ता हो, प्राकृतिकता हो र अन्तरतम हो ।
अमेरिकाको रहर
आफ्नो देशमा सुव्यवस्थित कल्याणकारी शासन व्यवस्था नभएकोले हाम्रो देशका कैयौँ उत्साही युवाहरू काममाम र शिक्षाको खोजीमा विदेश पलायन भइरहेछन् । यसमा अमेरिकाको रहर बोकेर मरिमेट्नेहरूको लाम निकै ठूलो पाइन्छ । यहाँ एकाबिहानै उनी आउनुको आशय मलाई लाग्यो- सायद मेरो परिवार अमेरिका पुगेको र धेरै समयदेखि उतै बस्तै गरेको खबर उनलाई कसैले दिएर सो आशामा उनी मलाई भेट्न आएका थिए क्यार । मेरो उत्तरले उनी सन्तुष्टिसाथ बिदा भए । यसपछि भेटघाट, कुराकानी केही छैन । सायद उनका छोरा पोखरातिर नै कतै सानोतिनो काम गर्दैछन् क्यार।
खुट्टाभरिका हिँडाइ र हिँडाइभरिका खुट्टाहरू
कहिले खुट्टाले हिँडाउँछ । कहिले खुट्टालाई हिँडाउँछु । जहिले खुट्टाले हिँडाउँछ, खुट्टामा लीन भइदिन्छु । जहिले खुट्टालाई हिँडाउँछु खुट्टा लीन हुन आउँछ । कुनै बेला खुट्टाको हुन्छु । कुनैबेला खुट्टा भइदिन्छ मेरो । रूपान्तरणको लीला अपरम्पार छ । बुझी नसक्नु । रूपान्तरण-परिवर्तन । रूपान्तरणकै क्रममा परिवर्तन भेटिन्छ । कहिले खुट्टामा म, मेरोमा खुट्टा कहिले । खुट्टामा हिँड्ने उसित ऊ हिँडिरहन्छ खुट्टासितै । उसको खुट्टा हो या ऊ खुट्टाको ।
शुभकामना सुनगाभाको
सुनगाभा फुल्ने नेपालमा कोही कुरुप नहोउन्, सबै सुनगाभा जस्तै शोभायमान बनुन् भन्ने शुभकामना दिएर राष्ट्रकवि माधव घिमिरेले २०१५ सालतिरै रचेका हरफहरू हुन् यी। तर, त्यसको ५० वर्षपछि आज सुनगाभा फुल्ने हाम्रा धेरै वनपाखा उजाड भइसकेका, धेरैथरी सुनगाभा हराइसकेका र अहिले पनि हराइरहेका छन्। यसैबीच नेपाली किसानहरू विदेशबाट आयातीत सुनगाभा खेती गरेर लाभान्वित हुन थालेका छन्। तिनका खेतीमा आफ्नै देशका सुनगाभा किन नसिब भएनन्?
मेरो प्यारो ओखल्ढुङगा
जिल्लाको ऐतिहासिक पृष्ठभूमि
मल्लकालीन समयमा राजा लक्ष्मीनरसिंह मल्लले राज्य विस्तार गर्न काजी भीम मल्ललाई यस भेगमा पठाएका थिए। उनले यहां राज्य चलाएका किराँतलाई लखेटे। उनको फौजसंग धान भएको र यहाँको ठूलो ढुंगाको खोपिल्टामा धान कुटे र भात खाएकोले त्यही ढुंगाको ओखलको नामले यो ठाँउको नाम ओखलढुंगा रहन गएको हो भन्ने जनश्रुति छ।
दाल-भात ट्रेकिङ
जंगलको एउटै पात नभएको रूखको हाँगाले थाम्नै नसक्ने गरी सेताम्मे फुलेका ठूल्ठूला फुलबारे सोद्धा दाँत फुक्लेकी सेर्पिनी वृद्धाले गाएको गीत हो यो । उनको मुहारमा एक्कासि आएको चमक र चिम्सा आँखाको हेराइले लाग्थ्यो, यो गीत अर्थपूर्ण छ । नभन्दै गीतले असी नाघेकी आमैलाई गाउँदा गाउँदै १६-१७ वर्षे उमेरमा फर्काइ दिएको रहेछ । नहाँसुन् पनि किन ? उनी त गाउँदै गर्दा बाला उमेरको रोमाञ्चकारी क्षणमा पो पुगिन् । ढुंगो खाए पनि पच्ने, जेसुकै देख्दा, सुन्दा र अनुभूति गर्दा पनि हाँसिरहन मन लाग्ने बेला ।
प्रेम र रहस्यले छुँदा
यो समय शक्तिशाली नेपाली कविताले हामीलाई छोइरहेको छ । अलि अघि आरएम डंगोलको दसगजावारि उभिएर आयो, शंकर कोइरालाको निर्वस्त्र नगरीमा, त्यसपछि नवराज सुब्बाको बीच बाटोमा ब्युँझेर । अघिल्लो महिना विमोचित मोहन कोइरालाको अन्तिम काव्य सिमसारका राजदूतले नेपाली कवितामा विशिष्ट उचाइ छोयो । यसैबेला सिमानापारि -सिक्किम) बाट वीरभद्र कार्की ढोलीको समाधि अक्षरहरू, प्रवीण राई जुमेलीको इम्पास्टो अक्षर यहाँ आइपुगे ।
- « Previous
- 1
- 2
- 3
- Next »

