Skip to content

विश्लेषण/समालोचना

रचनाको मूल्य

साझा प्रकाशनले मेरो एउटा कथा ‘विसंगतिको एउटा पाटो’लाई समसामयिक साझाकथा नामको कृतिभित्र समाविष्ट गरेछ । त्यो थाहा पाएपछि काठमाडौँका केही साथीहरूले मलाई खबर गर्नुभयो । “तपाईंको कथा साझाको संग्रहभित्र परेको छ । सायद लेखकलाई राम्रै पारिश्रमिक देला, काटमाडौँ आएको बेला एकचोटि साझा प्रकाशनमा निस्केर पारिश्रमिकको विषयमा के रहेछ बुझ्नुहोला ।”

‘बादलभित्रका कविताहरू’ कविता पुञ्जभित्र घोत्लिँदा

देश र विदेश (भारत र वङ्गाला देश) भ्रमणबाट विविध क्षेत्रमा अनुभव बटुल्नु भएका के..सी.ले विभिन्न संस्थामा आवद्ध भएर हालको समयमा साहित्यमा रमाउनु भएको छ । जीवनका लहरहरू, (कथासङ्ग्रह), शिवगीता गद्यमा, बगैंचाका फूलहरू कविता पुञ्ज, बादल भित्रका कविताहरूकविता पुञ्ज, कालीले धौलागिरी अञ्चल पार गर्छिन् जस्ता कृतिहरूलाई बजारमा ल्याइसक्नु भएका के.सी.का आधादर्जन जति प्रकाशोन्मुख कृतिहरू पनि छन् र विभिन्न पत्रपत्रिकामा उहाँका लेख रचनाहरू पनि हामीले पढ्न पाइरहेका हुन्छ म । किशोर अवस्थाबाटै लेखन थालनी भए पनि कृतिप्रकाशन भने जागिरे जीवनबाट विश्राम लिए पछि कथाकारको रूपमा प्रथम कथाको कृति बजारमा आयो ।

नेपालमा किन बढ्दै छ आत्महत्या ?

आजभोलि पत्र–पत्रिकाहरू एव म सञ्चारमाध्यमहरूमा दिनहुँजसो आत्महत्याको समाचारले ठाउँ ओगटेको पाइन्छ । एकप्रकारले मन्द विषसरी फैलिरहेको छ– हाम्रो समाजमा आत्महत्याको शृंखला । किन यसरी तिव्र गतिमा फैलिरहेको छ– यो सोचनीय र चिन्ताको विषय हो ।

स्वभाविकरुपमा मान्छे सम्वेदनाले भरिएको हुन्छ । जीवनका उतारचढावहरूलाई उसले जसरी पनि समाधान गर्नुपर्ने हुन्छ ।

अकीर्ण आँखा कवितासङ्ग्रहको विवेचना

त्रिभुवनचन्द्र वाग्लेको ‘अकीर्ण आँखा कवितासङ्ग्रह’ मेदिनीकुमार केवलबाट प्राप्त गरें र दोहोर्याइ दोहोर्याइ पढें । पढेपछि एकदुई शब्द कोर्न मन लाग्यो र कोर्न पनि बसें । वाग्लेजीसँग मेरो परिचय यसैकृतिले गर।यो तर साक्षात्कार भने हुन सकेको छैन । उहाँको मन गन्थनानुसार उहाँको बुढाहजुरबा शिवलाल उपाध्याय वाग्लेले भजन र छन्दका श्लोक रचनाकार र हजुरबा पं. टीकानिधि (राम) वाग्ले पनि कवि हुनु र संस्कृतमा लेख्ने चलन हुँदा हुँदै पनि नेपालीमा दन्तकालीका लागि वन्दना र ‘करुणा तरङ्गिणी’ काव्य लेख्नुभएको । उहाँका पिताजी बालचन्द्र वाग्ले, माइला दाजु जगदीशचन्द्र वाग्लेले पनि मीठा कविता लेख्ने कवि, स्वय म यस कीर्तिका कृतिकार पत्रकार एव म कवि भएकोले यस खानदानले नेपाली साहित्यमा लामो समयदेखि योगदान पुर्याएको देखिन्छ ।

पर्वसँग सम्बन्धित समय सुधार गर्नै पर्ने हो त ?

पर्व भन्नाले प्रतेक वर्ष हामीले परम्परागत संस्कार र नीति सनातनी आस्था, निस्था र विश्वासका साथ मानाउँदै आएका विभिन्न चाड पर्वहरू जस्तै – दशै, तिहार, तीज, राम नवमी, कृष्णाष्टमी, महाशिवरात्री तथा संक्रान्ती, पूर्णिमा, र अमावस्या लगायतमा पर्ने विशेष पर्व दिन एवं हाम्रो जन्मदिन मनाउने विशेष उत्सव नै पर्व हो ।

शास्त्रीय नीतिनियम अनुसार शास्त्रनिर्दिष्ट शुद्ध समयमा मात्र पर्वहरू मनाउनु पर्ने मात्र हैन पितृतर्पण कार्य समेत गर्नु पर्ने अन्यथा त्यस्को कुनै फल प्राप्त नहुने भन्ने शास्त्र प्रवर्तक ऋषिमुनिहरूले शास्त्रमा स्पस्त व्याख्या गरिएको भन्ने शास्त्रप्रवर्तकहरू बताउँछन् । अशुद्ध समयमा चाड पर्वहरू, जन्मदिन मनायमा र पितृतर्पण कार्य गरिएमा निश्फल हुन गै त्यस्कोप्रतिकुल प्रभाव समाज र राष्ट्रमा पर्न जान सक्छ भन्ने समेत शास्त्र प्रवर्तकहरूको भनाइरहेको पाइन्छन् ।

पर्व सुधार कसरी ?

१ सिङ्गो एक महिना एक पटकमा सार्नु नै बैद्दिक तरिका हो र यसलाई मन परिवर्तन वा मन्वन्तर भनिन्छ ।
२ वेदाड्ग ज्योतिषको कृतिका नक्षेत्रलाई सिद्दान्त ज्योतिषको आश्वनि नक्षेत्रमा सन् २८५मा सारिएको थियो यसलाई छैठौ मन्वन्तरबाट सातौमा सारिएको भनी बताइन्छ ।
३ मंसिर पूर्णिमा वा योमरी पुन्हीलाई लामो रात वा ज्येष्ठ पूर्णिमा वा ज्यापुन्हीलाई लामो दिन भनी हाल सुधारको पहिलो पाइला नेपालमा अगाडि सारिएको देखिन्छ । यसबाट एक महिना सार्ने तरिका खुलाइएको देखिन्छ ।

पर्व सुधार राष्ट्रिय कायदल प्रतिवेदन (सौत्र)

https://www.facebook.com/balram.shrestha.39mntnnbth

भुइँचालो नियाल्दा

गङ्गाजीको यो भुइचालो उहाँको अठारौं कृति हो । यो छ ओटा बालकथाको सँङ्ग्रह हो । यसको प्रकाशन अक्षरधाम प्रकाशन प्रा.लि.ले गरेको छ र मूल्य ७५/–रुपियाँ राखिएको छ । आवरण सहित ३० पृष्ठमा सजिएको यसकृतिमा देब्रे पन्नामा तस्विरहरूले ढाकेको छ भने दाहिने पन्नामा कथाले ओगटेको छ । आकर्षकरूपमा देखिन्छ आवरणको पहिलो पृष्ठमा शोकमय अवस्थाको बालबलिकाको तस्विर छ भनेपछिल्लो आवरण पृष्ठमा गंगाजीको व्यक्तिगत विवरण सिहतको चित्रले सजाइएको छ ।

सनातन धार्मिक कार्यमा “गोदान”

गाई सनातन धर्ममा महत्वपूर्ण स्थान ओगटेको पाइन्छ । सनातन धर्म भन्नाले पृथ्वीको शृष्टिकाल देखि नै मानी आएको धर्मलाई सनातन धर्म भनिन्छन् । यो सनातन धर्म अन्य धर्महरू जस्तो कुनै महान व्यक्ति विषेशले प्रतिपादन गरिएको धर्म नभै पृथ्वीको सृष्टिसँगै चली आएको धर्म हो । ब्रम्हस्वपिणी कामधेनु गाई पनि पृथ्वीको शृष्टिकाल देखि नै सृष्टि भएको हो भन्ने वेदको स्लोकहरूमा रहेका छ भनी वेदका ज्ञाताहरू बताउँन्छन् । पृथ्वीको शृष्टिको धेरै काल पछि क्षिरसागर मन्थन हुँदाका समयमा सागर वाट अ्रितको साथसाथै यी नै कामधेनु गाईका सन्तानहरू – नन्दा, सुभद्रा, सुरभि, सुशीला र बहुला नामक पाँच गाईहरू उत्पन्न भएका थिए ।

20161222_HangpalAngbuhan-News

सिंगापुरमा पनि चासोक–तङ्नाम मनाइयो

प्रकृतिपूजक लिम्बू जातिको महान चाड चासोक–तङ्नाम (न्वागी पूजा) सिंगापुरमा पनि धूमधामका साथ मनाइएको छ। हरेक वर्ष झैं यसपालि पनि 2016 December 18 तारिक Tessensohn Community Club ( Civil Service Club) को भवनमा किरात याक्थुङ् चुम्लुङ सिङ्गापुरको आयोजनामा चासोक तङ्नाम भव्य रुपमा सम्पन्न भयो ।
हाल : सिङ्गापुर

अरस्तुको अन्धविश्वास

मलाई यतिखेर अरस्तुको अन्धविश्वासले डल्लो पारिदिएको छ । आफ्नै परिवेशको धुमिल अन्धकार, जुन भाँती भाँतीका अविद्या, अचेतना, रूढि र अन्धविश्वासको मिश्रणबाट निर्मित रूमलो जहाँ म हराइरहेको बखत, त्यसबाट मुक्त हुन थोरै चेतन भोरको याचना गरिरहेको बखत अरस्तुको अन्धविश्वासले घाँटी अठ्याइदिएको छ । उहिल्यै कलेज पढ्दा राजनीति शास्त्रमा अरस्तुका सिद्धान्तहरू खुब रसपूर्ण तरिकाले पढियो । आजभन्दा तेइस सय वर्ष अगाडिका संसारकै उन्नत चेतन ज्योति । सोक्रेटसका नाति चेला, अफलातूनका सहोदर चेला । यिनी त्यो युगका चिन्तक दार्शनिक मात्र थिएनन् । थिए काव्यशास्त्री, राजनीतिशास्त्री र वैज्ञानिक ।

ऐना कथासङ्ग्रहप्रति साहित्यकारहरूको धारणा केलाउँदा

‘ऐना’ मदन पुरस्कारबाट पुरस्कृत कृति पढ्दा अति आनन्द लाग्यो,एउटा युवा साहित्यकारले एउटा साहित्यिक कार्यक्रममा चर्चा चलाइरहेको थियो । ऐनाले मदनपुरस्कार प्राप्त गर्यो भन्ने जानकारी त पाएको थिएँ तर पढ्नको लागि कृति हातमा परेको थिएन चितवन गएको समयमा पुस्तक पसलबाट प्राप्त गर्न सकें । ३५० रुपियाँ तिरेर किने र यसको अध्ययन गर्न थालें ।

नेपाल निर्माणमा प्रयोग भएको औजार “चन्द्रहाँस खड्ग”

प्राचिनकालकमा ओभरसियर, इन्जिनियरलाई चाहिने जति पनि चाहिने आवश्यक औजारहरू अविस्कार भए वा बनाए ती सबै औजारहरूको प्रतिनिधिकारुपमा प्राचिन नेपाल सृष्टिका समयमा चाहिएको स्थानमा आवश्यक्ता अनुसारको विभिन्न किसिमले विश्वकर्मारुपी महामञ्जुश्रीको मूल औजार स्वरुप भै प्रयोग भएको औजारहरूको मूलरुप हो “चन्द्रहास खड्ग” । यही औजारले विभिन्न स्थानको पहाड पर्वत डाँडाहरूलाई फोर्दै यहाँको कालीदहको पानी सबै बाहिर पठाई यहाँ मानववस्तीको उपयुक्त वास्थान निर्माण गरेर प्राचीन नेपालको पहिलो मानववस्ती काठमाडौँमा मञ्जुपत्तन नामक एक नगर स्थापना गरी धर्माकारलाई त्यस नगरको राजा बनाएर आफू चीनतर्फ लागे ।

नारीकहरुको महान दुई पर्व हरितालिका तीज र ऋषिपञ्चमि

नारीकहरुको महान दुई पर्व हरितालिका तीज र ऋषिपञ्चमि
न्न्न्न्न्न्न्न्न्न्न्न्न्न्न्

प्रकाशमान शिल्पकार

सदानन्द अभागीको नियात्रा विधाको अध्ययन

साहित्यकार सदानन्दको यात्रा विवरणको यो काठमाडौदेखि देहरादुन कृति, कृति प्रकाशनको हिसाबले आठौ कृति हो र नियात्रा विधाको हिसावले पहिलो र एकमात्र कृति हो । ३८ पृष्ठको सानो पुस्तकको भूमिका लेख्नुभएको छ –भवप्रसाद त्रिपाठीले । वहाँ दिगो भू–व्यवस्थापन कार्यक्रम हेल्भेटास नेपालको टिमलिडर हुनुहुन्छ र उहाँले जनाए अनुसार सदानन्दको यो यात्रा विवरण हेलभेटास –नेपालले नै आयोजना गरी भारतको उत्तराञ्चल प्रदेशमा नयाँ प्रविधिबारे ज्ञान हासिल गर्न आयोजना गरिएको थियो र यो विवरण त्यसकै उपज हो । यस यात्रा विवरणलाई नियात्राका निम्न आधारभूत तत्त्वहरूका आधारमा अध्ययन गरिन्छ –(क) अविस्मरणीय भोगाइ (ख) परिवेश चित्रण (ग) तटस्थता (घ) सुसङ्गठन् (ङ) पात्र) (च) भाषा शैली ।

20161204_PremBahadurSahi-Lekh

दैलेख: हिमालको काखमा तेस्रो धाम

ऐतिहासिक, पुरातात्विक, साँस्कृति सम्पदा, प्राकृतिक स्रोत साधन एवं पर्यटकीय क्षेत्र, सिंजा राज्यको शीलकालीन राजधानी, नेपाली भाषाको पहिलो शिलालेख पञ्चकोशी तिर्थस्थल, ३२ वटा जात/जातिको उद्गम स्थल, सयौं वर्षदेखि पानी माथि निरन्तर बलिरहेको ज्वाला, पुराना लिपि देवल, खम्वहरू, दश हजार मेघावाट विद्युत उत्पाद हुने नदी, बाइसे र चौविसे राज्य मध्ये दुईवटा राज्य, काठमाण्डौं, लुम्विनी पछि दैलेख जिल्ला नेपाल कै ‘तेस्रो धाम’मा पर्ने गर्दछ ।

मुनामदन खण्डकाव्यमा पूर्णोपमा र लुप्तोपमा अलङ्कार

महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा रचित ‘मुनामदन’ (१९९२) खण्डकाव्य नेपाली खण्डकाव्य परम्पराको एक समृद्ध काव्यचेत भएको र पर्याप्त लोकप्रसिद्धि पाएको काव्यकृतिका रूपमा चिनिन्छ । काठमाडौंको नेवारी समाजमा प्रचलित लोक आख्यान “जी वया ल लछी मडुनी” को आख्यानलाई मूल आधार बनाएर यस काव्यको रचना गरिएको उक्त नेवारी आख्यानबाट स्पष्टिन्छ । यो कुरालाई “प्रसिद्ध विषयवस्तुमा मौलिक कल्पनाको समेत मिश्रण गरेर त्यसलाई लोकलयमा बाँधी व्यक्त गर्ने आख्यानकला” (अवस्थी, २०६४:७७) भन्ने भनाइले पनि पुष्टि गर्दछ । ‘मुनामदन’लाई नेपाली खण्डकाव्यको परम्परामा स्वच्छन्दतावादलाई आमन्त्रण गर्ने पहिलो खण्डकाव्यको ऐतिहासिक श्रेय पनि प्राप्त छ ।

‘मूल्याङ्कनका वृत्तमा देवकोटा’ कृति नियाल्दा

पूर्णप्रसाद अधिकारी बलराम अधिकारीको पुत्ररत्नको रूपमा २०१५ भाद्र ३, कास्कीमा जन्मनु भएको थियो । नेपालीमा एम एसम्म शिक्षा हाँसिल गर्नु भएका अधिकारी वीरेन्द्र बहुमुखी क्याम्पस, भरतपुर चितवनमा सह–प्रध्यापक हुनुहुन्छ । अधिकारी एउटा सक्षम समालोचक तथा बहुमुखी साहित्यकार हुनुहुन्छ । अधिकारीको साहित्य र शिक्षा सेवामा पुर्याएको योगदान स्वरूप कालीगण्डकी कला साहित्य पुरस्कार (२०६७), पल्लव साहित्य सम्मान (२०६८), चितवन साहित्य सम्मान (२०७०) त्रि.वि. दीर्घसेवा पदक (२०७०) प्राप्त गरीसक्नुभएको छ । उहाँको प्रथम कृति प्रकाशन २०६२मा महाकवि देवकोटा : केही आयम (२०६२) भएको थियो । त्यसपछि अधिकारीले नेपाली नाटकको अध्ययन (२०६३ ) अविस्मृत अभिव्यन्जना (संस्मरण/नियात्रासङ्ग्रह, २०६४), नेपाली साहित्य: आयामिक निरूपण (२०७२), विम्बदृष्टिमा केही स्रष्टा (२०७२) र मूल्याङ्कनका वृत्तमा देवकोटा (२०७२) क्रमस प्रकाशनमा ल्याएका छन् ।

शूपर्णखा खण्डकाव्यको शैल्यक्रिया

परिचय

गोविन्दराज विनोदी, हेर्दा साधरणजस्ता लाग्ने व्यक्तित्व विचार र भावनामा एउटा सिन्धु एव म नेपाली साहित्याकाशका धु्रवतारा नै हुन् जस्तो लाग्छ मलाई । यस्ता बहुआयामी साधक एव म छन्दोवादी काव्यधाराका मानक स्रष्टाको ‘शूर्पणखा’ खण्डकाव्यमा ‘एउटा दृष्टि जावस’ भन्दै आदरणीय प्राध्यापक डा. नारायणप्रसाद खनालज्यूबाट २०७३, कार्तिक १४ गते महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०८औं जन्मजयन्ती साहित्यिक कार्यक्रममा शूर्पणखा खण्डकाव्य प्राप्त गरें ।

‘अक्षर’ : जीवन जिउँने एक ज्ञानशास्त्र

पुस्तक लेख्ने र प्रकाशमा ल्याउने धेरै हुन सक्छन् । तर, अमरत्व प्राप्त गर्ने लेखक र कृति थोरै हुन्छन् । जसको लेखनले पाठकलाई साहित्य रसास्वादन गराउन सक्यो वा ज्ञानको सागरमा डुबुल्की लगाउन वाध्य पार्यो, उसकै कृतिको नाम चर्चामा आउँछ । उसले नै समाजको मनलाई अपहरण गर्न सक्छ । त्यस्तै हाराहारी शक्ति र सामर्थ्य बोकेर देखापरेको कृति हो– ‘अक्षर’ ।

देशविदेशका ज्ञानविज्ञानलाई ‘अक्षर’मा रूपान्तरण गर्ने लेखक/सङ्कलक/सम्पादक हुनुहुन्छ– तेजनारायण शेर्पा ‘रञ्जन’ । सद्य कृति ‘अक्षर’मा धर्म, साहित्य कला, संस्कृति, दर्शन, जडिबुटी विज्ञान, राननीति, ज्योतिषशास्त्र, तन्त्रशास्त्र आदि थुप्रै क्षेत्रका जीवनोपयोगी कुराहरू समेटिएका छन् ।