सनातन धार्मिक कार्यमा “गोदान”


गाई सनातन धर्ममा महत्वपूर्ण स्थान ओगटेको पाइन्छ । सनातन धर्म भन्नाले पृथ्वीको शृष्टिकाल देखि नै मानी आएको धर्मलाई सनातन धर्म भनिन्छन् । यो सनातन धर्म अन्य धर्महरू जस्तो कुनै महान व्यक्ति विषेशले प्रतिपादन गरिएको धर्म नभै पृथ्वीको सृष्टिसँगै चली आएको धर्म हो । ब्रम्हस्वपिणी कामधेनु गाई पनि पृथ्वीको शृष्टिकाल देखि नै सृष्टि भएको हो भन्ने वेदको स्लोकहरूमा रहेका छ भनी वेदका ज्ञाताहरू बताउँन्छन् । पृथ्वीको शृष्टिको धेरै काल पछि क्षिरसागर मन्थन हुँदाका समयमा सागर वाट अ्रितको साथसाथै यी नै कामधेनु गाईका सन्तानहरू – नन्दा, सुभद्रा, सुरभि, सुशीला र बहुला नामक पाँच गाईहरू उत्पन्न भएका थिए । यी पाँच गाईहरू देव दानवको सहमतिमा जमदग्नी, भारद्वाज, बषिष्ठ, असित र गौत्तम ऋषिलाई जिम्मा दिएका थिए । पृथ्वीमा जति पनि गाईहरू छ्न ती सबै यिनै पाँच गाईका सन्तति हुन भन्ने शासस्तृय कथन रहेको पाइन्छन् ।

गाईको पूरा शरीरमा तेतिस कोटि देव देवताहरू आशृत हुने भन्ने धार्मिक मान्यताका कारणले यिनको दर्शन मात्रले पनि सबै देव देवताको दर्शन मिल्द छ भन्ने शास्तृय भनाई छ । गाईको दूध र घ्यू जति स्वास्थ्य बर्दक छ त्यति नै धार्मिक तथा पित्री कार्यमा त्यति नै पवित्र र महत्व्पूर्ण मानिन्छन् । त्यति मात्र हैन गाईको मल ( गोबर ) र मुत्र ( गौत )ले अनेकौ रोगका कीटाणु तथा रोग समेत नाश हुन जान्छ । गोबर र गौत धार्मिक तथा पित्री कर्य लगायत सनातन संस्कारहरूमा अति आवश्यक्ताका साथ प्रयोग गर्दै आएको छ । त्यसैले गाईलाई लोकमाता अर्थात गौमाता भनी अति श्रध्दा र भक्तिका साथ पुज्दै आएका छन् । हाम्रो देशले त गाईलाई राष्ट्रिय सम्मान नै दिई राष्ट्रिय जनावरका रुपमा सम्मान गरिराखेका छन् । लोक परलोकमा अति पुजनीय गाई ब्राम्हणलाई वैदिक निधिपूर्वक दान गरिएमा आफ्नो जीवनमा जानी नजानी भए गरिएका समस्त पाप कर्महरू नाश हुन गै शरीर शुद्धिकरण भै अन्त्यमा बैतरणी समेत पारहुने छ भन्ने सनातन धार्मिक मान्यता र विश्वासका साथ गाईदान अर्थात गोदान गर्ने धार्मिक पम्परा र संस्कृतिरहेको पाइन्छन् ।

धार्मिक शास्त्रहरूमा उल्लेखित भएअनुसार दैनिक गरिने पूजा बाहेक अन्य कुनै पनि धार्मिक कार्य गर्नु अगाडि र पछाडि गरिने गोदान समेत गरी विभिन्न अवस्थामा गोदान गर्ने गरिएको पाइन्छन् । धार्मिक कार्य गर्दा सर्व प्रथम जजमानले आफ्नो तन, मन र वचनलाई शुद्धिकरण गरी आफूले गर्न लागिएको धार्मिक कार्य गर्न आफूलाई पवित्र गरी आफूलाई योग्य बनाउन आवश्यक हुन्छ्न । आफूलाई शुद्धिकरण नगरी गरीयका कार्यले पूर्णता पाउन सक्दैनन अर्थात गरीयका कार्य फलदायी हुन सक्दैनन भन्ने शास्तृय कथन रहेको पाइन्छन् । त्यसैले आफूले गर्न खोजेको कार्यले पूर्णता पाउन भन्ने उद्देश्यका साथ आफूले जीवनमा जानी नजानी गरीयका गल्ती, त्रुती एवं पापकर्महरूको प्रायश्चित गरी आफ्नु तन, मन र वचनलाई शुद्धिकरण गर्न सनातन धार्मिक मान्यता अनुसार ब्राम्हनलाई विधिपूर्वक गाईदान गर्नु नै ” गोदान ” हो ।यस कार्यलाई प्रायश्चित गोदान भनिन्छ्न ।

गोदान गर्ने जजमान नुहाई धुवाई गरी चोखोनित्य भै गोदान गर्न आवश्यक सामाग्रीहरू – गाई अथवा गाईको मूल्य कल्पना गरी रुपैयाँ र सो रुपैयाँ राख्न एउटा दुनो ( बोहोता ), जौ, कालो तिल, कुश( भाद्र कृष्ण आमावस्यका दिन विशेष मन्त्र उचस्रण गरी काटेर ल्याई राखेको तृणा जातिको एक प्रकारको पवित्र घाँस ), कर्म पात्र(तामाको पात्र), सामान्य पूजा सामाग्री सहितको थाली र आवश्यक दक्षिणा लगायतको व्यवस्था गरी एकजना गोत्रावली समेतको राम्रो ज्ञान भएको कर्मयोगी ब्राम्हणबाट वैदिक मन्त्र उचारन गराई सर्वप्रथम ब्राम्हणले कर्म पात्र ( तामाको पात्रम जल र कुश राख्ने ) बनाएपछि जजमानले कर्म पात्रमा पूजा गरी कुशको औथी लगाउने अनि क्रमस दुनामा पवित्र जल र गाईको मूल्य कल्पना गरी रुपैयाँ राख्ने, गाईको पूजा गर्ने, ब्राम्हणलाई टीका लगाई दिने, गाईको पुच्छर संझेर तरपण गर्ने, गाईको कल्पना गरी राखिएको रुपैयाँको दशभागको एक भाग रुपैयाँ भूइँमा राखी दान प्रतिस्था गर्ने अनि जलले गाईलाई परिक्रम गरी ब्राम्हणलाई गाई हस्तान्तरण गर्ने( गाईको प्रतिक रुपैयाँ राखेको दुना ब्राम्हण तर्फ सार्ने ) र अन्त्यमा दुनामा रहेको जलले शान्ति वाचन सहित जजमानलाई ब्राम्हणले अभिषेक गरिए पछि गोदान वा प्रायश्चित गोदान गर्ने कार्य समाप्त भएको मानिन्छ्न ।

अघि गोदान गर्दा सजीव गाई नै दान गरीने परम्परा भएता पनि अहिले गाईको सट्टा गाईको मूल्य कल्पना गरी यथासक्य दुनामा रुपैयाँ राखी गाईका रुपमा दान गर्ने चलन चलेको देखिन्छन् । अहिले कुनै जजमानले सजीव गाई नै दान गर्न खोजिएता पनि ब्राम्हण सजीव गाई दान लिन अनकनाउन्छन् । गाई नै दान लिन्दा गाईलाई पाल्नु पर्ने भएकाले झन्झतबाट अनुभवी जजमानहरूलाई गोदान किन र केकालागि गरिन्छ भन्ने जानकारिरहेतापनि आजका नयाँ पुस्ताहरूलाई खासै जानकारी भएको देखिन्दैनन । गोदान किनर केकालागि गरेको भनी सोढ्दा व्रत बस्दा गोदान गर्नु पर्छ भन्छ्न सबैले गर्छन् त्यसैले हामीलेनी गरेको भन्ने जवाफ बाहेक अन्य जवाफ दिन सकेको देखिन्दैनन । कुनै पनि धार्मिक कार्य वा संस्कार गर्दा त्यस्को महत्व र विषेश्ता बुझेर गर्नु नै उपयुक्त हुन्छ । परम्परा र संस्कृति धान्न मात्र गरीने धार्मिक कार्य वा संस्कारले धर्म संस्कृतिमा पछि बिकृति नल्याउला भन्न सकिँनन ।

आफ्नो कुल धर्म र संस्कृतिलाई राम्रोसँग बुझ्नेहरू दशौ वर्षसम्म बिदेषमा परधर्मको संगतमा रहेर आफ्नु जन्म भूमिमा फर्कना साथ प्रायश्चित गोदान गरी आत्मा शुद्धी गरी आफ्नो सनातन कुल धर्म र संस्कृतिको रक्षा गर्छन् । तर नेपालमै बसि सनातन धर्म संस्कृतिको संरक्षनमा बसेर पनि परधर्ममा बिकेर धर्मान्तर हुनेहरूले हाम्रो सनातन धर्म संस्कृतिमा बिकृति ल्याउने होडबाजी चलिरहेको वर्तमान अवस्थामा सनातन धर्म संस्कृतिमा आस्था र विश्वास राख्ने हामी जो कोही नेपालीले आफ्नो धर्म संस्कृति बारे बुझ्ने, अरुलाई पनि बुझाउन प्रयास गर्नु उपयुक्त नै हुने छन् । किन र केका लागि भन्ने नबुझिकन परम्परा धान्नलाई मात्र पुर्खाले गर्दै आएको धर्म संस्कारको अनुसरण मात्र गर्दै जाँदा धर्म नाश हुन जान सक्छन् । ” धर्म एव हातो हन्ती धर्मो रक्षती रक्षित: ” अर्थात धर्मको नाश भएमा वा धर्मलाई हानी गरेमा हामीलाई नै हानी गर्दछ । तसर्थ आफ्नो र आफ्नो सनातन धर्म संस्कृति तथा संस्कार रक्षाका लागि महत्व र विषेस्ता बुझेर धार्मिक कार्य गर्नु नै उपयुक्त हुनेछन् ।

2016-12-07 07:37:30 +0000
www.shilpakarpm.blogspot.com

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *