Skip to content

विश्लेषण/समालोचना

सरलरेखा बक्ररेखाको एक अध्ययन

विष्णुबहादुर सिह जुकेना –६ अर्धाखाँचीमा २५अगस्त १९५२ जन्म भै हाल बुढा निलकण्ठ –१० मण्डिखाटार, काठमाडौमा बसोबास गर्दै आउनु भएका एउटा मूद्र्धन्य साहित्यकार हुन् । जनमैत्री विश्वविद्यालय, मास्को, रुसबाट (सन्१९८०)मा एम.ईं सिभिल (हाइड्रो पावर) शिक्षा हाँसिल गरेका सिंहजीले पोखरा विश्वविद्यालय (सन् २००३)बाट एम एससी वातावरण व्यवस्थापन समेत दोस्रो डिग्री हाँसिल गर्नुभएको छ । विष्णुबहादुर सिंह पेशाले एउटा विद्युत् इन्जिनियर हुन् ।

गुरु भर्सेस गोरु : अ महाडेन्जर कम्प्यारिजन

एम्फिल्को अध्ययनकै शिलशिलमा प्रसङ्गवस शिक्षाक्षेत्रका विशिष्ट व्यक्तित्व तथा विद्या गुरुलाई मैले एक प्रश्न सोधेँ : गुरु तपार्इँले धेरै व्यक्ति तथा व्यक्तित्वहरूलाई पढाउनु भयो, सिकाउनु भयो, पुण्य काम गर्नुभयो । तर तपार्इँले पढाएका व्यक्तिहरू प्राय: अहिले शिक्षक, प्राध्यापक, व्यापारी, नेताहरू भएका छन् । ती करिबकरिब सबै भ्रष्ट, बेइमान र ठग छन् । तपाईंले के पढाउनु भयो ? तपार्इँ आफ्नो पेसाप्रति गौरवान्वित हुनुहुन्छ त ? यो प्रश्न स्वय म म आफैँप्रति पनि लक्षित थियो । मैले पनि त्रिविमा विगत् १५ वर्षदेखि पढाउँदै आइरहेको छु । यो प्रश्न मजस्ता अरू आम शिक्षक तथा प्राध्यापकहरूप्रति पनि लक्षित थियो ।

जूनलाई चुम्बन गर्ने कवि ली पो

महान् वुद्धपुरुष लाउत्सुको जन्मभूमि चीनमा जन्मिएर संसारलाई प्रेम, आनन्द, उल्लासको माध्यमबाट मानवआत्माका टाँसिएको युगयुग पुरानो दुःख पखाल्न आह्वान गर्ने, अनि ताओको मर्म बुझेको स्वीकार गर्ने कवि हुन् ली पो । लियोका यी काव्यपक्तिहरू मुटुको भित्री तारलाई छोइदिन्छ–

यस जगतमा हाम्रो जीवन
एक महान् स्वप्त मात्रै हो
म किन दुःख खेप्दै जीवन बिताऊँ ?
मलाई दिनभरि नै पिएर लट्ठिन देऊ ।

विश्वप्रेम अधिकारीका काव्यत्रयीको शैल्यक्रिया

विश्वप्रेम अधिकारीको जन्म वि.सं २००३ सालमा राङखोला स्याङ्जामा भएको थियो । उहाँका पिताको नाम रूग्मागद र माताको नाम लीला अधिकारी हो । शिक्षाको थालनी आफ्नै घरमा प्रारम्भ गरे पनि उच्च शिक्षाको लागि भने उहाँ काशी जानु भयो र अध्ययनको साथसाथै साहित्यिक क्षेत्रमा आफूलाई उभ्याउन पनि उहाँ सफल हुनुभयो । विश्वप्रेमको साहित्यिक यात्राको इतिहासलाई केलाउँदा अच्युतशरण अर्यालले लेखेको ‘कवि र कविता’ शीर्षकलाई (पृष्ठ ग देखि ङ)अध्ययन गर्नु पर्ने देखिन्छ ।

कठै कसरी मनाउँछ्न दशैं

अहो दशैं आएछ ! हो हजुर, दशैं आयो रे ! देशमा दशैं, विदेशमा दशैं, यता दशैं, उता दशैं, जता हेर्यौं दशैं नै दशैं । तपाई सोच्नुहुन्छ होला सबैतिर बहार छ । तर कस्तालाई दशैं ? जसको आँखाँको आँशु आजसम्म रुकेको छैन । नाङ्गो शरीरको लाज ढाकिएको छैन । निदाउँन आँखामा निद्रा छैन । कतै नाङ्गो शरीर कठ्यारिएर कतै वर्षामा भिजेको छिद्रा परेका शरीरका कपडा ओभाएको छैन तर दशैं आउने क्रम रुकेन । उसको समय आएरै छाड्यो दशैं ।

मान्छे हराएको देश कविता सङ्ग्रहको शैल्यक्रिया

‘मान्छे हराएको देश’ कविता सङ्ग्रहका कृतिकार हुनुहुन्छ कृष्ण पहारी । पिता स्व. केशवराज पहारी र माता स्व. विष्णुकुमारीको पुत्ररत्नको रूपमा २०१३ साल जेष्ठ बाइस गते पोखराथोक –२, अमराई पाल्पामा जन्मनु भएका पहारी पेशाले एउटा स्वास्थकर्मी हुनुहुन्छ । उहाँले २०६२ सालमा बारुदका धुवाँहरू गजलसङ्ग्रह, परिवेशभित्रका पीडाहरू, मुक्तकसङ्ग्रह (२०६५) र ‘मान्छे हराएको देश’ कवितासङ्ग्रह (२०७२) गरी तीन कृतिहरू हामीलाई प्रदान गरिसक्नुभएको छ ।

फाइल हराएको मान्छे

यो केही वर्ष अघिको कुरा हो । चर्चित कलाकार हरिवंश आचार्यले ‘चिना हराएको मान्छे’ पुस्तक लेखे । रातारात सेलिब्रेटी लेखक भए । पत्नी शोकमा डुबेका हरिवंशले नेपाली पाठकलाई राम्रैगरी पठन सामग्री दिए । उनको जीवन खुला पुस्तकमा पढ्न पाएर धेरैले साहित्यको आनन्द लिए । अहिले अख्तियारका मोनिटर लोकमान एकाएक ‘फाइल हराएको मान्छे’ भएर समाचारमा चर्चित भएका छन् । आखिर जसरी भए पनि चर्चित हुनुसम्म त हो । सुचर्चित या कुचर्चित ।

‘देश हाँसेन’ भित्र हँसाउने उपायको खोजी

देश गणतन्त्रमय भएको थियो । जनयुद्ध थान्कामा लागेको थियो । तराई/मधेश पनि शान्तिको श्वास फेर्दै थियो । बोर्डिङ स्कुले शिक्षण जीवनबाट वाक्कदिक्क भइएको थियो । देशमा जे आए पनि र आउन खोजे पनि त्यसको सुवास जनतासम्म पुग्नु भनेको ‘आकाशको फल आँखा तरी मर’ भनेझैँ नै थियो । मैले भने कुनै परिवर्तन महसुस गरिरहेको थिइनँ । माथिल्लो आसनको अनुहार परिवर्तन थियो । घरदेखि दरबारसम्म कुर्सीमोह उस्तै थियो । कामधामको तौरतरिका फरक थियो ।

‘सम्झनाका झिल्काहरू’लाई अध्ययन गर्दा

विष्णुबहादुर सिह एउटा मूर्धन्य साहित्यकार हुन् उनका धेरै कृतिहरू बजारमा आएका छन् । पल्लव साहित्य प्रतिष्ठानको यही भाद्र १० गते साहित्यिक कार्यक्रममा विष्णुबहादुर सिंहबाट ‘सम्झनाका झिल्काहरू’ उपहार स्वरूप प्राप्त गरें । यो विष्णुजीको बाइसौं स्मरणसङ्ग्रह हो । विष्णुबहादुर सिंहको साहित्यिक कलम नियात्रामा मात्र सीमित छैन । उन्ले संस्मरण, हाइकु, ताङ्का, गीत गजल, कविता, लघुकथा, मुक्तक, चोका र सिजो लेखनमा समेत हात चलाउँदै आएका छन् । सिंहजीको यो सम्झनाको भिल्कोको अध्यनले के प्रष्ट पार्द छ भने उनी एउटा सिद्धहस्त साहित्यकार मात्र नभै कर्तव्यनिष्ठ विद्युत इञ्जिनियर पनि हुन् ।

कलह र कलङ्क नासिनी भगवती कलङ्की माता

प्राचीन कालमा नेपालमण्डलको कान्तिपुर नगर र नगरवासिहरूको सुरक्षाका लागि विराजमान रहनु भएका विभिन्न पीठ तथा शक्ति पीठहरू मध्ये नगरको पश्चिम भेग विष्णुमती पारी हाईत साविक न्हेंपंखाको हाल कलङ्की भन्ने ठाउँमा विराजमान रहनु भएका कलह र कङ्क नासिनी भगवती श्रीकलङ्की माता( श्रीकल्खु बालकुमारी अजिमा )को शक्ति पीठ पनि एक हुन । यो अजिमा अष्टमातृका गण अजिमाहरू मध्यका कुमारी ( बालजुमारी ) हुन । यी शक्तिदायिनी न्हेपंखा( कलङ्की), पुरानो कालीमाटी, रविभवन, सुनारगाउँ, स्यूचाटार र ढुङ्गाअड्डा क्षत्रका वासिन्दाहरूका अधिस्थात्री देवी हुन ।

एक शिक्षकको शिक्षाविद्लाई प्रश्न

श्रीमान् शिक्षाविद्ज्यू,
मेरो नजरमा विद्यार्थीले तोकिएका कुराहरू समेटिएको पुस्तक मात्रै पढ्नै पर्छ भन्ने छैन । त्यसकै आधारमा फरक जानकारी लिन सकिन्छ । सबै प्रश्नको एक नासको उत्तर हुनुपर्छ भन्ने छैन । प्रश्नको प्रकृति र परिवेशअनुसार फरक धारको उत्तर पनि हुन सक्छ । अत: म उत्तरकुञ्जिकालाई अन्धाधुन्ध स्वीकार्ने पक्षमा छैन । प्रत्येक सिकारुमा फरकफरक प्रतिभा मडारिइरहेको हुन्छ । आफ्नो बौद्धिकताको भारी बिसाएर त्यसको मुण्टो निमोठ्ने अपराध गर्न चाहन्न । यसको अर्थ म कक्षामा पढाउन हैन समय कटाउन जान्छु भन्ने अर्थ बुझ्नु हुन्न । म त उनीहरूको सहयोगी मित्र भएर जान्छु ।

मिस्त्रालको मिठो जीवन

मानिसहरू भन्छन्
मेरो शरीरबाट जोवन बगेर गएको छ
र मेरा शिराहरू ठिक उस्तै किसिमले फाटेका छन्
जसरी शराब झिक्दा रसिला अङ्गुरहरू फुट्छन्
तर मलाई त यतिमात्रै अनुभव हुन्छ
कि एक दीर्घ निः शवसपछि
मेरो मुटुको बोझ हलुङ्गो भएको छ
मैले आफैँसँग यो प्रश्न सोधें
“ममा त्यस्तो के छ जसले गर्दा
एक शिशु मेरा काखमा खेलोस् ?”

‘कलानाथ अधिकारीका कृति’लाई अध्ययन गर्दा

कलानाथ अधिकारी स्मृति प्रतिष्ठानले यही भाद्र ९गते चितवन साहित्य परिषद नरायणगढको हलमा भव्य साहित्यिक कार्यक्रमको आयोजना गरेको थियो । उक्त कार्यक्रममा कलानाथ अधिकारीसँग प्रत्यक्ष तथा अप्रत्यक्षरूपमा सम्पर्कका केही व्यक्तिहरूलाई अभिनन्दन गरिएको थियो । गीतकार तथा साहित्यकार प्रेम विनोद नन्दन, जगत श्रोष्ठ यमुनाप्रसाद न्यौपाने, हरिबहादुर ढुङ्गाना, दीपक सोती, गायत्री श्रेष्ठ र सरसोती रिजाल लगायतका व्यक्तिहरूलाई अभिनन्दन गरिएको थियो ।

छन्दशास्त्रः केही जानकारी

१. विषय प्रवेश ः
क) लय वा छन्द
छन्दशास्त्रका बारेमा धेरैतिर धेरै विद्वान्हरुबाट सैद्धान्तिक विवेचना भएकै छ । यस अर्थमा यो मेरो प्रयास पिठोको पिँधाइ हुन सक्ला तथापि संक्षेपमा म यस दिशामा नयाँ पाठकहरुका लागि केही मात्र भए पनि जानकारी दिने पक्षमा छु ।
पहिले छन्दकै बारेमा केही केही जानकारी रहनु आवश्यक ठान्दछु ।
आधुनिक पुस्तामा भ्रमहरु धेरै छन् । संस्कृत भाषामाथि आधुनिक भनिएकाहरुबाट भएको हमला र तिनैको दुष्प्रचारका कारण आधुनिक पुस्तामा नकारात्मक सोच बने झैं छन्दका बारेमा पनि यो भ्रमको खास्टो यी आधुनिक भनिएका अल्पज्ञहरुबाट ओढाइएको कुरा स्मरणीय छ ।

एउटा अदृश्य मनको शैल्यक्रिया

‘एउटा अदृश्य मन’ गजलसङ्ग्रहकी गजलकार निशाक्षेत्रीको कृति प्राप्त भएको लामो समय भए पनि अध्ययन गर्ने समय मिलेको थिएन आज पढ्न पनि पाएँ र केही लेख्न पनि मन लाग्यो । २०२५ सालमा इलाम नेपालटारमा जन्मेर, झापा, घैलाडुब्बा, लक्ष्मीपुर–९मा स्थायी बसोबार गर्र्दै हाल इजरायलमा रोजगारीको सिलसिलामा पुगेकी निशा क्षेत्रीले नेपाली गजल समुद्रमा गजल कृति थप्नु भनेको प्रशंसनीय काम हो । उनका गजलहरू संयुक्तरूपमा २०७१बाट प्रकाशनमा आएका छन् भने ‘एउटा अदृश्य मन’(२०७२) भने उनको एकल कृति हो । कृति प्रकाशनको हिसावले उन्को यो पहिलो कृति हो । हाम्रो मझेरी साहित्य प्रतिष्ठान, चितवन, नेपालकी विशिष्ट आजीवन सदस्य र यही कृति नै निशाको र मेरो बीचको परिचय पनि हो । आवरण पृष्ठ सहित यस कृतिको संरचना ६६ पृष्ठ छ ।

JyotishDeepakSubedi

सन्दर्भः बाबुको मुख हेर्ने दिन

वर्तमानमा हाम्रो समाजमा बाबुआमाहरू अपहेलित हुने, कतिपय स्थानहरूमा शिक्षित भनिएका छोराछोरी–बुहारीहरूबाट पनि तिरस्कार हुने जस्ता विकृतिमूलक क्रियाकलापहरू हुनेगरेको सुन्न, देख्न पाइने गरेको छ । जेनेरेशन ग्याभिङ्गको दरार उत्पन्न गरेर ‘यो/यस्ता कुरा तपाईँले बुझ्नुहुन्न, तपाईँलाई किन चाहियो, नकराइकन बस्नुस आदि भनेर’ कतिपय अवस्थामा अभिभावकहरूलाई सही सूचनाबाट बन्चित गराउनेसम्मको व्यवहार हुने गेरको पाइन्छ । मातृपितृसेवा गर्न झर्कोमान्ने मानसिकता नयाँ पुस्तामा बढ्दो छ ।

युवाको लागि मन बिसाउने चौतारी हो मौनता

पछिल्लो समय चितवन साहित्यमा निकै उर्बर भूमि बन्दै गैराखेको छ । हुन त यस अघि पनि चितवन साहित्यमा अगाडिनै थियो तर पछिल्लो समयमा चितवनका केही धेरै साहित्यिक व्यक्तित्व विश्व साहित्यको धरातलमा पुगिसकेकोले यस मानेमा साहित्यिक भूमि चितवन पनि मान्न सकिन्छ ।

चितवनको साहित्यिक माटोमा यो समयमा पाठकको मन मस्तिष्क हल्लाउने खालको आख्यानहरू प्रकाशित भैसकेर मदन पुरस्कार समेत हात पारेका छन् भने हालै मात्र प्रकाशित भएको चितवनका कवि सुमन घिमिरेको आख्यान ‘मौनताले’ पाठकको मौनतालाई नै तोडिदिएको छ ।

प्रेयसीको यादले कवि भएका दात्ते

इटालीमा जन्मेका (सन् १२६५–१३२१) महान् कवि दात्तेको काव्यिक योगदानलाई जतिसुकै प्रशंसा गरेपनि अघुरो हुन्छ । एउटी केटीलाई जीवनको आरम्भिक दिनमा नदेखेका भए, सायद उनी यति महान् काव्यकार हुँदैनथे होला । कविहरूको जीवनमा सानो सानो घटना र सन्दर्भहरूले यति महत्त्व राख्छ, जसको प्रभावप्रेरणाले उनीहरू भित्रको विराट सर्जकीय चेत सल्बलाएर उठ्छ । यिनको जीवनमा यस्तै एक अद्भूत घटना घटेको छ । एकदिन उनले अचानक नौ वर्षकी कलिली सुन्दरी बालिकालाई देखे । दात्ते उनको सुन्दरताप्रति यति मनमुग्ध भएकी जीवनभरै त्यो केटीको मोहनीरूप र प्रेमले उनलाई छोडेन ।

नव माधुरी

माधुरी शब्दले मिठास, मधुरस र रक्सी भन्ने अर्थ लगाउँछ । नव माधुरीभन्दा नयाँ मिठास भन्ने अर्थ लगाउन सकिन्छ । जे होस् नव माधुरीले नयाँ मिठास चखाउने काममा यसलाई अर्थ्याउँदा अनर्थ नलाग्ला भन्ने ठान्दै यसै नव माधुरीको बारे केही धारणाहरू राख्न चाहन्छु । नव माधुरी पर्वत जिल्लाबाट प्रकाशित गरिने पत्रिका हो । यस पत्रिकाको काम यथा नाम तथा गुण भने जस्तै नयाँ नयाँ अङ्क मार्फत पाठक वर्गमा मधुरस पान गराउँछ र आनन्दको अनुभूति दिलाउँछ ।

महाभारत, श्रीकृष्ण र कूटनीति

भाद्र कृष्णाष्टमी नजिकिँदै गर्दा गाउँ–सहरका कुनाकाप्चा कृष्ण भजनले गुन्जायमान हुन थालेका छन्।