Skip to content

विश्लेषण/समालोचना

भावनाका विम्बहरू

परिचय
भवानी न्यौपाने ‘भावना’को यस कृतिलाई मैले पल्लप साहित्य प्रतिष्ठानको बार्षिकोत्सव कायक्रममा विमोचन हुँदा प्राप्त गरेको थिएँ । पढ्दै गएँ, लाग्यो, नेपाली सहित्यको क्षेत्रमा उनी एक प्रतिभा सम्पन्न नारीहस्ताक्षर हुन् । उनको परिचयलाई केलाउँदा उनी ह्विल्चा सल्यानमा पिता पवित्रराज न्यौपाने र माता विमला न्यौपानेकी सुपुत्रीको रूपमा जन्म लिइन् र दाङ तुलसीपुर–५ ‘ग’ लाइनमा स्थायी बसोबास गर्दै, शिक्षण पेसालाई अङ्गाल्दै आएकी छन् । साहित्यिक कार्यक्रममा सहभागी हुँदा रमाउने भवानीलाई दाङ साहित्यिक तथा संस्कृति प्रतिष्ठान, पल्लव साहित्य प्रतिष्ठान, चितवन, राप्ती साहित्य परिषद्, दाङ, लेखकसङ्घ, दाङ, देउखुरी साहित्य तथा सांस्कृति मञ्च, दाङ, ब्रह्मकुमारी राजयोग विश्वविद्यालय, दाङ आदि संस्थाहरूमा आजीवन सदस्यको रूपमा आबद्ध भएको पाउँछौ । भवानीले नारी दिवस–२०६९, वक्तृत्वकला जिल्लास्तरीय प्रतियोगितामा सहभागी भएर (द्वितीय), क्याम्पस स्तरीय कथा, प्रतियोगिता–२०६०मा (प्रथम) र दाङ साहित्यिक संस्कृति प्रतिष्ठान तुलसीपुरबाट छविलाल स्मृति पुरस्कार–२०७१ प्राप्त गरिसक्नुभएको छ । यो उनको प्रथम कृति हो र यसमा उनले स्वच्छन्द रूपमा यथार्थ परक कविताहरू पस्केको देखिन्छ ।

20151225_BaskotaDhananjay

देशको डिभी, विसङ्गतवाद र ‘जन्मभूमि’

आधुनिकतावादले मान्छेलाई प्रकृतिको उतकृष्ट रचना मान्यो, तर कवि नेउपाने यसको विपक्षमा देखिएर उत्तरआधुनिकता (विषम चिन्तनको स्वीकारोक्ति)तिर ढल्केका हुन् कि भन्ने देखिन्छ, जसले विसंगतवादलाई स्वीकार्छ

दमक सर्जकहरूको उर्वर भूमि बन्दै गएको छ हिजोआज । थुप्रै सर्जकहरू रतुवाको वगरबाट उक्लिदै छन् । कोही माथि वेलडाँगीबाट फुत्तै निस्किदैछन् । निस्किरहेका छन् यत्रतत्र । खुशीको कुरा हो । विष्णु नेउपाने पनि यो पंक्तिमा उभिएका एउटा परिवर्तनको उदघोष गर्ने सर्जक हुन् । उनको यो कृति ‘जन्मभूमि’ कविता सङ्ग्रहका रुपमा आएको छ ।

शिक्षा कि अशिक्षा सेवा आयोग !

सम्पादकज्यू, म लगायत सयौं नागरिक अन्यायमा परेको एउटा प्रसङ्ग कोट्याउँदै छु । यसलाई नाटकीय ढङ्गले हुबहु समेट्दा श्रेयष्कर होला भन्ठान्छु ।

‘हेलो ! यो शिक्षा सेवा आयोग हो ?’

‘हो, भन्नुस् । के भन्नुछ । चाँडो भन्नुस् ।’

‘नमस्कार ! म सप्तरीबाट बोल्दै छु । मैले अध्यापन अनुमति पत्रको परीक्षाको परिणामबाट असन्तुष्ट भई पुनर्योगका लागि निवेदन दिएको थिएँ । त्यसको रिजल्ट अहिलेसम्म नपाउँदा अन्यौलमा छु । कहिले रिजल्ट होला ?’

‘रूपकी रानी रुपा’ कथा : एक अप्रेशन

दार्शनिक ओशोले एक प्रवचनमा भनेको कथाबाट अप्रेशन सुरुआत गर्दै छु– एकदिन बिहान–सवेरै एउटी बूढी आइमाई आएर गाउँको कुवामा केही हाली र भनी, अब जसले यो कुवाको पानी खान्छ, त्यो पागल हुन्छ । गाउँमा दुईवटा मात्र कुवा थिए । एउटा गाउँको कुवा थियो र अर्को राजाको महलको कुवा थियो । साँझसम्ममा, वाध्यता थियो, सारा गाउँ पागल भयो, पानी पिउनै पर्यो त्यो कुवाको । केवल राजा, रानी र मन्त्री तीनजना, जसले त्यो कुवाको पानी पिएका थिएनन्, जोगिए, उनीहरू पागल भएनन् ।

काजी रोशनको स्रष्टा भेटका स्वर्णाक्षर नियाल्दा

काजी रोशन नेपाली साहित्यमा एउटा परिचित नाम हो। त्यतिमात्र नभएर धौलागिरि अञ्चलकै एउटा साहित्यिक संस्थाको रूपमा परिचित नाम हो भन्न सकिन्छ। उनको जन्म बागलुङ नगर पालिका –३, बागलुङमा २००६ साल कार्तिक २ गते भएको हो। रोशनजी नेपाली साहित्यमा कविको रूपमा, निवन्धकारको रूपमा, सम्पादकको क्षेत्रमा रोशनी फैलाउनु भएको छ भने धवलागिरि साहित्य प्रतिष्ठानको संस्थापना( बि.सं.२०४१) गरी साहित्य क्षेत्रमा आफूलाई स्थापित भई आज नेपालभरि नै आफ्नो साहित्यिक यात्रालाई सुदृढ पार्न निरन्तर लागिरहनु भएको छ।

दु:ख चिन्तामा परेकाछौ,

दु:ख चिन्तामा परेकाछौ, हामीलाई हाँस्न देऊ
केही त अब गर्न सक्छौ, खुसीहरू साट्न देऊ

बरु हामी मर्न तयारी छौ, टाढा भाग्न देऊ
दुख पीडा नदेऊ हामीलाई, सक्छौ भने बाँच्न देऊ

अभागी गोविन्द
कालिकोट
हाल जिल्ला निर्वाचन कार्यालय कालिकोट

कालोकेसमा

कालो केसमा रातो मेहन्दी टल्काई रणकीले ।
हातमा मोबाइल काखमा केटा पल्काई रणकीले ।।

उनको लागी मैले भने ,जिबन जिउन सिक ।
मैले बोले हाइ भनि मुन्टो ढक्काई रणकीले ।।

मर्ने होईन बाच्न सिक,संघर्ष गरेर भएपनि ।
बल्झीएको यो मुटुमा ,आगो सल्काई रणकीले ।।,

मैले गरे विहेको कुरा ,फोन गर्दा पनि ।
कुरा गर्दा गर्दै गरे ,अल्काई रणकीले ।।

गोविन्द बहादुर अभागी
रकु ४ सेरीज्युला
हाल जिल्ला निर्वाचन कार्यालय कालिकोट

सोझो मन

म सोझोलाई झुटो माया लाएर के पायौ ।
दीन रात मलाई तिमिले रुवाएर के पायौ ।।

आफ्नो ठाँनि माया गरे पराई ठानी गयौ फेरी ।
तिम्रो नाममा तड्पीएको म तड्पाएर के पयौ ऽ।।

तिमिले मलाई जिवनमा विर्सिने गरी कीन ।
मुना मदन जस्तै कथा बनाएर के पयौ ।।
गोविन्द बहादुर विक

अवसान सपना कवितासङ्ग्रहको शल्यक्रिया

बिर्खे अञ्जान साहित्यिक क्षेत्रमा चिरपरिचित नाम हो.। निबन्ध, गजल, कविता, मुक्तक, समालोचना, आदि क्षेत्रमा उनको कलम सशक्तरूपमा चलेको पाइन्छ तापनि उहाँ एक यथार्थवादी समालोचकको रूपमा बढी चर्चित हुनुहुन्छ भन्ने जानकारी मलाई प्राप्त भएको थियो । आज उहाँका ‘अवसान सपना’ कवितासङ्ग्रह र ‘शल्यक्रिया’ समालोचनासङ्ग्रह मलाई प्राप्त हुन आएका छन् । यी दुई कृतिमा आज म ‘अवसान सपना’ कवितासङ्ग्रहमा घोत्लिन पुगेको छु । उहाँको व्याक्तिगत बिबरण अनुसार उहाँको वास्तविक नाम लक्ष्मण बर्तौला र उहाँकी माताको नाम शान्ता बर्तौला हो । उहाँको जन्म खैरहनी, चितवनमा भए पनि हाल उहाँ रचनाकुञ्ज थाहा न.पा.–६ मकवानपुरमा स्थाइ बसोबास गर्दै साहित्यमा आफूलाई समर्पित गर्दै आउनु भएको छ ।

20151207_NandaLalAcharya_HamiAamaBabu

‘हामी आमाबाबु’ले सिक्नै पर्ने पाठ

पृष्ठभूमि– हामीले बालबालिकाहरूको सिर्जनशील क्षमताको मुण्टो बटार्ने काम बन्द गर्नुपर्छ । उनीहरूलाई अन्योलमा नराखी पारिवारिक योजना र निर्णयमा सहभागी गराउनुपर्छ । उनीहरूका इच्छा–आकाङ्क्षाप्रति सकारात्मक हुने प्रयास गरी उनीहरूको परिस्थितिलाई राम्ररी अध्ययन गर्नु जरुरी हुन्छ । नगर भनेको कुरा गर्ने उनीहरूको मनोविज्ञान नै हुन्छ भन्ने कुरा बुझेर व्यवहार गरिनु जरुरी हुन्छ । उनीहरूलाई मन नलागेको काम गराउनु आफ्नै मूर्खता सम्झनुपर्छ ।

भानुभक्तको भक्तमाला नियाल्दा

हाम्रा धर्म ग्रन्थहरूमा भक्तहरूको त्याग र भक्तको लागि ईश्वरले देखाएको माया ममता तथा वरदान दिने कर्महरूका उदाहरणहरू थुप्रै पाइन्छन् । प्रह्लाद भगवानको भक्त बनेर भगवान नृसिंहरूपको दर्शन गर्न सके । आफ्नै बाबु हिरण्यकशिपुको घमण्डलाई चुर पारेर यत्रतत्र सर्बत्र भगवान विराजमान छन् भनेर देखाउन सफल देखिए र नृसिंहरूपी भगवान्बाट बाबुको उद्धार गराए । भक्त ध्रुवले बाबुको प्यारो काखमा बस्ने इच्छ्यालाई सौतेनी आमाको कटुवाणीले पाँचवर्षका ध्रुवले मधुवनमा गएर कठोर तपस्या गरेर ध्रुवलोक नै प्राप्त गर्न सफल भए । भनिन्छ भगवान सधैं भक्तको अधिनमा रहन्छन् । निष्काम प्रेम भक्तिबाटै भगवानलाई खुसी पार्न सकिने यथार्थता हाम्रा भागवतबाट जानकारी पाउन सकिन्छ ।

शिक्षामन्त्रीको शिक्षासम्बन्धी प्रतिबद्धता–पत्र र वास्तविकता

नेपाल वर्तमान शिक्षामन्त्री गिरिराजमणि पोखरेलले शिक्षा जगत्को सुधारका लागि हालै एउटा प्रतिबद्धता–पत्र जाहेर गरेका छन् जसमा भनिएको छ– ‘नेपालमा सदियौंदेखि सामन्ति शोषण, दमन, अन्याय, अत्याचार, उत्पीडन तथा सामाजिक विभेदमा परेका नेपाली जनताको निरन्तर संघर्ष तथा बलिदानबाट स्थापित संविधानसभामार्फत् नेपालको संविधान घोषणा भए सँगसँगै राजनैतिक रुपमा ऐतिहासिक परिवर्तन भएको छ । यस परिवर्तनलाई संस्थागत गर्न तथा नेपाली समाजलाई नयाँ नेपालको आलोकमा रुपान्तरण गर्न शिक्षा क्षेत्रमा पनि महत्वपूर्ण परिवर्तन गर्न आवश्यक रहेको छ । त्यसैले नयाँ संविधान घोषणा भए पछिको पहिलो शिक्षामन्त्रीका हैसियतले न्यायपूर्ण, समानता तथा समतामुलक शिक्षा प्रणालीको स्थापना गरी गुणस्तरीय, प्रतिस्पर्धात्मक, जनमुखी, रोजगार मुलक बहुप्राविधिक, व्यवसायिक शिक्षालाई लागू गर्ने ध्येय उद्देश्यका साथ कार्यक्रमहरू तर्जुमा गरी त्यसलाई कार्यान्वयन गर्न आवश्यक भएकाले यो प्रतिबद्धता पत्र जारी गरिएको छ ।’

योगमाया सम्झिएर ‘पानी, योगमाया र इन्द्रेनी’

प्राज्ञ कवि श्रवण मुकारुङसँग २०६० सालमा संयुक्त रूपमा युवा वर्ष मोती पुरस्कार लिएका लालगोपाल सुवेदी आफ्नो पुस्ताका सशक्त हस्ताक्षर हुन् ।

क्षितिजपारिको जून

परिचय
हाम्रो मझेरी साहित्य प्रतिष्ठान भरतपुर चितवनले २०७२ साल कर्तिक चौध गतेका दिन हाम्रो मझेरी राष्ट्रिय साहित्यिक उत्सव भव्यरूपमा मनाएको समयमा म पनि सहभागी भएको थिएँ । यस कार्यक्रममा विमोचन भएका कृतिहरूमा पुष्प अधिकारी अञ्जलिको ‘‘चुराको घर’’, निशा क्षेत्री कटुवालको ‘‘एउटा अदृश्य मन’’, भरतबाबु ढकालको ‘‘गाउँ हराए पछि’’ ‘‘हाम्रो मझेरी भूकम्प विशेष’’ र विमला शर्मा ढुङ्गानाको ‘‘क्षितिजपारिको जून’’ मैले अध्ययनको लागि पाएको थिएँ ।

मधेसमा सांस्कृतिक रूपान्तरणको एउटा अध्याय

छात्राले आफ्ना श्रद्धेय बुबालाई सम्बोधन गर्दै अगाडि लेखेकी छिन्– अब म पनि सुझबुझसहितकी भएँ । सोचसमझको विकास हुँदै गएको अनुभूत हुँदै छ । कताकता मेरो ज्ञानको क्षितिज थुन्ने आफ्नै आफन्त भएको महसुस हुँदै छ । र, यत्तिखेर पत्र कोर्न वाध्य भएकी छु । यसलाई सकारात्मकरूपमा लिएर मेरो स्वच्छन्दताको मार्ग अँझ सफा पार्न सहयोग गर्नुहुने छ भन्ने कुरामा म आशावादी छु ।

तत्कालै चीनबाट इन्धन ल्याउने जोहो गरोस् ।

अहिलेको अवस्थामा भारतले तीन बाली उत्पादन गर्नुहुने तराईको उर्वर भूमिमाथि आँखा गाडेर र्याल चुहाइरहेको छ । उसले कसरी हुन्छ तराईलाई आफ्नो भू–भाग बनाउनमा कुटनीतिक चाल चलिरहेको छ । हुनत भारतीय सदनमा आज मोदी सरकारको विरोधमा नेपाललाई नाकाबन्दी नगर्न बहुमतले ठूलै दबाब दिएको समाचार आएको छ । तर हाम्रा कधेसी नेताहरुमा नेपालभक्तिको त्यस्तो चेत अझैसम्म पनि पलाएको देखिएको छैन । हाम्रा मधेसी नेताहरुको भारतपरस्त विचारले झन् मोदी नेतृत्व सरकारलाई हौस्याइरहेको छ । यस्तो अवस्थामा पनि नेपाल सरकार भने अझै पनि विभिन्न बहानामा भारतबाट इन्धन ल्याउँदा पाउने कमिशनको आश गरी जिब्रो लेब्र्याउँदै बसिरहेका छन् । हाम्रो देशक

भाषा शैली

मानिसका मनमा उठ्ने सोच वा विचारका तरङ्गहरूलाई भाव भनिन्छ । त्यो भावलाई जुनसुकै मानिस आफ्ना मनबाट बाहिर प्रकट गर्न चाहन्छ जसलाई हामी भावाभिव्यक्ति भन्दछौं । भावको अभिव्यक्ति नै भावाभिव्यक्ति हो । भाव अभिव्यक्ति गर्ने पनि नाना तरिका, पद्धति वा विधिहरू हुन्छन् । फेरि यस्ता विधिहरू पनि नाना प्रकारका हुन्छन् । आफ्नो मनको भाव अभिव्यक्त गर्न हामी मान्छेहरूले विभिन्न खालका वस्तुलाई माध्यमका रुपमा अपनाउने गरेका छौं ।

म भत्करु बन्दा

विवाहमा भत्करु भएर जाँदा ऐतिहासिक कथाहरू थरिथरिका सुनिने गर्दछन् । म सानो छँदा मेरो हजुरबाबाको साथमा अर्को व्यक्तिसमेत गरी दुई जना पानी घडी, ठडेरो तीनवटा दहीका ठेकी लिएर गएको देखेको थिएँ । पानीघडी समयको जानकारी लिन, ठडेरो बत्ती बाल्नको लागि र सानो तीनवटा दहीका ठेकीमा एउटा लगन जुराउने बेलाको लागि अरू(खाने) प्रयोजनको लागि लगिने कुरा बयोबृद्धहरूले बताउँछन् । भत्करुलाई माइती पक्षले विविध पक्षमा अड्का थाप्ने कामहरू गरिन्थ्यो भन्ने बयोबृद्धहरूले बताउँछन् र केही कुराहरू मैले पनि सुने ।

इन्दिरा–मन्दिरम शोककाव्य अवलोकन

यो इन्दिरा–मन्दिरम शोककाव्यका कृतिकार हुनुहुन्छ भूपेन्द्र गण्डर्षि । भूपेन्द्र गण्डर्षि एक बहुआयामिक व्यक्तित्व हुनुहुन्छ । उहाँ एक बरिष्ठ साहित्यकार पनि हो र एक बरिष्ठ पत्रकार पनि । उहाँका सात कृतिहरू बजारमा आइसकेका छन् । यी कृतिबाट हामी उहाँलाई कवि, समालोचक, गजलकार र काव्यकारको रूपमा विश्लेषण गर्न सकिन्छ भने उहाँको साहित्य सेवाले नवलपरासी क्षेत्रमा अग्रणी स्थान ओगटेको पाउँछौ ।