Skip to content

विश्लेषण/समालोचना

महाशिवरात्रिको सन्दर्भमा शिव–महिमा सम्बन्धी मेरा प्रकाशित लेखहरु

शिवरात्रि पर्व किन मनाउने भनेर जान्नका लागि शिव र रात्रिको अर्थ जान्नु जरुरी हुन्छ । शिवरात्रिको पर्व वास्तवमा कुनै दश बाह्र घण्टाको रात्रिसँग संबन्धित छैन बल्की अज्ञान रात्रिसँग संबन्धित छ । रातिको समय अंधकारले छाएको हुन्छ । सबै सुतेका हुन्छन् । काम विकारबाट वसिभूत भएका हुन्छन् । रातिको समय चोर, डाँकुले पनि लुटपात मचाउँछन् । एक प्रकारले तमोगुणमय वातावरण भएको हुन्छ । तर्सथ यो भावार्थलाई हेरेर द्वापरयुग र कलियुगलाई रातको समय मान्न सकिन्छ ।

के मेरो देशमा सरकार छ र ?

मलाई त्यो नाकाबन्दीको अझै याद छ।सम्झनाको कुइनेटामा त्यो नाकाबन्दी हिजो झै लाग्छ।म त्यस बखत ७ बर्षको हुँदो हु।कुरा बि.स.२०४५ सालतिर कै नाकाबन्दीको हुन।त्यसबेला संचार माध्यमको रूपमा रेडियो नेपाल थियो र छापामा गोरखापत्र।त्यस बेला मरिचमान श्रेष्ठ प्रधानमन्त्री थिए।

उनिलाई त्यसबेला देशभक्ति नेताको रूपमा प्रचार गरिएको हुन्थ्यो।मानिसहरू गाँममै खेतिपाती गरेर बस्ने थिए।बैदेशिक रोजगारमा जाने भनेको कि त वेलायतमा कि सिंगापुरमा लाहुरे हुने या त भारतिय आर्मीमा भर्ति हुने नै थियो। बैदेशिक रोजगारमा अन्य पेशामा गए भारत सम्मको यात्रा हुने थियो।त्यस बेला शहरमा मानिसको बस्ति पातलो नै थियो क्यारे ।

प्रथम शहिद लखन थापा र शहिद घोषणा नभएका ती गुमनाम योद्धाहरू

सबैभन्दा खतरनाक हुन्छ
मुर्दा शान्तिले भरिनु
कसैलाई छटपटी नहुनु
सबै सहनु
घरबाट काममा निक्लनु
र कामबाट खुरुखुरु घर फर्कनु
सबैभन्दा खतरनाक हुन्छ
हाम्रा सपनाहरूको मृत्यु हुनु ।

ज्याग्दी खोलाको तरङ्गको शैल्यक्रिया

ज्याग्दीखोला साहित्य प्रतिष्ठान स्याङ्जाले ज्याग्दी खोलाको तरङ्ग शीर्षकमा प्रकाशन गरेको वर्ष १ अङ्क १ बैशाख–असौज २०७२, साहित्यिक पत्रिका साहित्यकार एव म पूर्व उपसचिव चिरञ्जीवी सिग्देलबाट समीक्षार्थ प्राप्त हुन आयो । प्रधान सम्पादक देवेन्द्र लम्साल, कार्यकारी सम्पादक परशुराम कोइराला र सम्पादक शालिकराम लम्सालद्वारा सम्पिादित र ज्याग्दीखोला साहित्य प्रतिष्ठान स्याङ्जाले प्रकाशन गरेको यो पत्रिकालाई अध्ययन गर्दा, ज्याग्दीखोला साहित्य प्रतिष्ठान स्याङ्जाको विधान हेर्दा हालसालै स्थापन भएको यो प्रतिष्ठानको प्रथम प्रकाशन ज्याग्दी खोलाको तरङ्ग एउटा आकर्षक र स्तरीय पत्रिकाको रूपमा अध्ययन गर्न पाएँ र लाग्यो मोफसलबाट प्रकाशित यो पत्रिकाले नेपाली साहित्य जगतमा एउटा कोशे ढुङ्गा थप्न सफल हुनेछ भन्ने आशा जागेर आयो ।

एक्ला चलो रे का गायक रविन्द्रनाथ ठाकुर

जीवनमा जुन जुन मानिसले एक्लो यात्रा हिँड्न आँट गरे, उनीहरूले रहर लाग्दा जीवनका उत्कर्षहरू प्राप्त गरे । भीड र समूहमा गरेको यात्राले त्यति ठूलो सार्थक दृश्यहरू उमारेको छैन । सिर्जनाको लागि साधनाको जरुरी हुन्छ, साधनाको लागि एकान्त परिवेशको आवश्यकता पर्छ । त्यो एकान्तमा रम्न, रमाउन र यात्रा गर्न एक्ले बुलाहा हुनु जरुरी छ । यो कुरालाई विश्व कवि रविन्द्रनाथ बङ्गाली भाषामा यति सुन्दर ढंगले शब्दचित्रण गर्नुभएको छ ।

पुस्तकमा डुबेर मृत्युवरण गर्ने कवि शेली

प्रेम र क्रान्तिलाई अगाध प्रेम गर्ने कविमा शेलीको नाम पहिलो नम्बरमा आउँछ । समाजको आर्थिक शोषण, अन्याय, अत्याचार र उत्पीडनको तीखो विरोध गरेर कवितामा लामा ओकल्ने शेलीका यी कविताका हरफले सहजै चिनाइदिन्छ । उनी श्रमिक जनगणका कवि थिए कि चुसिखाने लुटीखाने धनाढ्य सामन्तवर्गका ।

छर्छौ तिमी, बाली उठाउने अर्कै छ
कमाउछौ तिमी, पैशा थुपार्ने अर्कै छ
बनाउँछौ तिमी, हतियार झिर्ने अर्कै छ
छर बिऊ, तर अत्याचारीलाई बाली उठाउन नदेऊ

दाइजो पीडित बाबुलाई छोरीको झापड

नेपाललाई भौगोलिकरूपमा हिमाली, पहाडी, भित्री मधेश र मधेश/तराई गरी विभाजन गरिएको छ । मधेश/तराईमा २० वटा जिल्ला पर्दछन् । ती हुन्– झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर । उदयपुर र सिन्धुली गरी दुई जिल्ला भित्री मधेशमा पर्दछन् । यिनै जिल्ला अर्थात् तराई/मधेशमा बसोबास गर्ने केही जातिहरूमा अनिवार्यरूपमा दाइजो दिनुपर्ने चलन छ । छोरी हुने बाबुहरू तनाव लिन्छन् भने छोरा हुनेहरू दाइजो केकति र कसरी लिने भनी आइडिया लगाइरहन्छन् ।

नेपाली साहित्याकाशकी उदयमान कवि शुश्री तारा पराजुली

टाढा बसेर आफ्नो सृजनामा मात्र तल्लिन कविहरू मध्ये एक हुन् साङ्गपाङ्ग गा .बि .स .५, भोजपुरमा आमा धनमाया पराजुली र बाबा यदुनाथ पराजुलीको शन्तानको रुपमा जन्मेकि हाल डागिहाट बेलबारीलाई मात्र नभएर समग्र मोरङ्गलाई नै आफ्नो साहित्यको कर्म क्षेत्र बनाउदै अघि बढेकी युवा कवि सुश्री तारा पराजुली । नेपाली साहित्यलाई घनिघुत रुपमा माया गर्ने पराजुली स्वयं पनि नेपाली विषयमा स्नाकोतर हुन् । उनीले मोरङ्ग डागिहाट्मा बसेर आफ्नो साहित्यका साधनाको अलाबा आफ्नो कर्म भने भविष्यका कर्णाधार नानीहरूलाई सु-शिक्षित गर्दै ज्ञानोदय आवासीय बोर्डिङ्गमा संस्थापक शिक्षिका भएर काम गर्दै गरेको देखिन्छ ।

रोगाएका युवा पुस्ता : गति, दिशा र गन्तव्य

साहित्यमा लेखन र पठन अमूल्य कर्म हो । लेखकको नाम र शीर्षक पढ्दै थन्क्याउँदै जानु पाठकीय रोग हो । असल पाठक बन्न नसक्ने मान्छेलाई असल लेखक बन्न सहज हुँदैन । जसले पनि काम लाग्ने कुरा त पढ्नै पर्छ । नलाग्ने कुरा पत्ता लगाउन समेत पढ्नै पर्छ । पाठकीय भूमिका निर्वाह गर्न पनि पढ्नै पर्छ । नपढी नयाँ दिशा देखिँदै देखिन्न । वर्तमानलाई बुझ्न र दृष्टि तिखार्न पनि पढ्नै पर्छ । लेखन र पठन संस्कृतिले मलजल भेटेमा मात्र बुद्धिजीवी जन्मने र फैलने अवस्था आउँछ । अनि मात्र बौद्धिक क्रान्ति सम्भव हुन्छ ।

रुवाइले रुवाउने उम्मर खैर्याम

रुवाइ– १
अरुसँगै मैले पनि ज्ञान–वीज रोपेँ
अनि आफ्नै बाहुले त्यसलार्य हुर्काउन मेहनत गरेँ
त्यसबाट मैले फसलका रूपमा जे पाएँ त्यो यत्ति नै हो–
‘म पानी जस्तै कहाँकहाँबाट आएँ र हावाजस्तै कहाँ–कहाँ जानेछु ।’

‘युग उचाल्ने अक्षरकर्मीको अवसान’ कृतिको अवलोकन

प्रगतिवादी साहित्य संसारमा नन्दलाल आचार्य एक नमुना पारखी साहित्यकार हुन् । आचार्यको कृति ‘युग उचाल्ने अक्षरकर्मीको अवसान’मा देश र समाजको, विगत र वर्तमानको यथार्थ समय र परिवेशका जल्दावल्दा विषयवस्तुलाई सैद्धान्तिक तथा तार्किकरूपमा प्रस्तुत गरेका छन् । यस कृतिमा आचार्य देश र समाजको, मुक्ति र स्वतन्त्रताको निम्ति परिवर्तनको पक्षमा दरो र खरो ढङ्गले उभिएका छन् । उनी नयाँ, गहकिला र सरल भाषाशैली एवं विचारको प्रयोग गरी क्रान्तिकारी वर्गचेत र प्रगतिशील चेतना एवं चरित्र बोकेका पात्रहरूको सिर्जनामा तल्लीन देखिन्छन् । आचार्यको यस कृतिमा राज्यद्वारा निर्मम तरिकाले हत्या गरिएका महान् सहिद कृष्ण सेन ‘इच्छुक’को दर्दनाक इतिवृति छ जुन इतिहासको एउटा नामेट दस्तावेज बन्न गएको छ । यस कृतिले समाजवादी यथार्थवाद समेट्ने काम गरेको छ । तत्कालीन समय र अवस्थालाई शब्दमा उतारिएको छ ।

हिमालपारि महाकाव्यको शैल्यक्रिया

महाकवि फणीन्द्रराज देवकोटाको (वि.सं.२०२५) र मेरो पेशागतरूपमा चिनजान भएको करिब २०–२२ वर्ष भयो होला तर उहाँको र मेरो साहित्यतिरको चिनजान भने उहाँ मनाङको बरिष्ठ कृषिविकास अधिकृतको रूपमा कार्यरत रहँदा कर्मचारी मिलनकेन्द मनाङ्रको साहित्यिक मुखपत्र “तिलिचो” सम्पादन (२०६९–७१) कर्ममा मसँग लेख माग्दामात्र भएको थियो । आज उहाँको महाकाव्य नै हात लागेको छ र त्यसलाई रमाइ रमाइ पढिरहेको छु । फणीन्द्रजीको जन्म गोरखाको लिगलिग, आँपपिपल–२, राउतेपानीमा २०२५ साल असार १५ गते माता लक्ष्मी देवकोटा र पिता नन्दप्रसाद देवकोटाका नवौं सन्तान (चौथो पुत्र)को रूपमा भएको थियो । हाल उहाँ चितवनको प्रेमबस्तीमा बसोबास गर्दै आउनुभएको छ । शैक्षिक योग्यताको हकमा पनि उहाँले एम.एस्सी.(कृषि), एम.ए. आर.डी., पिएच.डी. (ग्रामिण विकास, त्रि. वि. २०६९) हाँसिल गरिसक्नुभएको छ । मनाङ (नियात्रा, २०६९), कश्मीरतिर (यात्रा बृतान्त, २०७०) र हिमालपारि (महाकाव्य, २०७१) गरी साहित्यिक विकृति प्रकाशनमा आएका छन् भने “तिलिचो” (२०६९–७१)को सम्पादक / प्रधान सम्पादकको रूपमा, सम्पादन समेत गरिसक्नुभएको छ ।

मुसलमानी चुरौटी र नेपाली भाषा : एक अध्ययन

पन्ध्रौँ–सोह्रौँ शताव्दीतिर काश्मिरदेखि ल्हासासम्मको व्यापारको क्रममा काठमाडौँमा केही मुसलमानहरू बस्न थालेका हुन् । त्यसको केही वर्षपछि भारतमा भएका विद्रोहबाट बच्न सुरक्षित स्थान खोज्दै मुसलमानहरू नेपाल छिरेका हुन् । केही मुसलमानहरू राज्यकै आग्रहमा नेपाल भित्र्याइएका हुन् । तिनीहरू मध्ये केही सरकारी संरक्षणमै राजधानीमा रहे भने धेरैजसो पश्चिमी नेपालको पडाडमा व्यापार–व्यवसाय गरेर बसेको देखिन्छ । सन् १८५७ को भारतको गदर बिद्रोहपश्चात् बेगम हजरत महल तथा उत्तर भारतका नवाफ बिर्जित कदरका साथ शरणार्थीका रूपमा ठूलो सङ्ख्यामा मुसलमानहरू नेपाल भित्रिएका हुन् । यस हिसावले हेर्दा पाँच भिन्न–भिन्न समूहका रूपमा मुसलमानहरू नेपाल पसेको देखिन्छ ।

भूकम्प पीडित तथा शासकहरुको परनिर्भर प्रवृत्ति

भूकम्प पीडितहरु आजसम्म पनि पाल मुनि राहतको आशामा विताइरहेका छन् । यस्तैमा धुर्मुस र सुन्तली जस्ता कलाकारहरुले थुप्रै भूकम्प पीडितहरुलाई टहरा बनाएर सुम्पिसकेका छन् । यहाँ भन्न खोजेको कुरा के हो भने धुर्मुस र सुन्तलीजस्ता कलाकारहरुलाई गाँस बासको समस्या नपरे पनि उनीहरुले थुप्रै टहरा बनाएर पडितहरुलाई सघाए । यो सहयोग त्यही भूकमपमा भत्किएर उब्रेका निर्माण साग्रीका सरसामानबाट पुनर्निमाण गरेका हुन् । तर पीडितहरुमा भने यस्तो जोश, जाँगर र आँट पलाएन । उनीहरु मुख ताक्दै बसिरहे । यदि उनीहरु पनि समस्यासँग जुझ्न तम्सने हो भने धुर्मुस र सुन्तलीले भन्दा राम्ररी जोहो गर्न सक्थे तर दुखःको कुरा , यस्तो पीडत पक

अग्रगामी परिवर्तनका लागि क्रान्तिको ‘शङ्खघोष’

‘शङ्खघोष’ नामक प्रस्तुत पुस्तक झाका नौवटा निबन्धहरूको बिटो हो । यसमा समेटिएका सबै निबन्धहरू निजात्मक, आत्मपरक र साहित्यिक पाराका छन् । प्रत्येक निबन्धहरू आ–आफ्नै किसिमले पत्रात्मक ढाँचामा लेखिएका छन् । कसैलाई सम्बोधन नगरी पत्र हुन्न । यसमा रहेका प्रत्येक निबन्धमा कसै न कसैलाई सम्बोधन गरिएकै छ । रचना सम्बोधनात्मक हुनाले जसलाई सम्बोधन गरिएको हुन्छ उसैलाई माध्यम बनाएर सबै कुराहरू भनिएको हुन्छ । यस प्रकारको प्रस्तुतिमा आत्मीयता, निकटता र विश्वसनीयता प्रकट हुन्छ । यी विशेषता प्रस्तुत सँगालामा समेत प्रशस्तै पाइन्छन् ।

201601001_DeependraKC-Lekh

सकारात्मक र सार्थक विविधतामा “छरिएका सौरभ”

बेल्जियमलाई कर्मथलो बनाएर शृजनामा तल्लीन मुक्तककार सौरभ कारञ्जितको प्रथम सँग्रह “छरिएका सौरभ” गत २०१५ अगस्तमा प्रकाशित मुक्तक सँग्रह हो । नेपाल मुक्तक प्रतिष्ठानले प्रकाशित गरेर बेल्जियममा सोही अगस्तमा सम्पन्न प्रथम यूरोपस्तरीय साहित्य सम्मेलनमा सरुभक्त, प्रा. डा. खगेन्द्र प्रसाद लुइटेल, श्रीओम रोदन, जीवा लामिछाने, कृष्ण बजगाई, रमेश अधिकारी लगायत करीव दर्जन साहित्यकारहरूबाट १६ तारिखमा सँयुक्त रुपमा लोकार्पित सँग्रह ७४ पृष्ठमा विभक्त छ । १८१ अर्थपरक रसयुक्त मुक्तकहरूमा स्रष्टाले नैतिक जीवनका आदर्शोन्मुख यथार्थ स्वरहरू अभिव्यक्त गरेका छन यी शीर्षकहरूमा झुण्ड्याएर — जन्मदाता पृ १३—१६, प्रेम विछोड पृ १७—३८, देश(राजनीतिक सँकट) पृ ३९—४८, प्रवासतिर पृ ४९—५०, जीवन जगतका भोगाई पृ ५१—७४ ।

20151231_BijjuSubediBijay-Lekh

“सत्य सङ्घर्षका कथाहरू” कथासङ्ग्रहका समीक्षाहरू

युवा कथाकार विजु सुवेदी ‘विजय’ कथा सङ्ग्रह “सत्य सङ्घर्षका कथाहरू”मार्फत बजारमा आएका छन् । प्रगतिवादी धारतिर ढल्किएका उनका कथा अलि फरक शैलीमा लेखिएका छन् । नेपाली समाज र मनोविज्ञानसँग तिनको सम्बन्ध छ । देशभक्ति र स्वतन्त्रताको चेतना बोकेका कथाले राजनीतिक नेतृत्त्वको अकर्मण्यता र जनताको अल्छीपनप्रति व्यङ्ग्य गरेका छन् । सच्चा क्रान्तिकारीले देश, जनता र परिवर्तनका लागि गर्ने सङ्घर्ष र बलिदानको उपादियतामाथि कथाले बोलेका छन् । बढी विचारात्मकजस्ता लाग्ने कथाहरूभित्रका प्रेमकथाले पाठकलाई लोभ्याउँछ ।

युग बुझेका साझा कवि

भूपिका कविता लेखन र आनीबानीबारे धेरै कुरा आइसकेका छन्। वैयक्तिक जीवनका केही मुख्य कुरा भने अँझै बाहिर आउन पाएका छैनन्।

विदुर भनेर विरोध नगर्ने समाजले महिलालाई शक्तिमा देख्न मन पराउँदो रहेनछ

विधवाले भ्रमण गरेको भनी जनकपुरको जानकी मन्दिर अपवित्र भएकोले चोख्याउने हर्कतले महिला वर्गलाई मर्माहत तुल्याएको छ । जनकपुरमा राष्ट्रपति भण्डारीलाई गरिएको अभद्र व्यवहार र आचरणले महिलाहरूको हृदय पुन छिया छिया भएको छ ।

20151225_NandaLalAcharya-BookReview

समसामयिक जीवनको द्योतक : ‘जीवनदान’ लघुकथा सङ्ग्रह

दार्शनिक ओशोको लघुकथाबाट सुरुआत गरौँ । उनी आफ्नो लघुकथामका भन्छन्– एकदिन बिहान–सवेरै एउटी बूढी आइमाई आएर गाउँको कुवामा केही हाली र भनी, अब जसले यो कुवाको पानी खान्छ, त्यो पागल हुन्छ । गाउँमा दुईवटा मात्र कुवा थिए । एउटा गाउँको कुवा थियो र अर्को राजाको महलको कुवा थियो । साँझसम्ममा, वाध्यता थियो, सारा गाउँ पागल भयो, पानी पिउनै पर्यो त्यो कुवाको । केवल राजा, रानी र मन्त्री तीनजना, जसले त्यो कुवाको पानी पिएका थिएनन्, जोगिए, उनीहरू पागल भएनन् । सारा गाउँ साँझ पर्दा नपर्दै पागल भइसकेको थियो ।