Skip to content

विश्लेषण/समालोचना

भोको पेटको समस्या पहिले समाधान हुनुपर्छ ।

नेपालका स्वदेशका २० लाख मजदूरहरु बेरोजगार भएको ६ महिना भइसक्यो । उनीहरुले यही कमाइले छोराछोरीको फिस तिर्ने र परिवारको छाक टार्ने गर्दै आएका थिए । आज विहान टुडिँखेलमा देखेको थिएँ कि कोही ४ दिन, कोही ७ दिन, कोही ८ दिन भो खाना पेटमा नपठाएको भनी भोकले ढल्लाजस्तो भई थररर काँपी भनिरहँदा कसको मन नरोला ? त्यहाँ युवाहरुले स्वतस्फुर्त रुपमा दैनिक २०० जनालाई लकडाउनको समयदेखि खाना खुवाउँदै थिए ।

बझाङी भाषाको संक्षिप्त चिनारी

कुनै पनि राष्ट्रलाई चिनाउन भाषाको महत्वपूर्ण भूमिका हुन्छ । भाषाले नै राष्ट्र, राष्ट्रियता एवं राष्ट्रको धार्मिक, सांस्कृतिक, सामाजिक, राजनैतिक एवं आर्थिक अवस्था तथा मूल्य र मान्यताहरूलाई चिनाउने काम गर्दछ । तसर्थ नेपाली भाषाले नेपाल र नेपालीलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने काम गरेको छ । नेपालको धार्मिक, सांस्कृतिक, साहित्यिक, ऐतिहासिक, सामाजिक, आर्थिक, राजनैतिक एवं जातीय अवस्थालाई विश्वसामु चिनाउने काम नेपाली भाषाले गरेको छ । भाषाबिना मानिसको जीवन र राष्ट्र अघि बढ्न सक्दैन । त्यसै प्रकारले नेपाल र नेपालीहरूका लागि नेपाली भाषा महत्वपूर्ण अङ्ग बनेको कुरा सर्वविदितै छ । नेपालको इतिहाससँगै भाषिक इतिहास पनि जोडिएको छ । तसर्थ यहाँ नेपाली भाषा सँगसँगै बझाङी भाषाको संक्षिप्त चर्चा गर्ने प्रयत्न गरिएको छ ।

भाषाको भासमा देश : लवजमा डुब्दै छ परिवेश !

हामी भ्रमणका सिलसिलामा विदेशी भूमिमा रहँदा कसैले यसो पछाडिबाट कोट्याएर ‘तपाईंको देश कुन हो ? के तपाईं नेपाली हो ?’ भनेर हामीलाई सोध्यो भने त्यो बेला हाम्रो मनमा हुने खुसीको वर्णन भाषामा गरेर पक्कै पनि सकिँदैन ।

गज्जबको कुरो के छ भने संसारको कुनै पनि मानिसलाई उसको अनुहार, रङ, भाषा, संस्कृति र वेशवुषाले चिनाएको हुन्छ । तपाईं अमेरिका जानुस् या अजरबैजान तपाईंले बोल्ने नेपाली भाषाले त्यो विदेशी भूमिमा रहेका अचिनारू नेपालीलाई स्वत: प्रभाव पार्दछ । त्यसबेला तपाईंहरू अनायासै नजिकिनुहुन्छ जसमा जोड्ने काम भाषाले गरेको हुन्छ ।

पूर्वीय कोणबाट ‘घुर’ उपन्यासको सामाजिक विमर्श

नेपाली समाजमा पहिलो मधेश आन्दोलनले कसैले नसोचेको प्रभाव पार्यो । अन्तरिम संविधान २०६३लाई तुरुन्तै संशोधन गर्न बाध्यबनायो । राज्यका हरेक तह र तप्कामा समावेशिताको नियमानुसार सबै वर्ग र समुदायलाई समावेश गर्ने व्यवस्था कायम गर्यो । लैङ्गिक, जातीय, क्षेत्रीय, आर्थिक, सामाजिक आदि रूपले पिछडिएका सामान्यभन्दा सामान्य वर्ग र समुदायको समेत पहुँच सुनिश्चित गराउन शासक वर्गलाई घच्घचायो ।

GitaDahal

संसार हाँक्ने युवालाई सम्बोधन गर्ने निबन्धको पुस्तक ‘ब्याक बेञ्चर’

भनिन्छ – साहित्यमा धेरै ‘सेक्स’ बिक्छ । त्यसपछि ‘अपराध’ बिक्छ र सबैभन्दा कम ‘आदर्श’ बिक्छ । यो आजको लेखकीय बाध्यता हो । तर केही यस्ता लेखकहरू पनि समाजमा हुन्छन् जो बिकाउ हुन्छ भन्दैमा सेक्स र अपराधलाई मात्र बढावा दिँदैनन् । तिनीहरू जीवनपर्यन्त आदर्शलाई नै शिरोधार्य गरेर लेखनमा समर्पण भैरहन्छन् । विगत् चार दसकदेखि यसैगरी लेखनमा समर्पण भैरहने साहित्यिक स्रष्टा हुन् – पेशल आचार्य । यिनी मूलत: कवि, निबन्धकार र कथाकार हुन् । तर अहिले चाहिँ यिनी निबन्धकार ‘गेटअप’मा देखापरेका छन् र यो परिचयमा यिनलाई ल्याएको छ निबन्ध कृति –‘ब्याक बेञ्चर’ले ।

GangaAdhikari

मेरो एउटा परिकल्पना

कोरोना नामक राक्षसको कारण
मानव सभ्याताको बिनास हुनेछ
भवन रुपी जंगल हुनेछ
त्यो जंगल फाडेर
मान्छेहरू रुख ठड्याउने छन्
मनिसमा बुद्धि त हुनेछ
तर होस नभएको कारण

कथाको कथा (कथासम्बन्धी सोधमूलक ग्रन्थ)

                                                                     कथाको कथा
                                                          (कथासम्बन्धी सोधमूलक ग्रन्थ)

                                                                     परिच्छेद १

                                        (१) सङ्कल्प/पाठकसँगको करारनामा/कार्यपत्र
(१) (क) अनुसन्धानको दायरा

सहकारीमा बिपत ब्यवस्थापनको खाँचो

  • by

संकटको रोकथाम, न्यूनीकरण र व्यवस्थापनका लागि सिंगो अभियानले ऐक्यवद्धता जनाई कोरोना विरुद्धको अभियानमा हातेमालो गरौं ।

संकटमा सहकारीको भूमिका

  • by

सहकारी भनेको सहकार्य अर्थात आफ्ना सेयर सदस्य र सामुदायिक हितका लागि आपसमा मिलेर काम गर्नु हो । अर्को शब्दमा सहकारीता भन्नाले समान इच्छा, आकाक्षा र समान आस्था भएका व्यक्तिहरूको प्रजातन्त्रिक नियन्त्रण, नैतिकता, इमान्दारीता, समानता एंव समन्वयमा आधारीत स्वतन्त्र र स्वायत्त सांगठानिक संस्था हो । समान उद्देश्य भएका एकै ठाउँमा बसोबास गर्ने र मन मिल्ने व्यक्तिहरू एक आपसमा मिलेर सामूहिक हितमा गरिने कार्य नै सहकारीको मूल अवधारणा हो । सहकारीताको सुरुवात सम्बन्धमा फरक—फरक धारणा आए पनि अठारौं शताब्दीको उत्तराद्र्ध्तिर औद्योगिक क्रान्तिको प्रभावबाट बेलायतमा देखा परेको आर्थिक सामाजिक परिवर्तनले सहकारी आन्दोलनको रूपमा विकास भएको भन्न सकिन्छ । नेपालमा सहकारीताको विकास वि.स २०१० सालबाट भएको पाईन्छ । २०१३ सालमा राप्ती विकास योजनाअन्तर्गत चितवन जिल्लाको बखानपुरमा स्थापित बखानपुर बचत ऋण समितिनै नेपालको प्रथम सहकारी संस्था रूपमा चिनिन्छ ।

‘सबैका लागि एक र एकका लागि सबै’ भन्ने सहकारीको सर्वमान्य भावनालाई पालना गर्दै समाजमा छरिएर रहेको सानो परिमाणको पूँजीलाई बचतको रूपमा संकलन गरि सदस्यहरूको आर्थिक उन्नतीका लागि साना – ठूला व्यवसाय सञ्चालन गर्न सहकारीले ठूलो मद्दत पु¥याएको छ । ग्रामिण भेगका विपन्न वर्ग र समुदायका मानिसहरूलाई संगठित गरी उनीहरूमा रहेको स– सानो रकमहरूलाई संकलन गरी लघु व्यावसाय संचालनका लागि कर्जा प्रवाह गरी गरिबी निवारणमा सहयोग पु¥याउनु सहकारीको मर्म हो । संस्थामा आवद्ध सेयर सदस्यहरूको आवश्यकता, मनोभावना र सदस्यहरूको हितलाई मध्यनजर गरी सहकारी संस्थाहरूले विभिन्न कार्यहरू संचालन गर्ने गर्दछन् ।

सहकारीको माध्यमबाट नै समाजका विपन्न, अतिविपन्न वर्गका मानिसहरू लगायत किसान, मजदुर, ब्यावसायी, महिला वर्ग तथा समुदायलाई संगठित एवं एकत्रित गरी समाजमा छरीएर रहेका स–साना सिप र पूँजीहरूलाई संकलन गरी परिचालन गर्दै देशको आर्थिक तथा सामाजिक विकास सहयोग पु¥याएको सहकारी अभियान्ताहरू दाबि छ । बैंक तथा वित्तिय संस्थाहरू शहर केन्द्रित रहेको र सहकारी संस्थाहरूले ग्रामिण भेगदेखी दुरदराजसम्म सेवा संचालन गरिबी न्यूनिकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भनाई हरेक सहकारी नेताहरूको मुखबाट हामी पटक पटक सुन्दै आएका छौं । सहकारी संस्थाहरूले सदस्यको जन्मदेखी मृत्युसम्मका कार्यक्रमहरू संचालन गर्दै आएका छन । सहकारी संस्थाले सहकारी मूल्य, मान्यता र सिद्धान्तलाई आत्मसाथ गर्दै सेयर सदस्यहरूको हितमा अनवरत रूपमा लागिपरेको भनाईहरू हरेक सहकारी संस्थाहरूको बार्षिक प्रतिवेदनहरूमा उल्लेख गरेको पाईन्छ । सरसर्ती हेर्दा सहकारी संस्थाले मानिसको जीवन पद्धतिलाई परिवर्तन गरिदिएकोे देखिन्छ । सेयर सदस्यहरूको आर्थिक, सामाजिक, साँस्कृतिक विकासका साथै आधारभूत आवश्यकता परिपूर्तीका लागि सरल र सहज ढंगबाट वस्तु तथा सेवा प्रदान गरी जिवनयापन सहज पार्ने प्रतिवद्धता सहित सहकारी संस्थाहरूले सदस्यता विस्तार गर्ने गरेका छन । यसर्थ सहकारीहरूले बारम्बार प्रयोग गर्दै आएको “सदस्यहरूको हितमा समर्पित” भन्ने शब्द नाराका रूपमा प्रयोग मात्र नभईवास्तविकता बन्न सकोस् ।

वर्तमान परिप्रेक्षमा विश्वभर कोरोना भाइरसको महामारी फैलिएकोको छ । जसका कारण लाखौं मानिस संक्रमित भएका छन् भने हजारौले ज्यान गुमाएका छन । कोरोना भाईरस (कोभिड–१९) संक्रमणको असर नेपालमा पनि देखा परेको छ । चिनको बुहान सहरमा देखा परेको भाईरस विश्वभरपैmलिसकेको छ । विश्व स्वास्थ्य संगठनले कोरोना भाईरसको संक्रमणलाई विश्वव्यापी महामारीको रूपमा घोषणा गरेको छ । नेपाल पनि कोरोना भईरस संक्रमणको सम्भावित उच्च जोखिम मुलुक रूपमा चिनिन्छ । यसको जोखिम न्यूनिकरणका लागि सरकारले देश भार लकडाउनको घोषणा गरेको छ । संक्रमण न्यूनिकरणका लागि कतिपय सहकारी संघसंस्थाहरूले सेयर सदस्य तथा समुदायमा जनचेतनामूलक गतिविधिहरू संचालन गरेका छन भने सचेत रही कार्य गर्न अपिल गरेका छन् । केही सहकारी संस्थाहरूले ब्याजमा छुट दिएका छन, केहीले स्वास्थ्य सामाग्रीहरू (माक्स, सेनिटाईजर, पन्जा) वितरण गरेका छन् । बैंकहरूले जस्तै सहकारीले सदस्यहरूलाई एटिएम कार्ड तथा मोबाईल बैकिङमार्फत कारोवार गर्न अभिप्रेरित गरेका छन्, तर डिजिटल बैकिङ सेवा उपलब्ध गराउने सहकारीहरूको संख्या हातको औंलामा मात्र सिमित छन । संकट समयमा बैंक तथा वित्तिय संस्थाहरूले पूर्णकालीन सेवा प्रदान गर्न सकिरहेका छैनन् भने केही सहकारी संघसंस्थाहरू भन्दा बाहेक अधिकाशं सहकारी संस्थाहरू पूरै बन्द अवस्थामा छन् ।

सहकारीको उत्पत्ति नै संकटको सामना गर्नको लागि भएको हो । आधुनिक सहकारीको इतिहास सन् १८४४ को डिसेम्बर २१ का दिन वेलायतको म्यानचेष्टर सिटीबाट सुरु भएको हो । औद्योगिक क्रान्ति पश्चात वेलायतको रोचडेल सहरमा बसोबास गर्ने कपडा कारखानामा काम गर्ने मजदुरहरूले मिल मालिक एंव पुंजिपतिहरूको चर्काे शोषणका विरुद् २८ जना मजदुरहरूले एक—एक पाउण्ड जम्मागरी रोचडेल इक्विटेवल पायोनियर सोसाइटी नामक उपभोक्ता पसल खोली सहकारीको शुरुवात गरिएका थिए । यस पश्चात १८५० जर्मनमा बचत तथा ऋण सहकारी, सन् १८६५मा अमेरिका,सन् १८६६ मा इटली, सन् १८७० मा क्यानडा मा बचत तथा ऋण सहकारी संस्थाहरू स्थापना भएको देखिन्छ भने सन् १८८६ माडेनमार्कमा दुग्ध सहकारी, सन् १९०४ मा भारतमा र सन् १९१२ चीनमा कृषि सहकारी सस्थाहरू गठन भई विश्वभर सहकारीको दायरा फराकिलो हुँदै गएको पाईन्छ ।नेपाली परिवेशमा सहकारीको इतिहासलाई नियालेर हेर्दा वि.स २०११ सालको भिषण वर्षा र बाढी पहिरोबाट उत्पन्न संकट मोचनका लागि चित्तवनका युवाहरूको सक्रियतामा वि.स २०१३ सालबाट सहकारी आन्दोलनको सुरुवात भएको पाईन्छ ।

यतिबेला देशमा संकटको सामना गरी रहेको छ । कोरोना संक्रमणको त्रासले देशनै लकडाउनमा छ । घरमै बसेर सबैले सुरक्षित हुने प्रयास गरिरहेका छन । लकडाउनका कारण जनजिवन प्रभावित भएको छ । स्वास्थ्य, खाद्यन्न, ढुवानी, बैंक( वित्तीय, सञ्चार सेवा लगायत अत्यावश्यक बाहेक अरु सबै कार्यहरू निषेधित छन । सहकारी संस्थाहरूले पनि लकडाउनको पालना गर्दै कार्यालयहरू बन्द गरेका छन । सेवा सूचारु गर्नका लागि सबै सहकारी संघ(संस्थालाई सहकारी विभागले केही दिन अघि परिपत्र गरेको थियो । असहज र बिषम परिस्थितीमा स्थानीय प्रसाशनसंग समन्वय गरी आफ्ना सदस्यहरूलाई प्रभावकारी सेवा दिदै सम्पूर्ण प्रकृति खाताहरू नियमित रूपमा संचालनमा ल्याउने, संस्थामा तरलता ब्यवस्थापन गर्दै नियमित रूपमा जीवन निर्वाहका लागि भुक्तानी तथा कर्जा प्रवाहको व्यवस्था मिलाउने विभागले निर्देशन दिएको थियो । कतिपय सहकारी संघ(संस्थाहरूले विभागको निर्देशनको पालना गर्दै आंशिक सेवा प्रदान गर्दै आएका छन भने कतिपयल सेवा संचालन गर्न सकिरहेका छैनन्। लकडाउनको समयसिमा लम्बिएसंगै सहकारी संस्थाहरूलाई पनि सेवा संचालन गर्न चुनौती नै छ । केही सहकारी संस्थाहरूले माहामारीले सामान्य रूप नलिएसम्मका लागि सम्पर्क व्यक्तिहरू तोकी अत्यावश्यक सेवाहरू संचालन गर्दै आएका छन ।

सहकारी संस्थाले आफ्ना सेयर सदयहरूको आर्थिक विकासका लागि विभिन्न आर्थिक योजना तथा कार्यक्रमहरू सञ्चालन गरी त्यसमा उनीहरूलाई सहभागी गराउन सक्नु पर्दछ । गरीबी, बेरोजगारी, आर्थिक शोषण र अन्यायअत्याचारको अन्त्य गरी एक आदर्श समाजको निर्माण गरी समुदायमा सहयोग, एकता, इमान्दारी, स्वावलम्बन, सामाजिक दायित्वको भावनाले सदस्यहरूको आर्थिक तथा सामाजिक क्रियाकलापमा सहयोग गरी समृद्ध समाज निर्माण गर्नु सहकारीको दायित्व हो । संकटको बेला यि सबै कार्यहरू एकै पटक सम्पन्न गर्न सम्भव नहुन पनि सक्छ । तर आगामी दिनमा सहकारी संस्थालाई कसरी संचालन तथा ब्यवस्थापन गर्ने, सहकारीप्रतिको सदस्यहरूको विश्वास र साथलाई कसरी कायम राख्ने, संकट सामना गर्नका लागि के कस्ता रणनीतिहरू निमार्ण गर्ने, महामारीबाट सदस्यहरूमा पर्न गएको असरलाई के कसरी न्यूनीकरण गर्ने र संकटमा सहकारीको भूमिका के हो भन्ने बिषयमा सहकारीकर्मीहरूले स्पष्ट धारणा बनाउन जरुरी देखिन्छ ।

लकडाउन एक अवसर

लकडाउनका राम्रा पक्षहरू थुप्रै छन् । यसलाई मैले धेरै राम्रो अवसरको रुपमा पाएको छु । हामीले यसलाई सकारात्मक रुपमा लिनुपर्छ । बाहिर जाँदा चुरोटको धुवाँ, गाडीको धुवाँ, धुलोमुलोले गाल पार्थ्यो, अब त स्वच्छ हावा सित्तैमा महसुस पाइएको छ । पशुपञ्छी, बोटविरुवा पहिलेभन्दा आनन्दित छन् । यसले गर्दा जीवजन्तुहरू अरु समयभन्दा हलक्क बढ्न पाएको छ । सबै बालबालिका प्रफुल्लित मुद्रामा छन् । वातावरण प्रदुषण मुक्त देश भएको छ ।

पल्लव साहित्य प्रतिष्ठान र गोर्खे साहिलोप्रति मेरो दृष्टिकोण

पल्लव साहित्य प्रतिष्ठान भरतपुर नगर पालिका –४ विशाल मार्ग नारयणगढ, चितवनमा अवस्थित छ । चितवन विविधताले सजिएको, नारायिणी नदिको किनारमा अवस्थित, देवघाट तथा देवधामको पवित्र वायुले मगमगाएको एउटा सुन्दर जिल्ला हो । नारायण घाट, शैक्षिक संस्था, साहित्यिक संस्था लगायतले सुशोभित सुन्दर बजार पनि हो । यस्तो सुन्दर नगरमा, पल्लव साहित्य प्र्रतिष्ठान एउटा विशुद्ध साहित्यिक संस्थाको रूपमा जल्दो वल्दो अग्रसरता देखाउँदै विभिन्न साहित्यकारका विविध विधाका कृतिहरू प्रकाशन गर्दै आएको छ ।

NarendraRajPaneru

कोराना, राज्य र विश्वविद्यालयहरू

कोराना भाइरसले महाशक्ति राष्ट्र, सम्पन्न व्यक्ति, विकसित मुलुक, राज्यका हर्ताकर्ता मन्त्री तथा नेताहरूका साथै तथाकथित आफूलाई शैक्षिक तथा बौद्धिक जगत्कै मसिहा ठान्नेहरूको असली रूप र औकात देखाइदिएको छ । अपदवादको रूपमा केही समाजवादी देशहरू जस्तै चीन, भेनेजुएला, क्युवा आदिले यो समस्यालाई मानवीय सङ्कटका रूपमा लिएर मिलिटयाण्टरूपमा कार्यक्रम बनाई कार्यन्वयन गरी सफलताका नजिक पुगेका छन् । पुजीवादी देशहरू दक्षिण कोरिया, जापान, सिंगापुर जस्ता देशहरूले नाफाभन्दा जनता तथा मानिसहरूलई महत्व दिँदा समस्या हल गर्नेक्रममा छन् । केही देशहरू स्पेन, आयरल्याण्ड, दक्षिण अफ्रिकी देशहरूले निजी अस्पताललाई राष्ट्रियकरण गरेर समाजवादी मोडेलमा गई समस्यासँग जुझदै छन् ।

विश्वेश्वरप्रसाद कोइराला महाकाव्यमा सूक्ष्म दृष्टि

परिचय– विश्वेश्वरप्रसाद कोइराला महाकाव्यका सिर्जनाकार हुनुहुन्छ कोशलराज पौड्याल । कोशलराज पौड्यालको जन्म २००३ साल भाद्र २६ गते छहरा गा.वि.स.वडा नं ५, मगाल, पाल्पामा भएको थियो । उहाँ पिता हुमलाल पौड्याल र माता हिमकला पौड्यालका सुपुत्र हुनुहुन्छ । शास्त्रीसम्मको अध्ययन गरेका कोशलको पेशा मा. वि. शिक्षण रहेको र हाल उहाँ निवृत्त हुनु भएको छ ।

20200319-PrakashParishkar-LekhakParichaya

शिक्षण, लेखन र पत्रकारिताका त्रिवेणी: पेशल गुरु

आज म यहाँ अक्षरका पुजारी त्यस्तै एकजना पुराना शिक्षकको कथा लेख्दै छु । मान्छेको जीवनको कुनै लेखाजोखा नै हुँदैन । जन्मियो एक ठाउँ । हुर्कियो अर्कै ठाउँ र कर्म गर्ने ठाउँ आफूले कहिल्यै नचिताएको पनि हुन सक्छ । यस्तै संयोग शिक्षक, साहित्यकार र पत्रकार पेशल आचार्यका जीवनमा समेत परेको छ ।

जिन्दगीका जङ्घारहरूमा रुमलिन्दा

तन मन सब साझा देह मन्दिर साझा
वन उपवन साझा शैलमाला हिमाल
जल पवन प्रकाश दिव्य माटो छ साझा
तर पनि मन हाम्रो भैदिए नित्य बाँझो

यी माथिका श्लोक, सल्यान गा.वि.स.–८ गैह्राथोक कास्कीमा वि.सं.२००२मा जन्म भै हाल भरतपुर नगरपालिका –६, पारस नगरमा स्थायी बसोबास गर्ने पिता विष्णुप्रसाद उपाध्याय र माता मनरूपा उपाध्यीका कनिष्ठ सुपुत्र डी.डी.शर्मा (डम्मरुदेव शर्मा)ले आजको संसारमा प्रकृतिले प्रदान गरेका सबै चिज साझा हुँदा हुँदै पनि मानव मन साझा हुन नसकेकोमा चिन्ता व्यक्त गरेका छन् ।

कोरोनाबाट सचेत बनौँ ।

अहिले विश्वमा कोरोना सबैभन्दा बोलिने शब्द अनि भाइरल भएको छ । कोरोनाले विश्वलाई गाँजेको छ । कोरोनालाई नोभेल कारोना कोभीड १९ नाम दिइयो । कोरोनाको सङ्क्रमणबारे सकेसम्म छोटो र प्रभावकारी रुपमा चेतना फैलाउने उद्देश्यले अभिप्रेरित भएर यो लेख तयार गर्दा सम्मन १लाख नाघिसकेको छ । १४ दिनपछि पनि भाइरस देखा पर्ने भएकाले चाइनाबाट आएका नेपाली विद्यार्थीहरुलाई १४ दिन अलग्गै राखेर परीक्षण गर्दा कसैलाई पनि सङ्क्रमण देखिएन । उनीहरुलाई ठुलै युद्ध जितेसरी खुसी तुल्यायो ।

गरुडपूराणले अर्थ्याएको शरीरका व्यवहारिक र पारमार्थिक स्वरूपको ब्रह्माण्डका गुणसँग तुलना

मानिस एउटा सचेत प्राणी हो भन्ने कुरा हाम्रा विविध धर्म शास्त्रले हामीलाई अर्थ्याइरहेका छन् । हामीमा यो पनि साक्षात्कार छ कि मानिस जन्मेपछि मर्छ । जन्मेपछि मानिसले धर्म गर्छ भने स्वर्गमा जान्छ र स्वर्गको आनन्द भोग गर्दछ र पाप कर्मबाट नरकको कष्टदायी जीवन बिताउनु पर्छ । यस्तो स्वर्गलोकको भोग धर्ममा लिन व्यक्तिलाई मात्र सम्भव हुन्छ । यिनै व्याक्ति स्वर्ग भोगपछि निर्मल कुलमा जन्म लिन्छन् ।

सुरेन्द्र महर्जन”अमर” को २३औं कृति सार्वजनिक

मान्छेभित्र रहर अनि चाह हुनु ठुलो हो कथामा लामो विद्या उपन्यास हो ‘साहित्यमा सबैभन्दा बढी पढिने विधा भन्नुपर्दा उपन्यास हो l यस्तो सर्वाधिक लोकप्रिय विधाको कृति सार्वजनिक गरेर सुरेन्द्र महर्जन ‘अमर’ले पठन संस्कृतिलाई प्रोत्साहित गर्ने काम गर्नुभएको छ l’ कथा, कविता, गीत, हाइकु, ताङ्का, मुक्तक, उपन्यास लगायत साहित्यका विविध विधामा कलम चलाउँदै आएका सुरेन्द्र महर्जन ‘अमर’को २३औं कृति एव म चौथो उपन्यास ‘स्माइल ड्रिम’ को लोकार्पण समारोहमा प्रमुख अतिथिको आसनबाट बोल्दै वरिष्ठ गीतकार भूपाल राईले यी कुराहरू भनेका हुन् ।

लेखथान शततः नमन

शब्दप्रयोग र आफैंमा विवादास्पद लेखनाथको खुट्टा नकाट्ने सन्दर्भ

मन्ले यस् तनले र द्रव्य दलले प्रेम्ले वडा जुक्तिले
विन्तिका करले र अश्रुजलले जूले जगत् जालले ।
कल्छल्ले सलले सले कलमले गुन्ले र जावन्तले
कस्कस्ले मनले भजेर कमले यस् ओष्ठका निम्तिले ।
– मोतीराम भट्ट, मनोद्वेग प्रवाह: द्वितीय खण्ड: श्लोक ११९

वेदप्रसाद शर्मा ढकालज्यूको जीवन यात्रामा रमाउँदा

पिता स्व. प. होटराज ढकाल र माता स्व. उमादेवी ढकालका सुपुत्र श्रीवेदप्रसाद शर्मा ढकालको दोस्रो कृतिको विमोचन, महाकवि लक्ष्मीप्रदा देवकोटाको १११ औ जन्मजयन्तीको शुभ अवसरमा, यही २०७६ कार्तिक ९ गते शिव मा.वि.को सभाहलमा, प्रमुख अतिथि प्रदेशसभा सदस्य माननीय विष्णुप्रसाद लामिछाने ज्यूको करकमलबाट भव्यताको साथमा सुसम्पन्न भएको थियो । आज मैले सरसर्ती पढे र खुसी पनि लाग्यो ।