Skip to content

विश्लेषण/समालोचना

वेदप्रसाद शर्मा ढकालज्यूको जीवन यात्रामा रमाउँदा

पिता स्व. प. होटराज ढकाल र माता स्व. उमादेवी ढकालका सुपुत्र श्रीवेदप्रसाद शर्मा ढकालको दोस्रो कृतिको विमोचन, महाकवि लक्ष्मीप्रदा देवकोटाको १११ औ जन्मजयन्तीको शुभ अवसरमा, यही २०७६ कार्तिक ९ गते शिव मा.वि.को सभाहलमा, प्रमुख अतिथि प्रदेशसभा सदस्य माननीय विष्णुप्रसाद लामिछाने ज्यूको करकमलबाट भव्यताको साथमा सुसम्पन्न भएको थियो । आज मैले सरसर्ती पढे र खुसी पनि लाग्यो ।

मृत्तिका र म कवितासङ्ग्रहमा प्रवेश गर्दा

यो देश हाम्रो रसिलो मुहार
मागेन यसले कसैको गुहार
परेन कब्जा छल शत्रुकै यो
जानेन कहिले शिर झुक्न नै यो
(नेपाल राम्रो यस विश्वमा नै, श्लोक १, पृष्ठ ९८)

20191222_NandaLalAcharya-BookReview

तेजनारायण शेर्पाको ‘अक्षर’मा एक दृष्टि

हे बालाजन हो पढो घरिघरी, विद्या छ अमृत सरी ।
अर्काको घरमा नजाऊ वरिपरि, पढ मेहनत गरी ।।
पढेको चिज डाकुले घर फोरी लादैन चोरी गरी ।
नपढ्दा हिन भो छोरो यदि भने के गर्नु माया गरी ।।

उदयपुर जिल्लाको शैक्षिक, साहित्यिक, सामाजिक र सांस्कृतिक क्षेत्रको विकासमा दिलोज्यानले लागिपरेका वाणी, अक्षर र कर्मका पौरखी व्यक्तित्व हुन्– तेजनारायण शेर्पा ‘रञ्जन’ ।

नारायणगोपालअघि र नारायणगोपालपछि

नेपाली सङ्गीतको इतिहास लेखिँदा बिफोर नारायणगोपाल र आफ्टर नारायणगोपाल भनेर नै लेखिनेछ, यसमा विवाद नरहला।

बूढो समीको रूख

डा. मेघराज ढकाल (२०१३)को जन्म स्थल निबुवाबोट आँधीखोला गाउँपालिका –६ भए पनि हाल वहाँ टोखा नगरपालिका –७ काठमाडौमा बसोबास गर्दै साहित्य र समाज सेवामा समर्पित हुँदै आउनु भएको छ । उहाँको साहित्यिक यात्रालाई केलाउँदा २०३६ सालमा ‘विश्वदूत ’ सप्ताहिकमा ‘के तिमीलाई लाज छैन ?’ कविता प्रकाशन गरी पदार्पण भएको देखिन्छ । उहाँ २०३८ सालमा सरकारी सेवामा प्रवेश गरेपछि फाटफुट कविताको सृजना गर्दै सेवारत क्षेत्रको दायित्वलाई बोध गर्दै आर्थिक तथा प्रशासनिक लेखतिर उहाँको कलम चलेको पाइन्छ ।

‘जिन्दगीका भासहरू’को शैल्यक्रिया

डा. मेघराज ढकालको जन्म २०१३/०४/२२मा निबुवाबोट आँधीखोला गाउँपालिका –६ मा भएको थियो र हाल वहाँ टोखा नगरपालिका –७ काठमाडौमा बसोबास गर्नुहुन्छ । उहाँ पिता भेजीप्रसाद ढकाल र माता छलीदेवी ढकालका सुपुत्र हुनुहुन्छ । पेशाको दृष्टिकोणबाट हेर्दा उहाँ एक कुशल प्राध्यापक स्वतन्त्र अध्ययन र अनुसन्धानकर्ताको रूपमा आफूलाई परिचय गराउन सफल व्यक्तित्व हो । व्यक्ति एक भए पनि उसको कर्मको आधारमा हेर्दा ऊ बहुआयामिक हुन्छ । डा. ढकालज्यूलाई एक बहुआयामिक व्यक्तित्व हुनुहुन्छ ।

विकाशको नाममा विनाशको विजारोपन

जीवनसँग सब्वन्धित सामाजिक घटनाले मलाई नछुने कहाँ हो र? हुनत गाउँमा नवस्नेले गाउँ को बारेमा बोल्न नहुने झै व्यवहार गर्छन नेताजीहरू । तर पनि टाढा बसेर बाहिर आएको कुराको आधारमा बुझ्दा विशेष राम्रो काममा जसरी सबैजना आफ्नो पहलमा भएको उर्दि लाउछन् त्यसैगरी नराम्रो हुँदा सबै पछि सर्छन ।

मूर्ख कालिदास विश्वप्रसिद्ध कवि बने

संस्कृत साहित्यका महाकवि कालिदासको मूर्खताका बारेमा अनेकौँ रोचक किम्बदन्तीहरू छन् । उनी रुखमा चढेर रुखको हाँगो काट्दा टुप्पातिर बसेर फेदतिर बञ्चरो चलाउने गर्थे । यो तहको मूर्खता थियो उनमा ।

एकचोटी मावली घर जाँदा एउटा किताब देखेछन् । किताबका अक्षरहरू हेरे, अनि उनी ग्वाँ ग्वाँ रुन थाले । उनको रुवाइदेखि सबै आश्चर्यचकित भए, उनलाई फकाएर सोधियो, “बाबु किताबको अक्षर हेरेर किन रोएको ?” उनले जवाफ दिएछन्, “मेरो त्यति मोटो ‘क’ दुब्लाएछ । त्यसको माया लागेर रोएको ।”

नागार्जुन देवताको पौराणिक गाथा

प्राचिन समयदेखि अहिलेसम्म हाम्रा धार्मिक महत्व बोकेका देवस्थलहरुमा विशेष पुजाआजा गर्दै श्रद्धा पूर्वक मानिसहरूले आध्यात्मिक एवम आत्मिक चिन्तन गरिआएको पाइन्छ, जसअन्तर्गत मठ, मन्दिर, गुम्बा, चैत्य अथवा धर्म अनुसार पूजा आराधना स्थल रहेका छन् । जेसुकै भएपनि पुजाआजा लगायतको चिन्तन युक्त कार्यले ध्यान केन्द्र जागरण गरेर मानिसलाई संयमी एवम नैतिक रुपमा वफादार तुल्याउछ ।

नागार्जुन देवतालाई “नङरौ” देवता भनेर प्रायः पूजा गरिदै आएको पाइन्छ । पाण्डव वंशका अर्जुन र उनका पुत्र प्रति नतमस्तक रुपमा नागार्जुन देवता को पूजा गरिदै आएको कुरा बुढापाकाहरू बताउँछन् जो शिव रुपमा पुजिन्छन ।

सम्झनामा पारिजातः कृतिको भूमिका

१. पूर्वसन्दर्भः
स्वर्गीय बुद्धिप्रसाद घिमिरेसँगको चिनाजानी मेरा लागि आधा शताब्दी जति पुरानो हो । मेरा दाजु प्रा. राजेन्द्रका सहपाठीका हैसियतले वनारसमा नवीन छात्रावासमा बस्ता हाम्रो कोठामा उहाँको आतेजाते चलिरहन्थ्यो । ठट्टा गर्ने स्वभाव भएको कारणले उहाँ मेरा पनि अनन्य र घनिष्ट अग्रज साथी हुन पुग्नुभो— ई.१९७० बनारसमा बढ्न बस्तादेखिकै कुरा हो ।
पछि म मदन पुस्तकालय काठामाडौंमा हुँदा पनि उहाँसँग भेट भइरहेकै थियो । म झापा आएपछि र अलिकपछि ता सहकर्मीका रुपमा समेत यहाँ उहाँको सान्निध्यता रहन गयो ।

वनवासका अनुभूतिः संक्षिप्त परिचय

वनवासका अनुभूतिहरुः संक्षिप्त परिचय

‘वनवासका अनुभूति’ नामक कविता कृतिका साथ कवि दुष्यन्त भट्टराई पछिल्लो चरणका सशक्त कविका रुपमा उदाएका छन् । श्री बुद्धिप्रसाद घिमिरेको छैंटौं पुण्यतिथिको छेक पारेर गरिएको ‘कोकप्रतिभा निकुञ्ज काव्यगोष्ठी’ को अवसरमा आधुनिक महाकवि रमेश खकुरेलद्वारा इलाममा १९ गते कार्तिकमा विमोचित उक्त कृतिमा ६ दर्जन कविताहरु समेटिएका छन् । छन्दअभियन्ता डा देवी नेपालद्वारा भूमिका लेखिएको र कविका पिताबाट शुभाशीर्वादका रुपमा लेखिएको अग्रअंश पछि लेखकको केही कथनका साथ कविताको क्रम सुरु भएको छ ।

साहित्यकार कृष्णविक्रम राणाको कुराकानीमा सहभागी हुँदा

२०७५ सालको लक्ष्मीपूजाका दिन (मिति २०७५ साल कार्तिक २१) लक्ष्मीस्मृति साहित्य समाज कावासोतीले महाकवि लक्ष्मीप्रसाद देवकोको जन्मजयन्ती मनाउने क्रममा भारतको पूर्वउत्तर असम डगिबोईका साहित्यकार कृष्णविक्रम राणा र देवीमाया सावकोटा साथै दुलियाजानका साहित्यकार महेन्द्र साहीलाई सम्मान गर्ने सुवर्ण मौका पायो । यसै अवसरमा कृष्णविक्रम राणाले मलाई उहाँको कृति ‘कुराकानी’ उपहार स्वरूप प्रदान गर्नुभयो । लगभग एक वर्षपछि पढ्ने समय जुर्यो । कृष्णविक्रम राणाको कर्मथलो डगिबोई भए पनि मातृथलो भने पर्वत जिल्ला नै रहेछ ।

20191102_PeshalAcharya-DrSumanKarmacharya

गरिबका डाक्टर, डा.सुमन कर्माचार्य

मानिसहरू यो धर्तीमा एक एकओटा कामले आएका हुन्छन् । काम विनाका मानिस कोही हुँदैनन् । जन्मिदै प्राप्त भएका कसैका सीपले, कसैका ज्ञानले र कसैकसैका असीम प्रतिभा शक्तिका कारण जीवनमा मानिस आफ्नो कर्तव्य निर्वाह गर्दै जाँदा संसारबाट जाने बेलामा आफूलाई अमरत्व बनाइसक्छ । संसारमा अमर व्यक्तित्वहरूको जीवनी बुझ्दा धेरथोर यो कुरा पत्तो पाइन्छ । उसो त संसारमा जति पनि मानिसहरूको आगमन हुन्छ तिनीहरूको आफ्नोआफ्नो ड्युटी हुन्छ । सो पूरा भएपछि मानिस महाप्रस्थानको यात्री बन्छ ।

सुरेन्द्र महर्जन अमरको २२औं कृति ”सरिता-२” सार्वजनिक

गीत, सङ्गीत, चित्र लेखनबाट निरन्तर तीन दशकभन्दा बढी समयदेखि नेपाली साहित्य, चित्रकारी, गायन र सङ्गीतमा समर्पित हुँदै आउनु भएको कवि, गीतकार एवं साहित्यकार सुरेन्द्र महर्जन अमरको २२औं कृति पाँच, सात र पाँच हरफबाट सृजना भएको सत्र अक्षरमा तयार हुने जापानी शैलीबाट सृजना हुने हाइकु जसमा भूत, भविष्य वर्तमानदेखि लिएर वातावरणसम्म अटाउने ब्याख्या गरेमा धेरैभन्दा धेरै कुरा एउटै सृजनामा भेट्न सकिने साहित्य विद्यामा हाइकु नामबाट प्रख्यात सुरेन्द्र महर्जनको बाइसौं कृति ‘सरिता-२’ हाइकु सङ्ग्रह ओएसनेपालको आयोजनामा ओएसनेपाल म्युजिक अवार्ड-२०७६मा एक समारोहबीच सार्वजनिक गरिएको छ ।

साधारण अध्यापकबाट महान् लेखक भएका प्रेमचन्द

गरिबीले मानिसलाई हृदयको गहन तलमा यात्रा गर्न सिकाउँछ, अभावले मानिसलाई अकाट्य पहाड चढ्न अराउँछ । विश्वका जति पनि महान् स्रष्टा, द्रष्टा, आविष्कारक, खोजकर्ता, अनुसन्धानकर्ता जति पनि छन् तिनमा सय कडा असी प्रतिशत अभाव, गरिबी र दुःखको भयानक बाटो छिचोलेर अगाडि बढेको पाइन्छ ।

हिन्दी साहित्य जगतका प्रेमचन्दको नाम यस लहरमा राख्न सकिन्छ । हिन्दी साहित्यमा प्रेमचन्दले दिएको योगदानलाई चानचुने आँक्न मिल्दैन ।

शुद्धता र मातृभाषा रक्षा : भाषिक आन्दोलन २

नेपाली भाषामा असचेत भाषिक मिश्रण तथा मातृभाषाको दोहनसँगै नेपालले मौलिकता र पहिचानलाई माटामा मिलाउँदै छ । आज विकासोन्मुख अवस्थामा भएकाले कमाइतर्फ ध्यान हुनु स्वाभाविक हो तर इतिहासलाई हेर्दा सम्पन्न मुलुकले भौतिक सम्पन्नताबाट असन्तुष्ट भएपश्चात् मौलिकतातर्फ ध्यान दिन थाल्छन् तबसम्ममा ढिलो भइसक्छ । इतिहास मात्र भेट्न सकिएला । नेपालले त्यस्तो दुर्भाग्य भोग्नु नपरोस् । बेलैमा सचेत बन्नुपर्छ । समृद्धि, भौतिक सम्पन्नतातर्फ पाइला त चालिसकेको छ तर भाषाको रक्षाको विषय मामुली मानिदा लापर्वाही भइरहेको छ ।

20191012_KumarSimkhada-Lekh

स्वेच्छाको गुलाफलाई केलाएर हेर्दा

डा. सङ्गीता स्वेच्छाको हस्ताक्षरसहितको कथा सङ्ग्रह “गुलाफसँगको प्रेम” हातमा छ । १६४ पृष्ठको यस पुस्तक झट्ट हेर्दा औसतको साइज र आकर्षक आवरणमा छ । यस लेखमा यही कथासङ्ग्रहमाथि छोटो समिक्षा प्रस्तुत गरिएको छ।

प्रकृतिलाई हिरा ठान्ने वर्डस्वर्थ

दैवी कृपा छिपेको छ अहा ! यो भद्र वायुमा
आकाशबाट जो चल्छ, चल्छ बादलबाट जो
हरिया धर्तीका फाँटबाट जो चल्छ मस्तले
गालामा सुम्सुम्याएर भित्री आनन्द दिन्छ यो

राममणि पोखरेलको भविष्यवाणी

२०७४ साल भाद्र २१ गते राममणि पोखरेलसँग पल्लव साहित्य प्रतिष्ठानको वृहत साहित्यिक कार्यक्रममा दोस्रो पटक साक्षत्कार हुने मौका मिल्यो । सप्रेम उपहार सहित ‘भविष्यवाणी’ कथासङ्ग्रह मेरो हातमा पर्यो । राममणिका पन्ध्रथान कृतिहरूमा १० थान कृतिहरू कथासङ्ग्रहका छन् । यी कथा कृतिहरूले उहाँलाई बरिष्ठ कथाकारको रूपमा स्थापित गरिसकेका छन् । उहाँ कथाकारमात्र नभई एउटा वरिष्ठ समाजसेवी पनि हुन्छ । समाज सेवामा समर्पित हुँदा जेलको यातना समेत भोग गरेको व्यक्तिको रूपमा उहाँको परिचय अगाडि आउँछ ।

लघुकथा रचना प्रकृया (अनुदित लेख)

सबैभन्दा पहिला कुनै रचनाले म भित्र कहिले अनि कसरी जन्म लियो ? जतिबेला म यो विषयमा सोच्छु त्यसबेला आफ्नै शिशु रूप आमासँग न्यानो ओछ्यानमा आरामसँग सुतिरहेको पाउँछु अनि आमाले बाल्यकालमा सुनाउनुभएका कथाहरू दिमागमा घुम्न थाल्छन् । सात भाइहरूकी एकमात्र बहिनी जात्रा हेर्न जानका लागि आफ्ना सातैवटी भाउजूहरूसँग छुट्टाछुट्टै पछ्यौरा माग्छे । कसैले पनि उसलाई पछ्यौरा दिंदैनन् । धेरै रोईकराई गरेपछि बल्ल एउटी भाउजूले उसलाई पछ्यौरा दिन्छे । जात्रामा पिङ खेल्ने क्रममा एउटा कागले उसको पछ्यौरामा बिष्ट्याइदिन्छ ।