वेदप्रसाद शर्मा ढकालज्यूको जीवन यात्रामा रमाउँदा
पिता स्व. प. होटराज ढकाल र माता स्व. उमादेवी ढकालका सुपुत्र श्रीवेदप्रसाद शर्मा ढकालको दोस्रो कृतिको विमोचन, महाकवि लक्ष्मीप्रदा देवकोटाको १११ औ जन्मजयन्तीको शुभ अवसरमा, यही २०७६ कार्तिक ९ गते शिव मा.वि.को सभाहलमा, प्रमुख अतिथि प्रदेशसभा सदस्य माननीय विष्णुप्रसाद लामिछाने ज्यूको करकमलबाट भव्यताको साथमा सुसम्पन्न भएको थियो । आज मैले सरसर्ती पढे र खुसी पनि लाग्यो ।

हे बालाजन हो पढो घरिघरी, विद्या छ अमृत सरी ।
संस्कृत साहित्यका महाकवि कालिदासको मूर्खताका बारेमा अनेकौँ रोचक किम्बदन्तीहरू छन् । उनी रुखमा चढेर रुखको हाँगो काट्दा टुप्पातिर बसेर फेदतिर बञ्चरो चलाउने गर्थे । यो तहको मूर्खता थियो उनमा ।
प्राचिन समयदेखि अहिलेसम्म हाम्रा धार्मिक महत्व बोकेका देवस्थलहरुमा विशेष पुजाआजा गर्दै श्रद्धा पूर्वक मानिसहरूले आध्यात्मिक एवम आत्मिक चिन्तन गरिआएको पाइन्छ, जसअन्तर्गत मठ, मन्दिर, गुम्बा, चैत्य अथवा धर्म अनुसार पूजा आराधना स्थल रहेका छन् । जेसुकै भएपनि पुजाआजा लगायतको चिन्तन युक्त कार्यले ध्यान केन्द्र जागरण गरेर मानिसलाई संयमी एवम नैतिक रुपमा वफादार तुल्याउछ ।
१. पूर्वसन्दर्भः
मानिसहरू यो धर्तीमा एक एकओटा कामले आएका हुन्छन् । काम विनाका मानिस कोही हुँदैनन् । जन्मिदै प्राप्त भएका कसैका सीपले, कसैका ज्ञानले र कसैकसैका असीम प्रतिभा शक्तिका कारण जीवनमा मानिस आफ्नो कर्तव्य निर्वाह गर्दै जाँदा संसारबाट जाने बेलामा आफूलाई अमरत्व बनाइसक्छ । संसारमा अमर व्यक्तित्वहरूको जीवनी बुझ्दा धेरथोर यो कुरा पत्तो पाइन्छ । उसो त संसारमा जति पनि मानिसहरूको आगमन हुन्छ तिनीहरूको आफ्नोआफ्नो ड्युटी हुन्छ । सो पूरा भएपछि मानिस महाप्रस्थानको यात्री बन्छ ।
सबैभन्दा पहिला कुनै रचनाले म भित्र कहिले अनि कसरी जन्म लियो ? जतिबेला म यो विषयमा सोच्छु त्यसबेला आफ्नै शिशु रूप आमासँग न्यानो ओछ्यानमा आरामसँग सुतिरहेको पाउँछु अनि आमाले बाल्यकालमा सुनाउनुभएका कथाहरू दिमागमा घुम्न थाल्छन् । सात भाइहरूकी एकमात्र बहिनी जात्रा हेर्न जानका लागि आफ्ना सातैवटी भाउजूहरूसँग छुट्टाछुट्टै पछ्यौरा माग्छे । कसैले पनि उसलाई पछ्यौरा दिंदैनन् । धेरै रोईकराई गरेपछि बल्ल एउटी भाउजूले उसलाई पछ्यौरा दिन्छे । जात्रामा पिङ खेल्ने क्रममा एउटा कागले उसको पछ्यौरामा बिष्ट्याइदिन्छ ।