नवलपरासीको कथाकारितामा इन्द्रेणी शर्माका कथाहरू एक विवेचना
नेपाली साहित्यमा नवलपरासी जिल्लाको योगदानलाई केलाएर हेर्दा, महाकाव्य, खण्डकाव्य, कथासङ्ग्रह, कविता, उपन्यास, निवन्ध, गजल, क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको देखिन्छ ।
साहित्यिक विधामा कथा पनि एक महत्वपूर्ण विधा हो तर कथा लेखनमा नवलपरासीको इतिहासलाई केलाउँदा त्यति पुरानो देखिदैन । २०५१ सालमा रामहरि अधिकारीले ‘अपशोच’ लिएर कृतिकारको रूपमा देखा पर्नु भयो । पुनः २०५५ सालमा उहाँ ‘बाबुको चेला’मा देखा पर्नु भयो ।

आधाजसो देशको अर्थतन्त्र रेमिट्यान्सले धानेको आजको समयमा बैदेशिक रोजगारलाई नकार्न त के यो बिनाको अवस्था कल्पनासम्म गर्न सकिन्न । अँझै हाम्रो जस्तो विकाशशिल मुलुकमा त बैदेशिक रोजगार एक मेरुदण्ड नै बनिसकेको छ । आज चाहेर या नचाहेर लग्भग हरेक परिवारका कम्सेकम एक सदस्य त देश बाहिरै छन् । दैनिक सयौँको संख्यामा बेरोजगार नेपाली युवाजत्था मनभरि उज्यालो भबिस्यको कल्पना, आँखाभरि बियोगको आँशु र झोलाभरिरहरको गुण्टा बोकेर अन्तराष्ट्रिय बिमानस्थलको बहिर्गमन बिभागमा लाम लागिरहेका हुन्छन् । रहर बाध्यता र मनभरि अनेक त्रास भए पनि आँखामा त्योभन्दा कहालीलाग्दो बियोगको बादल ती सबैका अनुहारमा प्रश्ट देख्न सकिन्छ ।
अमर न्यौपानेद्वारा लेखिएको सेतो धरती नामक उपन्यास २०६८ सालमा पहिलोपटक निस्किएको छ । यस उपन्यासमा विभिन्न शीर्षकहरू राखेर भागवण्डा गरिएका छन् । यस उपन्यासमा विभिन्न शीर्षकहरू राखेर लेखिएको हुँदा मलाई कथासङ्ग्रह जस्तो लाग्यो तर शुरुदेखि अन्त्यसम्म एउटै पात्रलाई उल्लेख गरेको हुँदा उपन्यास भनिएको हो कि जस्तो मलाई लाग्यो ।
२१ मर्चलाई विश्वभरी नै अन्तर्राष्ट्रिय कविता दिवस्का रुपमा मनाउने पराम्पराको थालनी भएको छ । साहित्यको सबैभन्दा जेठो विधा हो कविता ।
विश्व मानव सभ्यताकै निम्ति स्रष्टा अमृ्ल्य नीधि हो । स्रष्टाले नयाँ सृष्टि गर्छ । त्यसैले पनि ऊ अति नै महत्वपृ्र्ण व्यक्ति हो । संसारलाई हेर्न त सबैसँग यी छालाका दुई आँखा छन् । संसारको वास्तविकता र मान्छेको मनलाई हेर्न सक्ने हुनु नै स्रष्टा हुनु हो । यसो गर्न मनको आँखाबाट मात्र सम्भव छ । यस्तै मनका आँखाका धनी साहित्यकारको नाम हो-पुन्य कार्की । वि. सं.२०२७ साल भाद्र १८ गते उदयपुर जिल्लाको दुर्गम ठाउँ ताम्लिछा गाविस वडा नं. —२मा जन्मेका र हाल त्रियुगा नगरपालिका वडा नं. ७, मोतिगडा, उदयपुरमा स्थायी बसोबास गर्दै आएका साहित्यकार कार्की कलिलै उमेरमा साहित्यको महासागरमा पौडी खेल्न थालेका हुन् । अहिले उनी लेखन र शिक्षण कार्यमा संलग्न छन् ।