पुष्प अधिकारी अञ्जलिको ‘म कवितामा देश खोजी रहेको छु’ संक्षिप्त विवेचना
स्रष्टा जन्माउने स्रष्टाप्रति भावपूर्ण अभिवादन
गजलबाट माथि उठी कविताले पायो छादन
पश्चिम काली पूर्व मेची पुष्पजीको फूलबारी
कविताले खोजेको छ शान्ति-स्वस्ति वाद्यवादन
परिचय
स्व. पिता झपन बहादुर अधिकारी र माता देवकुमारी अधिकारीको पुत्ररत्न हुन पुष्प अधिकारी अञ्जलि । उनी एक यस्ता स्रष्टा हुन् जो आफै गजलकार, सम्पादक, हाइकुकार, मुक्तककार, निवन्धकार र कवि पनि तर यो भन्दा पनि माथी उनले साहित्य साधनमात्र गर्दैनन् नयाँ र युवा पुस्ताका युवायुवतीलाई साहित्य साधनमा सहभागी गराएर अभिपेरित गर्दछन् ।

चालीस वसन्त फुलाइरहँदा मैले अनेकन् मान्छेहरू भेट्टाएको छु । सानो मनको मान्छे म ठूलो पार्ने ध्याउन्नमा बेस्कन किचिन्छु । थिचिन्छु । कहिलेकाँही मुण्टो उठाएर हेर्छु, स्वार्थी संसारको एक पात्र आफूलाई भेट्छु । आफ्नै संसारलाई मतलव राखेन भने मुखमा माड नलाग्ने, मतलव राख्दा वैयक्तिक धरातल माथि उठ्न नसकिने अचम्भको लीलामा अल्झेको भेट्टाउँछु । मेरो सुझबुझले बुझेअनुसार मैले दुई ठाउँ एकै मनका मान्छे फेला पारेँ जो दुनियाँ पहिले सोचेर पछि आफूलाई सोच्दछन् । ‘हामी, हामी हुनुभन्दा पहिले नेपाली हौँ, त्यस पछि मात्र दुनियाँ थरी हौँ । नेपालीको कर्तव्य पूरा नगरी हामी भन्नुको तात्पर्य रहन्न । नेपाली बनी सकेपछि मात्र हामी कोही मधेसी बन्छौं, कोही पहाडी हुन्छौं र कोही हिमाली कहलिन्छौं । त्यसपछि मात्रै शेर्पा कहलिएलाऔं, मियाँ भनिएलाऔं ।’ भिन्न, भिन्न स्थान र समयमा दुबैको एक आवाज सुन्न पाउँदा म हर्षले चकित भएँ । मेरो पत्थर हृदय पुलकित भयो । ती दुई ग्रामीण महापुरुष हुन्– उदयपुर, मुर्कुचीका तेजनारायण शेर्पा ‘रञ्जन’ र सप्तरी, पडरियाका आसिन मियाँ ।
पत्र-पत्रिकाहरुको पानामा कहिं न कहिं कुनै न कुनै तरिकाबाट आत्महत्याको समाचारले ठाउँ ओगटेको पाइन्छ । एकप्रकारले मन्द विषसरी फैलिरहेको छ- हाम्रो समाजमा आत्महत्याको श्रृंखला । किन यसरी तिब्र गतिमा फैलिरहेको छ? यो सोचनीय र चिन्ताको विषय हो ।
नेपाली गजल साहित्यमा एउटा फरक शैलीको रूपमा चितवनका दुई प्रतिभाको एउटै कृति गजल सवाल–जवाफको सयुक्त सङ्ग्रह प्रकाशन हुनु चितवनको गजल इतिहासमा पहिलो कृति हो । यस कृतिले निश्चित रूपमा एउटा सकरात्मक सन्देश दिनेछ समाजलाई र गजलकारिताको क्षेत्रलाई मान्छेका मनहरू कसरी कहाँ रूपान्तरति हुन्छ त्यो समयको कुरा हो । मैले चिनेको यी दुई प्रतिभा गजलकारहरू रामकृष्ण पौडेल र फुच्ची जमुना नेपाली गजलका तिख्खर प्रतिभा हुन् । सृजनाको आगो बोकेर प्रत्येक गाउँ वस्तीहरूमा काव्यिक चेतना भर्न सक्ने यी प्रतिभाशाली गजलकारहरू संवेदनशील हुन् । अक्षर यात्राहरूमा र समयका पाउहरूलाई क्षतिपूर्ति दिनसक्ने सम्भावना छन् यी प्रतिभाहरूसँग ।
किताबको अगाडिपट्टिको गातामा छ- ठाँटसित कुर्सीमा बसेको, जाँच दिइरहेको विधार्थी झैँ कापीकलमसित पोज मिलाइरहेको अलि गम्भीर भावमुद्राको हरिवंश । हरिबहादुरलाई चिन्ने आम नेपालीले यो आवरणचित्रसँग त्यो हरिबहादुरलाई ‘रिलेट’ गर्न गाह्रै पर्छ । तर किताबको ब्याककभरमा आइपुग्दा जेन्टलम्यान हरिवंशलाई उट्पट्यांग हरिबहादुरले प्रतिस्थापित गरिदिएको छ । र नै उही लुगा, उही लोकेसन र उही समयमा खिचेको भएपनि ब्याककभरको फोटोमा त्यही एलियन लाग्ने जेन्टलम्यान सबै नेपालीले अपनत्व महसुस गर्नसक्ने छट्टु नम्बर एकमा कायाकल्प भएको छ । तर रिल लाइफका उरण्ठेउला चरित्रहरूको जबर्जस्त छापले गर्दा जतिखेरसुकै उनीबाट उरण्ठेउलोपन मात्रै खोज्ने हामी दर्शकहरूले रियल लाइफमा उनी कति जेन्टलम्यान छन् र हाँसोको वरदान पाएर पनि जीवनमा कति पीडाहरू पिएका छन् भन्ने थाहा पाउन एकचोटी उनको पाठक पनि बनेर यो आत्मकथालाई पर्गेल्नैपर्छ ।
नेपाली राजनीतिका युगपुरुष, प्रजातान्त्रिक समाजवादका अग्रणी एवम नेपाली साहित्यका मूर्धन्य व्यक्तिको बारेमा लेखिएको यो महाकाव्यले नेपाल तथा अन्तर्राष्ट्रिय राजनीति प्रजातान्त्रिक समाजवाद दलगत तथा निर्दलीयता आदि विविधतालाई समेट्दै नवलपरासीको नारी हस्ताक्षरको प्रथम महाकाव्य र प्रथम महाकवयित्री, नेपाली साहित्यमा संलग्न महाकवयित्रीमध्येमा पञ्चम स्थान ओगट्न सफल हुनुहुन्छ कृष्णाजी ।
१. प्रारम्भिकीः परिवृत
डिल्लीबजार बीच भागमा एउटा पुरानो बंगला किसिमको सेतो घर छ । त्यहाँ घर छेउको खोपामा गणेशजीको मन्दिर छ । बाहिरपट्टि पर्खाल लगाइएको छ । तलपट्टि चार वटा कोठा छन । एउटा कोठा भित्र लामो स्टेचरमा सिरानी अग्लो हालेर सुतिरहेको एक जीवित ब्याक्तित्व देखिनु भएको छ । स्टेचर बेडमा सुतिरहेको अग्लो शिरानी हालेको खाना खाँदा छातीमा रुमाल बिछाइ बिस्तारै हातले खाने कोल्टे फेर्न पनि नसक्ने उठेर बस्न पनि नसक्ने । कही जादा पनि खाटैसँग बोकेर बाहिर कसैले लग्नु पर्ने । शारिरिक अबस्था अत्यन्त जटिल देखिन्छ । शिथिल थियो शरीर तर मन थियो बिजुली जस्तो जतातौ उज्यालो पार्ने ।
ईजरायल भूमिको पहिलो पाईलासँगै यो भूमिमा मगमगाइरहेका नेपाली साहित्यिक र साँगितिक फूलहरू चुम्ने सुबर्ण मौका पाउँदै आएको छु । यसै क्रममा सांगितिक कोशेली “ईशारा” स्वयम रचयिता लक्ष्मी अनुरागीद्वारा प्राप्त गरेको थिएँ । आजसम्म बिबिध कारण मैले आफ्नो श्रोता हुनुको धर्म निभाउन नपाउँदा आफैलाई खल्लो लागिरहेको अवस्थामा आज दुई शब्द ढिलै भए नि शुभकामना बिस्तार गरिदिएँ ।
मानिस जन्मनु र मर्नु र नियति नै हो । जन्मेको मानिस एकदिन यस संसारलाई छोडेर सदाको लागि विलय हुनु यस ब्रम्हाण्डको रित हो । यसको खिलाफ कोही पनि जान सक्दैन र भविष्यमा पनि जाने छैन । यदि कोही गइहाल्यो भने त्यो मानिस नभई ईश्वर हुनेछ ।