जीवनमा कलाको आवश्यकता
जीवन कलायुक्त हुनुपर्छ । कलाविहीन हुनु मानव हुनुबाट बञ्चित हुनु हो । भनिन्छ, शिव सर्वकलाले सम्पन्न थिए, कृष्ण पनि सोह्र कलाले सम्पन्न थिए साथै राम समेत केही कलाले युक्त थिए । आजका हामी मान्छे कलाकारितामा विश्वास नराख्ने भुल गरिरहेका छौँ । खालि धनोपार्जनमा ध्यान लगाइरहेका छौँ । कलाले धन मात्र उपार्जन गर्दैन, जीवको धरोहर समेत निर्माण गर्दछ । अतः कलाको सम्मान हुनुपर्छ । सानो काम भनेर तुच्छरूपमा लिने सोचको विपक्षमा नउभिई हामी जीवनवोध गर्न सक्दैनौँ । हामीमा के–कस्ता कला छन् र के–कस्ता कामकाजको सम्मान गर्न सक्नुपर्छ भन्ने कुराको आभाष दिन र लिन व्यवहारोपयोगी जम्मा चौसठ्ठी वटा त्यस्ता कलाको अध्ययनमनन र चिन्तन आवश्यक हुन्छ ।

नेपाली समाजमा नागलाई पूजा गर्ने चलन परापूर्वकालदेखि चलिआएको छ, हरेक वर्षो साउन शुक्लपक्ष पञ्चमीलाई हामी हिन्दू धर्मालम्बीहरूले नाग पञ्चमीको रूपमा नागको प्रतिविम्ब (चित्र) लाई भित्तामा टाँसेर पूजा गर्ने गर्दछौं, नागका अष्टकुल अर्थात् अनन्त, बासुकी, पद्म, महापद्यम, तक्षक, कुलीर र कर्कट र शङ्ख नागको चित्र टाँस्नाले त्यस्तो घरमा चट्याङ नपर्ने तथा आगो र सर्पको भय र विपत्ति हुँदैन भन्ने जनविश्वास रहिआएको पाइन्छ ।
मेरा प्रिय आत्मन्,
नेपाल विविध भाषाभाषी, जातजाति, भेषभूषा, चालचलन र संस्कृति भएको मुलुक हो । मुलुकका हरेक जनतालाई बराबरी हकअधिकार हुनुपर्छ । राज्यले कसैलाई काखा र कसैलाई पाखा गर्न मिल्दैन । सबैले यो मेरो पनि राष्ट्र हो, म पनि यही देसको नागरिक हुँ भन्ने गौरव प्राप्त गर्नुपर्छ । समतामा आधारित समाज भएमा त्यसले आर्थिक विकासमा जोर्नीको काम गर्न सक्छ । जनताबीच भाइचाराको सम्बन्ध स्थापना भए मात्र सोचेजस्तो अग्रगति प्राप्त गर्न सकिन्छ । अर्कातिर वातावरण र जलवायु परिवर्तनका विषयले मानव समाजमा प्रत्यक्ष एवम् परोक्ष प्रभाव पारिराखेको हुन्छ । सबै नागरिकले वातावरण, जलवायु परिवर्तन र आर्थिक विकास बारे जानकारी पाउनुपर्छ ।