गङ्गा पौडेलको दशैंको दक्षिणा नियाल्दा
परिचय
बि.सं. २०११ भदौ २० गते दाङसिङ, दहथुम गा. वि. स. श्याङ्जामा जन्मनु भएकी श्रीमती गंगा पौडेलको ‘दशैको दक्षिणा’ बाल उपन्यास लक्ष्मीस्मृति साहित्य समाज नवलपरासीलाई उपहार स्वरूप प्रंदान गर्नु भएकोमा यस पंक्तिकार तथा लक्ष्मीस्मृति साहित्य समाजको तर्फबाट धन्यवाद दिन्छु । श्रीमती गंगा पौडेलको ओजु र डाँफे काव्य पढ्न र केही शब्द कोर्ने अवसर प्राप्त भएको थियो । त्यो काव्यको अध्ययनले मलाई गङ्गाजीको बाल साहित्यप्रतिको लेखनशैलीमा निकै आकर्षित पारेको थियो । आज मेरो हातमा ‘दशैको दक्षिणा ’ (बाल उपन्यास) छ र यसलाई मैले रमाई रमाई पढिरहेको छु । यो बाल उपन्यास ३० पृष्ठको छ । शब्दार्थ प्रकाशन काठमाण्डौले प्रकाशन गरेको यो कृतिको मूल्य रु ४०/- राखिएको छ । आज एक पटक ओजु र डाँफे बालकाव्यलाई सम्झन मन लाग्यो र त्यसमा साहित्यकार दैवज्ञराज नौपानेज्यूले -श्याबास कवियित्री गंगा पौडयालज्यू भन्दै लेख्नुहुन्छ -‘बाल साहित्य त्यसै लेखेर मात्रै हुँदैन, बाल मनोविज्ञान, बालभाव पनि जान्नु आवश्यक छ ।

हिन्दु नारीहरूको लागि महान अनि पबित्र चाड हो तीज, ! जुन हरितालिका नामले पनि प्रशिद्ध छ। हरेक बर्ष घुम्दै समयको चक्रसँगै यस पाली पनि अखण्ड सुहाग र पतिको अटल दिर्घायु तथा सु-स्वास्थ्यको लागि साथै आफ्नो सन्तानको दिर्घायु सु-स्वास्थ्य र सफलताको कामना गर्न हरेक हिन्दु नारीको मन मस्तिष्क र घर आगनमा पुर्वबाट प्रभातका लालीले चिहाए झै चिहाइसकेको छ यो बर्ष पनि ।
शरण आँसु अक्षरको पाठशालालाई भावनाको रसायनले सिंगार्ने कुशल शब्दकर्मी हुन् । एक सय चौवीस पृष्ठमा अठ्चालीस कविताको आयतन देखाउने ‘असमय’ शरण आँसुको गद्य कविताको रुपाकृति हो । नौ थरी आभार तथा कृतज्ञताका सुस्केरा बिसाए पनि यो कविता सङ्ग्रह नयाँ यात्रामा अघि बढेको नौ कोस टाढासम्म सुनिने शब्द गुञ्जनले मनोहारी बनेको छ । निरर्थकतालाई चाल्दै मनको मझेरीमा उभिएर पाठकको अदालततिर ध्यान दिने शरण आँसु काव्य साधनाको चौतारो चिन्न सिपालु रहेको पुष्टि असमयले गर्छ ।
म जे कुरामाथि कलम उठाइरहेको छु, वास्तवमा यस विषयको म जिज्ञासु विद्यार्थी मात्र हुँ । मैले यसकारण यो विषयमा कलम चलाएको हुँ कि, कोही यस विषयको ज्ञाताको पनि यतातिर ध्यानाकर्षणहोस । कुरा साहित्यिक पत्रिकाहरूको वारेमा हो । अहिले सरकारी साहित्यिक पत्रिकाहरूमा मधुपर्क (२०२५) गरिमा, समष्टि आदि छन् । यी पत्रिकाहरूमा विशिष्ट विद्धानहरूको लेख रचनालाई प्राथामिकता दिई छापिन्छ । र उचित पारिश्रमिक पनि लेखकलाई दिइन्छ । अन्य गैर सरकारी साहित्यिक पत्रिकाहरूमा रचना (२०१८) अभिव्यक्ति (२०२७) नेपाली, भानु, शब्द संयोजन, वेदना, शारदा, रश्मी, जुहि, जनमत, मिरमिरे, फित्कौली, वनिता, कल्पतरु, शिवपुरी सन्देश, कौशिकि, पल्लव आदि छन् । यी सबैको वारेमा व्याख्या गर्दा ठुलै ठेली तयार हुन जाने भएकोले अहिले उत्कृष्ट मध्येको एक द्वैमासिक पत्रिका अभिव्यक्ति को वारेमा मात्र छोटो चिनारी गराउनु यो लेख को मुख्य आशय रहेको छ । उल्लेखित साहित्यिक पत्रिकाहरूले आज संम जसोतसो आफ्नो अस्तीत्व वचाउन सकेका छन् ।
“यसैले आज मलाई तिमीले खुसी गरायौ भने निश्चय नै तिम्री आमा खुसी हुनेछिन् । बाबु मलाई खुसी गराऊ । तिम्रो शरणमा आएँ भन्दै पहिले कसिलो अंगालोमा बाधिन् मलाई र वात्यल्यपूर्ण तरिकाले चुम्बन गर्दै मेरा अंगप्रत्यइगमा सुमसुम्याउन थालिन । तर, बिडम्बना निमेषभरमै त्यो वात्सल्यमय ममता परिवर्तन भई वासनामय बनिसकेको पनि मलाई ख्यालै भएन । उनले अत्यन्त शीघ्र यति कामकुशलताको सिप प्रयोग गरिन् कि, त्यसबेला मैले क्षणभरमै उनलाई ममतामयी माताको दर्जाबाट तुरुन्त हटाई कामकुशलताले निपुण सुन्दरीका रुपमा उपभोग गर्न विवश भए ।”
जति छन् विधुवा बाला यिन्कै आत्मा वृत्तान्त हो
विलियम हार्भले सन् १६१६तिर प्राणीमा रक्त प्रवाह हुन्छ भन्ने तथ्य पत्ता लगाएका थिए भने सन् १८१८मा बेलायतका डा. जेम्स् ल्वेन्डले मर्न लागेको एक बिरामीलाई मानिसको रगत संचार गराउने प्रयास गरे । सन् १९००मा अष्ट्रियाका डा. कार्ल लेन्डस्टेनरले A, B, C, रक्त समुह हुन्छ भन्ने पत्ता लगाए भने सन् १९१४मा बेल्जियमका डा. हस्टिनले रगतलाई शरीर बाहिर बोटलमा सोडियम साइटेट रसायनको सहायताले नजम्ने गरी रगत राख्ने तरिका पत्ता लगाएका थिए ।
कवयित्री झाका कविता सिर्जनाको भावभूमि भनेकै वर्तमान युगको चरम विसङ्गति, अतृप्ति, छटपटी र किंकर्तव्यविमूढता हो । उनका अधिकांश कविताले वर्तमान बोकेका छन्, विगतलाई झपारेका छन् र भविष्यलाई खबरदारी गरेका छन् । मानिसले भूतबाट पाठ सिक्दै एवम् समुनन्त भविष्य बनाउने आशावादी सोचका साथ वर्तमान समयको भरमग्धुर उपभोग गर्नुपर्छ । उनका धेरै जसो कविताले यसै भन्छन् । उनी हावामा महल ठड्याउँदिनन् । खोक्रो आदर्शको पछि दगुर्दिनन् । तर, समाजका कुरूप पाटाहरूलाई सर्वाङ्ग नग्न बनाउन समेत छाड्दिनन् । उनका कवितामा कोमल, करुण र हृदयस्पर्शी भाव पनि आएका छन् । खरा, दह्रा र मनमस्तिष्कमा आँधीबेहरी ल्याउने खालका विद्रोही स्वरहरू पनि परेका छन् । कतै काँचो शैली छ, कतै पाको शैली छ ।