साँचो विकास सहकारीबाट सम्भव
इतिहासका पानाहरू पल्टाउँदा समाजका विभिन्न क्षेत्र र पक्षमा देखिएका समस्याहरूमध्ये प्रायः ठूलोबाट होइन, सानैबाट झाङ्गिएर क्रमशः विशाल भएका देखिन्छन् । चाहे राष्ट्रिय समस्या वा सामाजिक/सामूहिक तथा पारिवारिक समस्या नै किन नहोऊन्– तिनको जड प्रायः सानोबाट सुरु भई क्रमशः विशाल रूप लिँदै ध्वंस–विध्वंसको स्थितिसम्म पुग्ने गरेका देखिन्छन् । यसरी समस्याले सानोबाट पदार्पण गरेर ठूलो रूप लिँदै धेरै किसिमका गम्भीर क्षतिहरू व्यहोर्नु परेको छ । विकासका हकमा भने सरकारको अनुदारवादी चरित्र र जनताको अनुत्तरदायी व्यवहार नै बाधकका रूपमा देखिएको छ । नेपालमा विकास सहकार्यबाट सम्भव छ । अर्को शब्दमा भन्नुपर्दा मिलेर काम गर्नु नै सहकारी हो र यसैबाट विकासले ठोस गोरेटो पक्रन सक्ने आधारहरू छन् ।

एक पटक मैले कतै लेखेको थिएँ– ‘वास्तवमे असल साहित्य मस्तिष्कके मसी सँ नहि लिखल जाइत अछि, हृदयके मसी सँ लिखल जाइत अछि । हृदयमे मसि सञ्चित करैल पैघ, त्याग आ तपस्या चाही । लिखव कहिक नहि लिखाइबला आ नहि लिखब कहियौ क कतौ न कतौ सँ प्रष्फुटित होइबला चिज थिक– साहित्य । साहित्यसाधक जेजेहेन जीवन भोगने अछि, जे चिजमे अपना भिजल अछि आ जे सँ अपनके छुवाएल अछि, ओकरे हुबहु लिपीवद्ध करैत अछि । एना करैत काल कतौ अपने आपके चरम आनन्दमे पहुचेलाह बात आवसकेत अछि । कतौ नहि निक सँ बिझायल बातसभ व्यक्त होब सकैत अछि । साधक स्रष्टा मात्रे नहि भक जीवन आ जगत्के द्रष्टा सेहो होब जायत अछि ।’ यत्तिखेर म यहीँ टुङ्गोमा पुगेको छु ।
श्रेष्ठ समनश्रीबाट सम्पादित तथा बर्दियाली साहित्य मञ्चबाट प्रकाशित “बर्दियाली प्रतिनिधि गजल” संयुक्त गजल संग्रह भर्खरै सार्वजनिक भएको छ । संग्रहमा बर्दियाका ५ जना नारी सहित १६ जना गजलस्रष्टाहरूको ४८ वटा उत्कृष्ट गजलहरू ८४ पृष्ठमा संग्रहित छन् ।
गौरीमा धक फुकाएर वेदना पोख्ने कवि काठमाडौँ खाल्डोमा आएपछि जन्मथलो लम्जुङ्मा उनका पैतालाका डोबहरू मेटिइसकेछन् । आजभोलि उनको सुगन्ध लमजुङ्को पाखा पखेराबाट विस्तारै मेटिँदै रहेछ । उनले पौरख गरी स्थापना गर्न सहयोग पुर्याएको विद्यालय लम्जुङ उच्च मा.वि. आज पनि गाउँसहरको डाँडामा ती विगतका सम्झनाका थुङ्गाहरू जम्मा पारी माला उन्ने तरखरमा लागेछ । उनका छन्दहरूलाई गद्यमा रमाउने लम्जुङ्वासीहरूको यो पुस्ताले कितावमा मात्र सिमित बनाएछ ।
नेपालमा जाने भूकम्प ज्वालामुखी विस्फोटनको प्रभावबाट प्रभावित नभएर बरु यहाँको सतह नमिलेको अस्थिर जमीनको कारणबाट हुने गर्छ किनभने भू–निर्माणमा कान्छो पर्वतमाला हिमाली क्षेत्रलाई मानिन्छ । त्यसैले यसको उत्थान क्रम अझै जारी भएकाले नमिलेको सतहमा दबाब परेकाले समय–समयमा यस क्षेत्रको भित्री भागमा कम्पन पैदा हुन्छ । भूगर्मशास्त्रका अनुसन्धान अनुसार हिमाली क्षेत्र एक करोड वर्षमा झन्डै एक सय किलोमिटर जति दक्षिणमा खस्किएको छ ।
न्याय वा इन्साफ भन्नाले विवादास्पद विषयमा भए गरेको निर्णयबाट पक्षको सन्दर्भमा निस्कने परिणामलाई जनाउद छ भने अन्याय भन्नाले न्याय विरुद्धको काम वा इन्साफको प्रतिकूल भए गरेको काम कुरा अर्थात अनुचित कामलाई जनाउछ ।
न श्रीमतीको माया न सालीको प्यार ।
वि.सं. २०३० सालमा उदयपुर जिल्लामा जन्मेर २०४७ सालदेखि राजविराज (सप्तरी)लाई कर्मक्षेत्र बनाएर जीवनरथ हाँकिरहेका नन्दलाल आचार्य मूलत शिक्षण र लेखन कार्यमा संलग्न साधक हुन् । – उनको ‘युग उचाल्ने अक्षरकर्मीको अवसान’ (०६७) प्रकाशित नाट्यकृति हो । ‘टुक्के दिदी र उखाने दाइ’ (बालएकाङ्की सङ्ग्रह) समेत प्रेसमा रहेको देखिन्छ । नाटक/एकाङ्कीकार नन्दलाल आचार्यका नाट्यगत विशेषताका वारेमा समीक्षक रामविक्रम थापाको कलम बोलेको छ – ‘२०६३ – २०६६ मा सिर्जित र २०६४ – २०६७ मा शब्दाङ्कुर, दायित्व, मधुपर्क, गरिमा, मिर्मिरे र कलममा प्रकाशित ९ ओटा र अप्रकाशित ६ ओटागरी कूल १५ ओटा नाटक/एकाङ्की सङ्गृहीत सद्य प्रकाशित ‘युग उचाल्ने अक्षरकर्मीको अवसान’ आचार्यको प्रथम पुस्तकाकार कृति हो र नेपाली साहित्यको नाटक विधामा उनको सार्थक र सशक्त उपस्थिति पनि हो । प्रथम पाइला नै ऊध्र्वगामी भएकाले नाटक विधामा यिनलाई उदीयमान प्रतिभा नभनी सुखै छैन ।