म अमिवा
जुन दिन म बुद्ध एअरको विमान चढेर आकाशमा केही हजार फीटमाथि मात्र उडेको थिएँ, त्यो क्षण मलाई परम सूक्ष्मताको बोध भयो । मान्छे बिशाल, महान र शक्तिशाली प्राणी हो भन्ने अहम् बिस्तारै धुलिसात हुँदैगयो । जब आकासबाट धर्तितिर हेरेँ, मान्छे घ्यू कमिलाजत्रो देखेँ, खेतमा जोतिरहेका गोरुहरूलाई ढ्याङ्ग्रे कमिला जत्रो देखेँ, सडकमा गुडिरहेका मोटरगाडीलाई बन साङ्ला जत्रो देखेँ । त्यो क्षण मैले माथिबाटै हात्ती देखेको भए ठुलो मुसो अथवा बिरालो भन्दा ठूलो देख्ने थिइनँ होला; त्यस घडीबाट म पृथ्वीको कति सानो प्राणी रहेछु, आफ्नो आकार को सूक्ष्मता बोध भयो ।

परिचय
भनिन्छ संसारमा सबैभन्दा चोखो उमेरमा लाएको माया प्रीति हो रे, तर आज भोली मायाप्रीति विद्यालय र विश्व विद्यालयका अल्लारे नानी बाबुहरूको कब्जामा पर्न थालेपछि उतिबेलाको परिभाषा बदनाम हुदै गएको छ l यसमा प्रमुख भूमिका निभाएको छ पश्चिमी संस्कृति तथा मल्टिमिडीया मोबाइलले l
हिन्दु धर्मावलम्वीहरूको महान चाड दशैं नेपालीहरूको र आँगनमा भित्रिन लागेको । गाँउदेखि शहरसम्म क्रमिक रुपमा दशैंको चहलपहल सुरु हुन थालिसकेको छ । सबै जना यति बेला यसपालीको दशैं कसरी मनाउने भन्ने योजना बनाउन थालिसकेका छन । अनि बिदेशिएकाहरू पनि दशैंमा घर फर्कनकै लागि यतिबेलादेखि नै सामानहरू पोको पार्दै होलान् । बालबालिकाहरू दशैंको टिका लगाउन मामाघर जाने दिनको प्रतिक्षामा हातका औलाहरू गन्न थालिसकेका छन । किसान मजदुर अफिसर लगायतका सबै जना यति बेला दशैंका लागि जोहो गर्न थालिसकेका छन ।
हिन्दु नेपाली नारीहरू तीज पर्वलाई बिषेश महत्वका साथ मनाउने गर्दछन । धार्मिक विश्वास, मान्यता र परम्पराको आधारमा नारीहरू आफ्नो पतिको सुख, समृद्धि, सु–स्वास्थ्य र दिर्घायुको कामना गर्दै व्रत बसी पूजा आराधाना र नाचगानका साथ यो चाड मनाउने गर्दछन । तीजमा अधिकांश हिन्दु नेपाली नारीहरू आफ्नो सौभाग्यको कामना गर्दै अन्नपात र फलफूल मात्र होईन, शुद्ध पानी समेत मुखमा नहाली निराहार व्रत बस्ने गर्दछन । धर्म, सँस्कृति र परम्पराप्रति कट्टर आस्था, विश्वास र भरोसा राख्ने स्वाभिमानी चेलीहरू शरीरलाई सास्ती दिएर भोक–भोकै सकि नसकि व्रत बसी पतिप्रतिको भक्तिभाव र गुनगान सधैँ भगवानसँग पुकारी रहनछन । बिशेषत, बुढापाका र कन्याकेटीहरूका लागि भन्दा पनि विवाह गरेर पराई घर गएका चेलीहरूका लागि तीजको छुट्टै महत्व रहेको पाईन्छ ।
तीज फेरि आयो । मलाई मन पर्ने पर्वमा तिहारपछि तीज प्रमुख हो । मैले कहिल्यै भगवानजस्तो पति पाऊँ भनेर व्रत बसिन । तर रमाइलोको लागि बस्थेँ बिहे पहिले पनि कहिलेकाहीँ । बिहेपछि भने परदेश नलागुन्जेल नियमित बस्ने गर्थेँ । परदेशिएका यता केही साल भने अलग धर्मी, अलग बातावरण र परिवेशका कारण नियमित हुन सकेको छैन । जुनाबेला म व्रत बस्थेँ । त्यो पनि भगवानलाई खुशी तुल्याउन या त्यसबाट पतिको आयु लम्ब्याउन पटक्कै होइन । म पूर्ण आस्तिक हुँ तर मान्छेको कष्टसाध्य कर्मले भगवान प्रसन्न हुनुहुन्छ भन्नेमा मैले तबबाट विश्वाश गरिन जबदेखि म केही बुझ्ने भएँ ।