Skip to content

हाइकु

Extra….

तिम्रो हेराई
निदाउने कोठामा
Extra… ।

तृर्खा कि तृष्णा
अनिन्दो पहाडको
प्यासी सपना ।

समय चिन्ह
प्राचीनता झझल्को
युग ऐनामा ।

मौन छ मान्छे
अस्तब्यस्त शहर
ऐ काठमांडू ।

निर्धाको मन
लुटिएकै छ धन
पापी संसार ।

केहि हाइकुहरु


सुन्दर फुल
ओइल्याइ झेरेछ
रोयो भमरा ।


आँखा उघार
तिम्रो प्रतिक्षामा छु
तिम्रो समुने ।


बेदना मेरो
बुझ्ने तिमी नै थियौ
छोडेर गयौ ।


हरायौ कतै
यता उता डुल्दैछु
तिम्रै खोजिमा ।

३ हाईकु

१)खुकुरि भन्दा
कर्द धारिलो देखेँ
यस्तो नि हुन्छ ?

२)रात कालो कि?
नियत कालो थियो
मैले बुझिन ।

३)सुर्यास्त पछि
भ्यागुता कराएको
कि नेता पो हो?

तोयानाथ पौडेल
सँखुवासभा तामाफोक
हाल- मरुभुमिको छाति बाट

केही हाइकु

प्यास मनको
बगरको छ बाटो
एक्लो म यात्री

कालो त्यो छिद्र
सलबलाएको छ
गोमन सर्प

हाम्रो संस्कार
निमन्त्रणा भोजको
ढोकामा ताल्चा

शान्ति सन्देश
पृथ्वी नै हल्लाउने
वमको त्रास

देश गरिब
अनौठो नीति
नेता अमिर