हाम्रो देश
स्वर्गभन्दा प्यारो
भन्छन् सबै
कहाँ छ देश
थाहा पाइन मैले
अहिलेसम्म
भोकमरीमा
गरिबी, अभावमा
खै कतै छैन
सीमान्तकृत म
यो देशले आफ्नो
कहिले भन्यो ?
फेरि मलाई
यो मेरो देश भनी
भन्दिनु छैन /
फगत यस्ता
राष्ट्रभक्तिको गीत
गाउनु छैन
शुभलक्ष्मी प्रभा
मकवानपुर
