(१)
मायाको मोल हुने भए तराजुमा जोखिदिन्थे
बेहोशीमा तरल हुँदै नयनबाट पोखिदिन्थे
समयको गतिसङ्गै छायाजस्तै बिते जीवन
उन्कुक्तभै सक्ने भए मृत्युलाई रोकिदिन्थे ।
(२)
पग्लिएर आसु झर्छन भेटिन खै मन छुने
दु:ख सुख भोगाइहरू सबै त्यसै मरे हुने
भाग्यले नी त्यसै ठग्यो एक्लो यो उमेरसङ्गै
जिन्दगीको जोडघटाऊमा को नै छ र रुने ।।
(३)
छटपटी र उकुसमुकुस भए सबै जलाई दिनु
छातीभरि दुख्ने घाऊ भए सबै मलाई दिनु
सारहीन जिन्दगीमा बेमौसममा साझ पर्यो
त्यति भए पुग्छ मलाई कुनै आरोप नलाई दिनु ।।
बिमल गिरी
चारपाने झापा,
हाल – ब्रसेल्स बेल्जियम ।
