मातृचिन्ता
उसका पिताको ता निकै अघि निधन भइसकेको थियो माताजी मात्र हुनुहुन्थ्यो त्यो पनि लगभग अपाहिज जस्तो । यसैले उसलाई माताजीको सेवा सुश्रूषामा निकै समस्या हुने गरेको थियो । ख्वाइप्याइ, सरसफाइ, दिसापिसाप आदि गराउनु पथ्र्याे । यसैले उसको परिवारमा आमा निकै तनाव दिने विषय बन्नु भएको थियो । निकै पटक वृद्धाश्रममा लाने योजना पनि नगरेको होइन तर किन हो उसले यसो गरिरहेको थिएन । आमाको रेखदेख गर्नका लगि उसकी श्रीमती ता थिइन् तर तिनको सानो काखे नानी थियो यसैले उनले आमाको सेवामा समय दिन धेरै पाउन्नथिन् ।

मसित एउटा अनौठो स्वभाव छ । केही कुरा नलुकाउने आफ्नो बारे जो कोहीलाई परिचय भैसकेपछि सबै कुरा भनिदिने । कतिपय मानिसमा अँझ धेरैमा नै भनौ आफ्नो बारे अरूलाई सितिमिति नखुलाउने बानी हुन्छ । मेरो बाबा आमाको देन नै हुनुपर्छ, मैले आजसम्म ढाटन जानीन र यो उमेरसम्म कसैलाई केही नढाटेर जिन्दगी काट्दै आएको छु । मलाई सादगी स्वभाव ल्याई दिनु भएकोमा म आजन्म मेरा आदरणीय आमा बाबा प्रति हृदयदेखि नै नतमस्तक रहनेछु ।
ॐ त्रियम्बकं यजामहे, सुगन्धिं पुष्टिवर्धनं
एक दिन एउटी आमाले आफ्नो सानो छोरालाई लिएर मन्दिर जाँदै थिइन् । उनीहरू मन्दिरतिर जाँदै गर्दा बाटोमा सिंगमरमरबाट बनाइएको सिंह देखे । जब बच्चाले सिंह देख्यो, ऊ डराएर रुन लाग्यो । तव उसकी आमाले बच्चालाई सोधिन् –”बाबु तिमी किन रोएको ? ”
झिल्को ५: न्याय
यात्रा आरम्भदेखि नै भत्कोस लागेको थियो । धरान बसपार्कमा अहिले जस्तो सिसी क्यामेरा थिएन र प्रहरीहरू अहिले जस्तो सकृय थिएनन् । पहाडबाट आएको गाडी देख्ना साथ ट्यापे, जगल्टेहरूले यात्रुलाई बोकेरै लगेर काठमान्डौ जाने गाडीमा कोचौँला जस्तो गर्थे । तानातानबिचमा मरेर साई यातायातको टिकट काटियो . निकै बार्गेनीङ गरेर ४ नम्बर सिटको टिकट पाईयो । गाडी चढ्न जाँदा पो थाहा भयो क, ख, ग, घ अनि अ, आ, ई, ई पछि मात्र १-२-३ नम्बर सिट प्लानिङ रहेछ । अथवा भनौ म गाडीको पछाडिको सिटमा परेँ । काठमान्डौ नगई नभएको थियो ‘मरोस’ भन्दै सिटमा गएर बसेँ ।
त्यो बेला (३५वर्षपूर्व) आजको जस्तो सञ्चारको सुविधा थिएन । मोबाइलको त के कुरा टेलिफोन (सेट) पनि सदरमुकामको दूर सञ्चार (हालको टेलिकम)मा मात्र थियो । अति जरूरी पर्दा मात्र अक्षरगन्तीले पैसा तिरेर आकाशवाणी गर्नु पर्थ्यो । फेसबुक, इमेल र इन्टर्नेटको कुरा त सपनामा पनि सोचिएकै थिएन । सञ्चार माध्यमको एक मात्र सहारा हुलाक नै थियो । हुलाकबाटै चिठी र पत्रपत्रिकाहरू आदानप्रदान हुन्थे । दूरीका आधारमा हुलाकबाट चिठी पुग्न स्वदेशमै पनि १५ दिनदेखि एक महिनासम्म लाग्ने गर्थ्यो । यो कुरा आजका भाइ–बैनीहरूलाई एकादेशको, उहिलेको कथा जस्तो लाग्ला ! तर यो हाम्रै देशको कथा मात्र होइन, यथार्थ कुरा हो ।
झल्याँस्स ब्युझिएँ । अहो, कस्तो बिचित्रको सपना ! कुनै टेलिशॢङखलाको एकै भाग दिननुदिन दोहोरिएजस्तो किन सधैं एउटै सपना देख्दैछु ? यो कस्तो संकेत हो ? शुभ य अशुभ? अनि त्यो रातो डायरी ? के हो या के होइन त्यो? आखिर कहाँ छ त्यो रातो डायरी ?
“खै आफ्नो मान्छे ? के अरुकै कुरा मात्र सुन्ने ? अरुकै लागि मात्र गर्ने ? खै आफ्ना लागि केही गर्न नपाउने ? यसकारण आज नितान्त एक्लो छु म । भगवान् कति पुकार्नु । आज एलियनलाई पुकारेको छु । यहाँका मान्छेबाट म आजित भइसकेको छु । त्यसैले तिमीलाई पुकारेँ ।
आफ्नो घरमा बडाे मजाले बसेका पालिएका एक जाेडी कुकुर बेलाबेला भुक्थे र घरकाे सुरक्षा गर्थे । आफ्ना घरकाे राम्रो सुरक्षा गरिरहेकाेमा तिनकाे मालिक पनि खुसी थियाे । बेला बेला खान मिल्थ्याे । घर मालिकबाट उनीहरुले राम्रो माया पाएका थिए।
त्यसबेला अहिलेको जस्तो कम्प्युटर पत्रकारिताको जमाना थिएन । लेटर प्रेसमा समाचार बनाउँन कहिले साता दिन त कहिले पन्ध्रौं दिन लाग्थ्यो । उसले विचरा किशोरवयदेखि नै दुःख गर्यो । पत्रकारितालाई उसले रोजेको थियो –आफ्नै गाउँका एकजना सम्पादकको प्रेरणाले । तिनी स्थानीय जागरण नामक साप्ताहिक पत्रिकाका सम्पादक थिए । सफा सेता पतलुनका कमेजसुरुवाल अनि अनुहारै देखिने गरी पालिस दलेका छालाका जुत्तालगाएर फ्रेन्चकट दारी चट्ट मिलाएर काटेपछि तिनी सन् सतरीको दसकका हिन्दी सिनेमाका विनोद मेहराजस्ता देखिन्थे । हो, तिनै सम्पादकको व्यक्तित्वको रोलमोडल देखेर उसले नौ कक्षा पढ्दादेखि नै ऊ एउटा स्थानीय पत्रिकाको सम्वाददाता भएर काम सिकेको थियो ।