Skip to content

कथा

मातृचिन्ता

उसका पिताको ता निकै अघि निधन भइसकेको थियो माताजी मात्र हुनुहुन्थ्यो त्यो पनि लगभग अपाहिज जस्तो । यसैले उसलाई माताजीको सेवा सुश्रूषामा निकै समस्या हुने गरेको थियो । ख्वाइप्याइ, सरसफाइ, दिसापिसाप आदि गराउनु पथ्र्याे । यसैले उसको परिवारमा आमा निकै तनाव दिने विषय बन्नु भएको थियो । निकै पटक वृद्धाश्रममा लाने योजना पनि नगरेको होइन तर किन हो उसले यसो गरिरहेको थिएन । आमाको रेखदेख गर्नका लगि उसकी श्रीमती ता थिइन् तर तिनको सानो काखे नानी थियो यसैले उनले आमाको सेवामा समय दिन धेरै पाउन्नथिन् ।

आस्था मिल्दैमा के हुन्छ र ?

मसित एउटा अनौठो स्वभाव छ । केही कुरा नलुकाउने आफ्नो बारे जो कोहीलाई परिचय भैसकेपछि सबै कुरा भनिदिने । कतिपय मानिसमा अँझ धेरैमा नै भनौ आफ्नो बारे अरूलाई सितिमिति नखुलाउने बानी हुन्छ । मेरो बाबा आमाको देन नै हुनुपर्छ, मैले आजसम्म ढाटन जानीन र यो उमेरसम्म कसैलाई केही नढाटेर जिन्दगी काट्दै आएको छु । मलाई सादगी स्वभाव ल्याई दिनु भएकोमा म आजन्म मेरा आदरणीय आमा बाबा प्रति हृदयदेखि नै नतमस्तक रहनेछु ।

सोह्र सोमबारको व्रत

ॐ त्रियम्बकं यजामहे, सुगन्धिं पुष्टिवर्धनं
उर्वारुकमिव बन्धनान् मृत्योर्मोक्षीय मामृतात्…

प्राचिन कालमा शिव पार्वती घुमफिर गर्नको लागि एक दिन बाहिर निस्किए । बाहिर बाटोमा एउटा शिवालय देखी र त्यही गए धेरै समय त्यहीं बास बसे। त्यहाँ शिवपार्वतीले पासा खेल्न थाले । पासा खेलिरहेको बेलामा त्यहाँको पुजारी आइपुगे । पार्वतीले पुजारीलाई सोधिन- हामी बीच कस्को जीत होला।

आमा र छोरा

एक दिन एउटी आमाले आफ्नो सानो छोरालाई लिएर मन्दिर जाँदै थिइन् । उनीहरू मन्दिरतिर जाँदै गर्दा बाटोमा सिंगमरमरबाट बनाइएको सिंह देखे । जब बच्चाले सिंह देख्यो, ऊ डराएर रुन लाग्यो । तव उसकी आमाले बच्चालाई सोधिन् –”बाबु तिमी किन रोएको ? ”

बच्चाले भन्यो –”आमा ! मैले दुईवटा सिंह देखेँ, उनीहरूले मलाई खान्छन भन्ने डर लागिरहेको छ ।”

आमाले भन्छिन् –”हैन छोरा यी सिंहहरू त पत्थरका हुन्, यिनीहरूले तिमीलाई थोरै केही गर्न सक्छन् ?!”

त्रास

पहिलो भेटः
वषौंपछि अनायास भेट भयो । उत्साहले हामी रेस्टुरेन्टमा पस्यौं । पुराना गफगाफमै हाम्रो समय बित्यो । त्यस दिन दुवैलाई अलि हतार थियो । अन्तमा हामी बाइकमा बस्यौं । स्टाट गर्नु अधि उनले बडो प्यारपूर्वक भनिन्, “चिनजान पनि हुन्छ, घरसम्मै जाऊँ है ।”

अधुरो प्रेम

अक्सर कता कता भौतारिने मन आज चरा जस्तै भुर्‍र भुर्‍र उड्न खोज्दै छ ।लाग्छ मनमा नयाँ पखेटा पलाएका छन र त मलाई उडाउन खोज्दै छन् त्यो माथीको फराकिलो आकाश तिर ।ए कता हराको उता बाट दिदि बोल्नु भयो ।निद्राबाट झल्यास्स बिउँझेझैं मैले मौनतामा बिना उत्तर दिदिको प्रश्नलाई टुङ्गो लगाए ।तैंले पनि थाहा पाइसकेको रहेछ्स ल म त गए अनि मनलाई सम्हालेर बस्नु है । दिदिका मुखबाट निस्केका शब्दहरु त्यति बुझ्नलाइ सजिला थिएनन् तर मैले बेवास्ता गरे र आफ्नै मनतर्फ फर्के । दिदि हिडेको बाटोतिर नजर घुमाउदा दिदिको छाया सम्म पहिचानमा आएन ।पाइलाका प्रत्येक ट्याक ट्याकमा धुलो उडाउने त्यो गोरेटो आज शून्य थियो । लाग्थ्यो हश्राशु

अस्मिता (अनूदित लघुकथा)

सयौँ आँखाहरूको अगाडि उनको अस्मिता निर्दयतापुर्वक लुटिँदै थियो।

ती महिलाको शरीर निर्धक्कसँग निर्वस्त्र गरियो।

एउटा अनौठो कथा

यात्रा आरम्भदेखि नै भत्कोस लागेको थियो । धरान बसपार्कमा अहिले जस्तो सिसी क्यामेरा थिएन र प्रहरीहरू अहिले जस्तो सकृय थिएनन् । पहाडबाट आएको गाडी देख्ना साथ ट्यापे, जगल्टेहरूले यात्रुलाई बोकेरै लगेर काठमान्डौ जाने गाडीमा कोचौँला जस्तो गर्थे । तानातानबिचमा मरेर साई यातायातको टिकट काटियो . निकै बार्गेनीङ गरेर ४ नम्बर सिटको टिकट पाईयो । गाडी चढ्न जाँदा पो थाहा भयो क, ख, ग, घ अनि अ, आ, ई, ई पछि मात्र १-२-३ नम्बर सिट प्लानिङ रहेछ । अथवा भनौ म गाडीको पछाडिको सिटमा परेँ । काठमान्डौ नगई नभएको थियो ‘मरोस’ भन्दै सिटमा गएर बसेँ ।

त्यो बेलाको पत्रमित्रता

त्यो बेला (३५वर्षपूर्व) आजको जस्तो सञ्चारको सुविधा थिएन । मोबाइलको त के कुरा टेलिफोन (सेट) पनि सदरमुकामको दूर सञ्चार (हालको टेलिकम)मा मात्र थियो । अति जरूरी पर्दा मात्र अक्षरगन्तीले पैसा तिरेर आकाशवाणी गर्नु पर्थ्यो । फेसबुक, इमेल र इन्टर्नेटको कुरा त सपनामा पनि सोचिएकै थिएन । सञ्चार माध्यमको एक मात्र सहारा हुलाक नै थियो । हुलाकबाटै चिठी र पत्रपत्रिकाहरू आदानप्रदान हुन्थे । दूरीका आधारमा हुलाकबाट चिठी पुग्न स्वदेशमै पनि १५ दिनदेखि एक महिनासम्म लाग्ने गर्थ्यो । यो कुरा आजका भाइ–बैनीहरूलाई एकादेशको, उहिलेको कथा जस्तो लाग्ला ! तर यो हाम्रै देशको कथा मात्र होइन, यथार्थ कुरा हो ।

P

सपना, बल्छीयुद्ध र रातो डायरी

झल्याँस्स ब्युझिएँ । अहो, कस्तो बिचित्रको सपना ! कुनै टेलिशॢङखलाको एकै भाग दिननुदिन दोहोरिएजस्तो किन सधैं एउटै सपना देख्दैछु ? यो कस्तो संकेत हो ? शुभ य अशुभ? अनि त्यो रातो डायरी ? के हो या के होइन त्यो? आखिर कहाँ छ त्यो रातो डायरी ?

यसरी हरेक प्रभातमा म असिनपसिन भएर ओछ्यानमा ब्यूँझिएको हुन्थे। सम्झन्थेँ – कुनै रातो डायरी पढिरहेको बेला उनीहरू आउने, मलाई लखेट्ने, पक्डिने, त्यो डायरीलाई जलाइदिने, मलाई कुट्ने, र लछार्ने पछार्ने ।

उसको सपना (लघु कथा)

“खै आफ्नो मान्छे ? के अरुकै कुरा मात्र सुन्ने ? अरुकै लागि मात्र गर्ने ? खै आफ्ना लागि केही गर्न नपाउने ? यसकारण आज नितान्त एक्लो छु म । भगवान् कति पुकार्नु । आज एलियनलाई पुकारेको छु । यहाँका मान्छेबाट म आजित भइसकेको छु । त्यसैले तिमीलाई पुकारेँ ।

तिमीलाई यो पत्र लेखिरहेको छु । यो पत्र त लेखेँ तर तिमीसम्म पुग्यो कि पुगेन कसरी थाहा पाउने ? तिमीलाई कसरी भेट्ने ? तिम्रो ग्रह हाम्रो पृथ्वीभन्दा विकसित होला । तिमी यहाँ भएका अन्याय, अत्याचार, गरिबीलाई परास्त गर्न अवश्य सघाउन आऊ । तिम्रो त्यो सुपर पावर यो धर्तीमा देखाइदेऊ ।”

समय चक्र –

”छक्का……”
लालिगुराँश होटल को दोस्रो तल्लामा छक्का भनेको आवाज तल भुइसम्म सुनिदै छ !
‘यि थरी बालाई जुवा खेल्न तिहार आउनु परेन, फेरि कहिल्यै हार्दैनन बुडा बरदान नै पाएका छन जुवामा ‘
सन्तोशले मतिर हेर्दै भन्यो,
‘पैसावालाले खेल्छन नि चुपो लागेर समोसा खा न’ मैले सुझाएँ
खाल उठेछ बुढा र अरु चार पाँच जना खुत्रुक खुत्रुक भर्याङबाट ओर्लिए ।

बेला बितिसकेछ

आफ्नो घरमा बडाे मजाले बसेका पालिएका एक जाेडी कुकुर बेलाबेला भुक्थे र घरकाे सुरक्षा गर्थे । आफ्ना घरकाे राम्रो सुरक्षा गरिरहेकाेमा तिनकाे मालिक पनि खुसी थियाे । बेला बेला खान मिल्थ्याे । घर मालिकबाट उनीहरुले राम्रो माया पाएका थिए।
समयक्रममा तिनीहरुकाे एक छाउराे जन्म्याे । छाउरो पनि राम्रो गरी हुर्कन थाल्यो । एक दिन उसले बाहिर सडकमा हल्लीखल्ली गर्ने भु्सियाहरु देखेर अामालाइ अाफु पनि बाहिर जान पाए हुने कुरा गर्याे ।

वेलकम (लघुकथा)

उसले ट्रेकिङ गाइडको काम गर्थ्यो । एकदिन ऊ निकै खुसी भयो किनकि उसले एउटी एक्ली सुन्दरी कुइरेनीलाई ट्रेकिङमा लान पाउने भएको थियो ।

बेसक्याम्पमा पुगेपछि उसले गर्न हुने नहुने कार्य सबै उनै सुन्दरी कुइरेनी मारियासँग गर्यो । ऊसँगै घरजम गर्ने सपना देख्न थाल्यो । तर उनीहरूको संस्कृति अनुसार मारियालाई माया प्रेम केही परेको थिएन ।

कालो बिरालो (लघुकथा)

पूर्वी नेपालको कुनै एक जिल्लामा अङ्ग्रेजी माध्यममा शिक्षण गर्ने सामुदायिक विद्यालयका प्राथमिक शिक्षकहरूका लागि आयोजना गरिएको छ दिने प्रशिक्षण कार्यक्रमको समापनपश्चात कार्यक्रम स्थलबाट यसो बाहिर निस्केर के हिँडदै थिएँ, केही अगाडि एक सभा हल जस्तो देखिने एक भवनको वरिपरि मानिसहरूको जमात देखियो।

जिल्ला सम्वाददाता

त्यसबेला अहिलेको जस्तो कम्प्युटर पत्रकारिताको जमाना थिएन । लेटर प्रेसमा समाचार बनाउँन कहिले साता दिन त कहिले पन्ध्रौं दिन लाग्थ्यो । उसले विचरा किशोरवयदेखि नै दुःख गर्यो । पत्रकारितालाई उसले रोजेको थियो –आफ्नै गाउँका एकजना सम्पादकको प्रेरणाले । तिनी स्थानीय जागरण नामक साप्ताहिक पत्रिकाका सम्पादक थिए । सफा सेता पतलुनका कमेजसुरुवाल अनि अनुहारै देखिने गरी पालिस दलेका छालाका जुत्तालगाएर फ्रेन्चकट दारी चट्ट मिलाएर काटेपछि तिनी सन् सतरीको दसकका हिन्दी सिनेमाका विनोद मेहराजस्ता देखिन्थे । हो, तिनै सम्पादकको व्यक्तित्वको रोलमोडल देखेर उसले नौ कक्षा पढ्दादेखि नै ऊ एउटा स्थानीय पत्रिकाको सम्वाददाता भएर काम सिकेको थियो ।

घोगेकाे सपना

पुलिसले डन्ठा लगाउँदै घोगेलाई सोध्यो – “ए साले, किन चोरिस् ?”

घोगे निरुत्तर रह्यो । रोयो मात्र । उत्तर के देओस् !

घोगे थियो त्यसको नाम । जस्तो भाते खाते वा अरु यस्तै यस्तै नामहरु त्यहाँ काम गर्ने अरुअरु केटाहरूले होटलबाट नाम पाउँछन् । यसले पनि त्यो घोगे नाम उसले होटलबाटै पाएको थियो । बाबु–आमा हुनेहरूले पो न्वारान गरिदिन्छन् र नाम राख्छन् । त्यो फुटपाथमा उम्रिएको तितेपातीको कहाँ बाबु र कहाँ आमा ! कसरी हुक्र्यो, कसको के पथ्र्यो, कहिले जन्म्यो ? त्यो उसैका लागि शून्य छ ।

लेखापालको मन

हजुरबा लेखापाल र उसको बाबु पनि लेखापाल । लोक सेवा आयोगको परीक्षा पास गरेर पैतृक पेशामा प्रवेश गरेको ऊ पनि तेस्रो पुस्ताको आधुनिक लेखापाल । खोजी गरेन र हेरेन पनि उसले । काकाले खोजेकी र उनैले हेरेकी (रोजेकी) केटीसित विवाह गर्यो लेखापालले । अर्कैले छापिदिएको विवाहको निमन्त्रणा–कार्ड पनि हेर्न नभ्याउँदा नवविवाहित पत्नीको नामसम्म थाहा भएन उसलाई ।

चामे बुढाकाे दिनचर्या

पचासी वर्षबाट उकालो लागे पनि सुख छैन चामे बूढालाई । न गौंथलीलाई नै सुख छ । बूढा भएर पनि चामे आफ्नै घरबारीको काममा लाग्छन् । गौंथली उही चुलो धन्दा, उही भाँडाबर्तन, उही पँधेरोपानी र उही गाईवस्तुको कुँडोपानी आदिमा सकिनसकी लागिरहेकी नै छिन् । धेरै गाईवस्तु हेर्न नसकिने भएर यिनीहरुले चलाए । भैंसी ता उहिलेदेखि नै पाल्न छाडेका हुन् । एक माउ गाई र एक हल गोरु पाल्नै पर्छ गाउँमा घरगृहस्थी गरेपछि । ट्वाकलमा परेवा छन् ।