Skip to content

कथा

पाँचसय रुपियाँ

अछाम बसाइँको क्रममै थिएँ । शिक्षण पेशामा लागेको पनि धेरै भएको थिएन । त्यस्तै तीन चार वर्षजति पुग्दै थियो । शिक्षक संगठनको कार्यक्रमको सिलसिलामा अछाम सदरमुकाम मंगलसैन जाने मौका जुरेको थियो । शिक्षक संगठनको नयाँ कार्यसमितिको चयन गर्नुपर्ने थियो । पुरानो कार्यसमितिको दुई वर्षे कार्यकाल समाप्त भइसकेको थियो । कार्यक्रम बन्दसत्र गरेर जम्मा दुई दिनसम्म चल्ने थियो ।

द्वन्द्व र जैविक आवश्यक्ता

जीवित बस्तुमा आवश्यकता अनगिन्ती छन् । ती आवश्यक्ता पूर्तिको लागि मानिसमात्र नभएर पशुपंक्षी लता–वृक्ष सबै प्रयत्नशील रहेको पाइन्छ । एकाधिकारको लागि पनि सबै लडिरहेका हुन्छन् । आन्तरिक र बाह्य द्वन्द्वले पनि अधिकार नै खोजिरहेको हुन्छ र आफ्नै आवश्यक्तालाई प्राथमिकता दिइरहेको हुन्छ । अधिकारको लागि एकले अर्काको नाश पनि चाहेको हुन्छ । बास्तवमा अधिकारको खोजी गर्दा आफ्नो अधिकार लिंदा अर्काको अधिकारको हनन् हुन हुँदैन तर यो संसारमा यी वाक्य भने केवल दर्शन दिंदामात्र लागु हुन्छन् व्यवहारमा हैन ।

भग्नावशेष घरको थुप्रोमा लुकेका कथाहरू

भत्किएर भग्नावशेष भएको थुप्रोमाथि ठिङ्ग उभिएर मेरी सानी छोरीले मलाई सोधी -” बाबा अब हामी कहा बस्ने ?”
पसिनाले लुथ्रुक्क भिजेको पुरानो मजेत्रोले मुख पुछ्दै गरेकी जहानको मुखमा हेरेर मैले सानी छोरीको जवाफ खोजे l छोरीले एकनासले त्यही प्रश्न दोहोराइरहेकी थिई l आँखाबाट बलिन्द्र धारा आँशु चुहाउदै जहानले आफ्ना आँखा नजानिँदो पाराले मेरो आँखामा जुधाएर छोरीको त्यही प्रश्नको उत्तर माग मसँगै गरेको अनुभूतिले मलाई बेस्सरी चिमाट्यो l म नाजवाफ भएर मुन्टो निहुराएरआफ्नै मनसँग भित्रभित्र रोइरहे l

मेरो डायरी को पुर्ण रुप

क्याम्पसबाट निस्किनासाथ उकालो बाटो । बिहानको कलेज सकेर निस्कदा उसै त भोकले लखतरान भइन्छ त्यहा माथि जेस्ठको दिन । धनकुटामा माटो नै बल्ला झै घाम लागेको छ । एउटा झोलामा केही किताब र कपि छन म सधै झै हतार हतार गेट बाहिर निस्किएर हाईवे क्रस गर्छु र सिँढी चढ्न थाल्छु।

बिचतिर पुग्दा एक कलेज ड्रेस लाएकी केटी बसिरहेकी हुन्छिन । म अचम्ममा पर्छु त्यो साँघुरो गल्लीमा उनी किन बसेकी होलिन मनमा प्रश्न उब्जिन्छ । मैले सोधेँ के भयो मिस किन बिच बाटोमा बस्नुभयो ?

IndraKumarShresthaSarit

जून फुलेको रात

बुङमती क्षेत्रमा निर्माणधिन संयुक्त आवास गृहहरूका प्रत्येक कार्यालयहरूमा उसले चहारेको यो दोश्रो पटक हो । तर जति बिन्तीभाउ गरे पनि आज पनि हात लाग्य शून्य नै । कहीं कतैबाट एउटा पनि विज्ञापनको जोहो हुन सकेन । दिनभरिको मिहिनेतस्वरुप सुका मोहरसमेत उठेन । भोक, तिर्खा र थकानले चुर भएर ऊ रत्नपार्क आउने गाडीमा चढ्यो । उसले झट्ट सम्झ्यो —वागबजारका स्टेशनरी पसलका पुनचा साहुले सानो भए पनि विज्ञापन दिन्छु भनेको थिए, हजार रुपैयामात्रैको बिज्ञापन दिए पनि आज दिनभरिको शास्ति अलिकति त कम हुन्थ्यो कि ?

निर्णय (लघुकथा)

कुनै समय तीर्थ यात्रामा निस्केको हाँसको जोडी हिंड्दा हिंड्दै कुनै निर्जन, सुनसान र अत्यन्तै उजाड मरुभूमिमा पुग्दा रात परेछ र एउटा सानो रुख मुन्तिर हाँसको जोडीले रात कटाउने निर्णय गरेछन् । रातमा एउटा लाटोकोसेरो (उल्लु) आएर त्यै रुखमा बसेर रातभर चिच्याएर हाँसको जोडीलाई निदाउनै दिएन ।

डायरीबाट

क्याम्पसबाट निस्किनासाथ उकालो बाटो । बिहानको कलेज सकेर निस्कदा उसै त भोकले लखतरान भइन्छ त्यहा माथि जेस्ठको दिन । धनकुटामा माटो नै बल्ला झै घाम लागेको छ । एउटा झोलामा केही किताब र कपि छन म सधै झै हतार हतार गेट बाहिर निस्किएर हाईवे क्रस गर्छु र सिँढी चढ्न थाल्छु।

बिचतिर पुग्दा एक कलेज ड्रेस लाएकी केटी बसिरहेकी हुन्छिन । म अचम्ममा पर्छु त्यो साँघुरो गल्लीमा उनी किन बसेकी होलिन मनमा प्रश्न उब्जिन्छ । मैले सोधेँ के भयो मिस किन बिच बाटोमा बस्नुभयो ?

पुरान

पुरान नलगाई दिई नहुने अठोटमा पुगे भण्डारीजी ।

सँगैको छिमेकीले पुरान लगाएपछि कहलिएका पण्डित र उनका मण्डलीहरुले सजधज पारिएको पुरान लगाएर टोलै हल्लाएपछि भण्डारीको घरमा पनि उनकी बाहुनीले कचकच गर्न थालेकी थिइन् । कचकच बढेर गएको थियो ।

धार

काम खोज्दै हिँड्ने क्रममा एक युवक शहरको एउटा फर्निचर उधोगमा पुगेछ । उधोगका साहुले उसलाई जंगलका राम्रा र सुरिला रुखहरू काटेर ढलाउने काममा लगाउन राजी भएछन् । त्यसका लागि एउटा बन्चरो युवकको हातमा राखिदिंदै साहुले भनेछन्- एकहप्ता तिम्रो काम हेर्छु, राम्रो काम गर्न सक्यौ भने तिम्रो नोकरी पक्का ।

पाल

लोग्नेले गाडीबाट हजार रुपैयाँ पर्ने पाल निकालेको देखेर सभासदकी स्वास्नीले सोधी–‘लौ यो एउटामात्र पाल बोकेर किन आउँनु भएको ? त्यतिका मानिस घरबार बिहीन भएर बसेका ठाउँमा कति जनालाई बाँड्नु एउटा जाबो पाल ?’

‘बाँड्न ल्याएको हो त ?’–लोग्ने झर्कियो ।

काउली

यो टोलका घरमा डेरा सरेपछि उमेशका लागि दुईवटा कुराले उत्सुकता पैदा गरेका छन्— एउटा उत्सुकता पैदा गराउने विषय हो— टोलमा साँझ पर्नासाथ चल्ने बाफिलो धुवाँ र अर्काे हो घरपतिकी नोकर्नी । दिउसो भरि मान्छेहरुको उपस्थिति कम देखिने यस टोलमा साँझ पर्नपर्न लागेपछि निकै बाक्लो उपस्थिति हुन थाल्छ । उसलाई यो पनि उत्सुकताको विषय हो । सम्झन्छ—अघिसम्म यी मान्छेहरु कहाँ थिए र के गर्थे ? यी को होलान् र यहाँ किन जल्याङमल्याङ गर्छन् बेलुकापख ? उसमा उठेको यो उत्सुकता उसले सकैसँग प्रश्न नगरी समन भयो । अर्थात् उसको यो उत्सुकतालाई उमेशले आफ्नै अध्ययन र अनुसन्धानबाट शान्त गर्यो ।

असारे विकास

दुर्गम जिल्लाको एउटा विकट गाउँ । यही विकट गाउँको अकर पहरो फोरेर बाटो खन्ने र मोटर गुडाउँने जनचाहना । वडा नागरिक मञ्च हुँदै गाउँ परिषद्बाट सडक निर्माणको योजना पारित् । इलाका स्तरीय योजना तर्जुमा गोष्ठीबाट पास भएर जिल्ला परिषद्बाट पनि पारित् । जिल्लाबाट मन्त्रालय हुँदै राष्ट्रिय योजना आयोगको रातो किताबभित्र उक्त सडक निर्माण योजना ।

क्रस फायर: वेब फिक्सन्

मानिस कहिले काँहि पछुताउँछ । आफ्नो कर्तव्यबाट च्युत हुन्छ । जानेर वा नजानेर । त्यसले कसैलाई नराम्रो गरोस् भन्ने मनसाय नभए पनि गल्ती हुन्छ । सफलताको नजिकै पुगेकाहरूलाई सोच्न समय हुन्न । मनमा उठेको पहिलो कामलाई नै पहिलो कर्तव्य सोच्छ । त्यही भयो गएको गृष्ममा ।

हातमा क्यानन्को सि-१०० क्यामेरा बोकेको छु । दाँयाकुममा कुनै फाल्तु कविको जस्तो फाटिनसकेको कपडाको झोला झुण्डाएको छु । त्यसभित्र केही थान नोट बुक, कलम, कण्डमका प्याकेट, ३ ४ चुरोट बाँकी भएको मार्लबोरोको प्याकेट, २ ओटा क्यासेट, र सोध्नु पर्ने प्रश्नको लामो धरो ।

राहत

कोही सामान्य पिलपिले प्लाष्टिकलाई पाल बनाएर र कोही त्यतिकै घाम पानी झेल्दै पाँच दिनदेखि धोबीखोलाको किनारमा बिल्लिबाठ भै रहेका भूकम्प पीडितहरूको लर्को हेर्दै चुपचाप अघि बढेका सभासद जसै खोलाको एउटा किनारको लर्के छिचोलेर अर्को किनार पुगे, अर्को किनारपटी उसै गरेर बसिरहेका पीडितहरूमध्येबाट एउटाले सभासदलाई चिनेर करायो–‘सभासदज्यू आउँनु भो सभासद ज्यू’ र उसले सभासदलाई अभिवादन गर्न पनि भ्यायो ।

गर्भको शिशुको डायरी

अक्टोबर ५
आज मेरो जीवनको आरम्भ भयो । मेरो बाबा आमालाई मेरो अस्तित्व बारे अहिलेसम्म थाहा छैन, अहिले म मकैको दाना सरह सानो छु, तर सानै भए नि म नै हु । र म एउटी छोरी हुनेछु, मेरो कालो कपाल र निलो आँखा हुनेछ । म फूल मनपराउने छु, आफ्नी आमा झैँ म सुन्दर हुनेछु ।

यात्रा

‘कुनै बेला, जब समय थिएन, ब्रह्माण्डको जन्म भयो’ –‘र त्यही प्रक्रियाअन्तर्गत निहारिकाहरू जन्मे, आकाशगङ्गा जन्म्यो, सौर्य परिवार जन्म्यो, पृथ्वी जन्मी । पृथ्वीमा जीवनहरुको जन्म भयो । मान्छे प्रजातिहरुको जन्म भयो । म जन्में । यदि म सय वर्ष बाँचे भनें, जुन मान्छेको पूर्ण आयु मानिन्छ…’

‘सूर्यलाई पृथ्वीले १०० पल्ट परिक्रमा गर्ने अवधि ।’ मान्छे निर्मित मान्छे मानिमाले टिप्पणी गर्यो । गिगो विहीन ।

EkDevPandey

अमेरिका

१२ को परिक्षा दिइसकेपछि वुवाले भन्नुभएको थियो–“छोरा, अब तिमी अमेरिका जाऊ । उतै अन्कलसँग बसेर पढ । देशको हालत यस्तै छ । म अन्कंलसँग कुरा गरिदिउला ।“

त्यतिवेला अमेरिका सपनाको देश थियो । अहिले पनि नभएको होइन । नाउँ सुन्दै जिउँ फुरुङ्ग हुने देशमा जान पाउने अवसरलाई लत्याउदै मैले यसो भनेको थिए–“देशको हालत त ठिक छैन वुवा तर यदि हामी पढे लेखेका सबै मान्छेहरू युरोप अमेरिका भनेर कुद्यौ भने आखिर कोनै आएर ठिक बनाइदिन्छ त ? उताका मान्छेहरूले आएर त पक्कै बनाइदिदैनन् होला । त्यसैले वुवा म जति दु:ख गर्नुपर्छ यही गर्छु । देश राम्रो भयो भने हामी सबैलाई राम्रो हुन्छ ।”

फायर थेरापी

कुनै बेलाको कुरा हो । यो बेला र त्यो बेला भनेर कुरा नकोट्याऊँ । त त्यो कुनै बेलाको कुरा हो । त्यस कुनै बेलासँग सम्बन्धित यस कथाको तारतम्यभित्रको देश भनेपछि नेपालकै नाम लिए पनि भइहाल्छ । अँ त्यस समयदेखि अघिदेखि नै देशै हल्लाएको र देशकै व्यवस्था उल्टाउने पल्टाउने, तोड्ने मोड्ने, देशका मूर्धन्यहरुलाई नै बस् भने बस र उठ् भने उठ् गर्न सक्ने, अनि सारा समाजै हल्लाउने उचाल्ने अथवा पछार्ने ता नभनौ क्यारे तै जे भनौ त्यही गर्न सक्ने अपार क्षमता भएको नेताको लामो र निकै लामो समयदेखि अस्पतालमा बास हुन सक्छ । अस्पताल पनि के भन्ने र पाँच तारेको बास हुन सक्छ भने पनि भो । आफूले लगाएका जुवानहरुले सोहोरेको वा आर्जन गरेको श्रीसम्पत्तिबाट लगानी गरी खोलिएको जनसेवाअस्पताल । जनतको नेता भएकोले जनसेवा नाम राखिएको हुनुपर्छ । तर त्यसभित्र भोगविलासका सामग्रीहरुको पौल भएकोले पाँचतारे (ताराहरुको संख्या थप गर्न त्यहाँ दिइने सुविधा र ऐश आरामको स्थितिलाई हेरेर ग्रेडिग गर्ने हो भने यसलाई सात आठ तारे भने पनि हुने हो, तर अहिले पाँचतारे भनिराखौ हैं) अस्पतालमा उहाँको बास हुन सक्छ ।

जालो

जाजरकोटको सीमानामा पाईला राख्नासाथ एउटा नयाँ स्वरले मलाई चेतवनी दिदै भन्यो–‘सावधान ! मनुवा, तिम्रो पाईला अनधिकृतरुपले हाम्रो राज्यमा नपरोस् ।’

मलाई अचम्मित बनायो, आजसम्म बिल्कुलै नसुनिएको स्वरले मलाई त्यो पनि मेरै देश भित्र उसको राज्य रहेको चेतावनी दिएकामा । अनि मैले कडा लवजमा सोधे–‘हाम्रो देशको सम्विधानले आफूलाई नेपाली मान्ने, नेपाली भन्ने र नेपाली ठान्ने जो कसैलाई नेपालको जुनसुकै स्थानमा आवत जावत गर्ने, सम्पति खरिद बिक्रि गर्ने र बसोबास गर्न पाउँने स्वतन्त्रता दिएको छ अनि तिमी को हौ ? र मलाई रोक्ने ?’

युग ब्यूँझेको सन्देश

प्रात तथा सन्ध्या भ्रमण प्रेमीहरूको लागि मात्र नभएर प्रेमी युगल जोडीको पनि तीर्थस्थल लभ्लीडाँडा आज झरी पछिको मनमोहक गोधुलि साँझ बनेको छ । लभ्लीडाँडा पोखरा नजिकैको थुम्को डाँडो चढेर पैदल भ्रमणको साथै व्यायामको मजा आफ्नो ठाउँमा छुट्टै छ । थुम्कोबाट देखिने पोखराको रमणिय दृश्य अवलोकनको मजा छुट्टै । भ्रमण प्रेमीहरू कोही थुम्को र फेदीको म्याराथन दौड गरिरहेकाछन त कोही मन माफीकको व्यायाममा । युगल जोडीहरू भने एकान्तमा गफिरहेका छन् । ती युगल जोडीहरूमा अनुपम बिक र अनुपमा परियारको जोडी पनि छ । तिनीहरू चिलाउने रुखको फेदीमा वार्तालापमा मग्न छन् ।