Skip to content

कथा

सम्पिडायग्नोसिस

उसले आफ्नो नाम ‘अश्वत्थामा’ लेखाउनेछ, पिताको नाम ‘आचार्य द्रोण’ र माताको नाम ‘कृपी’ लेखाउनेछ । उसले आफ्नो उमेर अन्दाजी ६ हजार वर्ष लेखाउनेछ । उसले आफ्नो पेसाको ठाउँमा ‘सैन्य सेवा’ लेखाउनेछ । कोष्ठभित्र उसले ‘प्रधान सेनापति, कौरव सैन्य, महाभारत युद्ध’ लेखाउन बिर्सने छैन । अस्पतालको चार्ट होल्डरमा रोगीको असामान्य विवरण पढेर म आफ्नो युगको तर्फबाट छक्क पर्नेछु ।

कोड नम्बर ०१७ को उत्तरः प्रभु मोबाइल हुन पाऊँ

सानो उमेरको भएर पनि आकाशको सोचाइ बडो उच्च थियो । उसलाई उनका आमाबुबाले बोर्डस गरेर राखिदिएका थिए सहर भन्दा अलिक एकान्तको बोर्डिंगमा । अहिले ऊ कक्षा ८ मा पुगेको थियो । कक्षामा ऊ कहिल्यै पनि कोही भन्दा पनि पछि पर्दैनथ्यो । उसका विद्यालयको वार्षिक कार्यक्रम मनाइँदै थियो । यस सन्दर्भमा कक्षाशिक्षकले आफ्ना आफ्ना कक्षाका विद्यार्थीहरुलाई सहभागिताका लागि जोड दिइरहेका थिए । आकाशका कक्षाशिक्षक पनि आफ्ना कक्षाका विद्यार्थीहरुलाई यस कार्यमा सरिक गराइरहेका थिए ।

सुशासन (लघुकथा)

“साहुजी, दुई किलो चिनी दिनुस त।” कार्की बाले साहुजी समक्ष अनुनय गरे।

“होइन कार्कि बा, एक किलो मात्र लैजानुस।” साहुजीले ओठे जवाफ फर्काए।

“के हो साहुजी चिनीको भाउ बढ्दै छ कि के हो?” कार्कि बाले जिज्ञासा राखे।

खण्डहर जिन्दगी

सागर लामो समयपछि घरमा आएको थियो । आधिरातसम्म कुराकानीमा बितेकोले घाम माथिसम्म आई सक्दा पनि निद्रा खुलेको थिएन । चराहरूको चिर्वीर आवाजले ऊ व्यूँझिन्छ । आङ तान्दै ऊ झ्यालको पर्दा हटाई बाहिर चारैतिर दृष्टि दौडाउँछ । बिहानी सूर्यको किरणमा डाँडा काँडा नवदुलही झैं सिंगारिएका थिए । वातावरण एकदम शान्त थियो । तैपनि किन हो कि उसलाई उराठ लागिरहेको थियो । जब सागरको दृष्टि सरिताको घरमा पर्छ: तब उसको मनभित्र अनौठो आँधी चल्न थाल्छ । मानौं, यो धर्ती नै तहशनहस भएको छ । अतितका लाखौं तिता मिठा यादहरू समुद्रको छाल झैं आउँने जाने क्रम चल्न थाल्यो । एक्कासि मुटुको धड्कन तेज हुन्छ ।

शीरबाट खसेको त्यो गुराँस !


अझै उस्तै होला कि फेरियो होला त्यो गुराँसे लेक ? माथि थुम्कोमा बादलका थेग्लाहरू त्यसै गरि बास बस्न आउँँछन कि आउँदैनन् होला ? कुहुकुहुको श्वरमा बिरह गाउने कोइलीको भाका फेरियो या उस्तै होला ? सिम्लेको फेदिनेर छङ्छङ् खस्ने छाँगोको आवाजमा भिन्नता आयो कि उस्तै होला ? भष्मे मुन्तिर घाम ओरालो लागेपछि ढल्कने दिनका आकार र गोधुलीको रंग उस्तै होला या त्यसमा पनि भिन्नता आइसक्यो ?

फेसबुक च्याटिङमा श्रृङ्रगारकाण्ड – भाग २

उमेशले लामो सास फेर्यो अनि कथावाचनको क्रमलाई केही बेर बिसायो । मैले उसको यस काममा कुनै अवरोध गरिनँ । किनभने मेरो आज दुइटा कक्षा अफ थिए । मेरो अङ्ग्रेजी विषय पढाउने सरको घरमा कुनै काम परेको हुनाले बिदामा हुनुहुन्थ्यो । उहाँभन्दा पछिल्लो कक्षा ता त्यसै पनि लिजर नै थियो । उमेशका कुरा सुनेर सहयोग नै हुन सक्ने रहेछ भने किन सहयोग नगरुँ, मैले सोचेर उसलाई यसरी आज कलेजको गार्डेनमा लिएर आएको थिएँ । ऊ मेरो हितैषी मित्र थियो, यसैले उसको सुखदुःखमा मेरो पनि केही मात्र सुखदुःख जोडिएको थियो । वास्तवमा ऊ पनि मेरो सुखदुःखको साथी नै थियो ।

निबन्ध

एउटा प्राथमिक विद्यालयकी शिक्षिकाले विद्यार्थीहरूलाई निबन्ध लेख्न लगाइन । निबन्धको विषय थियो “भगवानसँग तिमीहरू के बन्न चहान्छु भनेर वर माग्छौ ?”

एउटा विद्यार्थीले लेखेको निबन्धले शिक्षिकालाई यति भावुक बनायो कि उनी रुदै-रुदै घर गइन ।

राजनीति र नेता

राजनीतिले जनता र देशको भलो गर्नुपर्छ । समाजमा विद्यमान असमान स्रोतहरूको वितरणलाई न्यायोचित वितरण गरिनुपर्छ । सबै वर्गलाई न्यायोचित समावेश गराई मूलधारमा हिडाउन सक्नुपर्छ । देशको प्राकृतिक सम्पदा दोहन गरी देशलाई समृद्ध बनाउनुपर्छ । तब मात्र राजनीति सबल र सफल हुन्छ ।

नेपालको दुर्गम पहाडी गाउँमा एम.ए. पढेको एउटा नव युवक रहेछ । ऊ त्यस गाउका मात्र नभएर जिल्लाभरिका सामाजिक र आर्थिक पीडामा परेका मानिसलाई कसरी उद्धार गर्न सकिन्छ भनी चिन्तन गर्दो रहेछ ।

अहिरावणको वध (पौराणिक कथा)

रामायणमा उल्लेखित राम रावणको युद्ध सत्य र असत्यको बीचको धर्म युद्ध थियो। सत्यको पक्षधर भएको कारणले रामको विजय निश्चित थियो तापनि रावणलाई कम मूल्याङ्कन गर्नु पनि राम्रो होइन। रावण एक कुशल योद्धा थियो र ऊ समान विद्वान र युद्ध विद्याको ज्ञाता अरू कोही थिएन। उसको परिवारमा ऊ बाहेक अरू पनि युद्धकौशलका जानिफकार थिए, तथापि अधर्मको बाटो रोज्नु नै रावणको पतनको एकमात्र कारण थियो। भनिन्छ कि राम-रावणको युद्धको समयको एक घटना यदि निर्विघ्न घटेको भए रावणको पराजय करीब असम्भव नै हुने थियो। या भनौँ रावणको आतंकको समाप्त हुने नै थिएन। यो त्यति बेलाको कुरा हो जब रावणको छोरा मेघनाद युद्धमा मारीयो। त्यो प्रसङ्ग यसरी प्रस्तुत भएको पाइन्छ।

अविस्मरणीय यात्रा

  • by

उनको र मेरो चिनजान धेरै लामो होइन । उनी यतै सदरमुकाममा जागिर खान्छन् मेरो दाजु (मेरो दाजुको साथी) को अफिसमा । घर पश्चिमतिर हो रे । उनी मेरो दाजुसँग हिडिरहेको बेला अचानक बोलचाल भएको थियो कुनै दिन उनीसँग मेरो ।

पहिलो भेटमा नै उनको हेराइ बोलाई मलाई मन परेको मात्र होइन अचम्मको लागिरहेको थियो । सारै सरल भाषामा मीठो तरंगित स्वरमा अन्तर उमंगको भाव लुकाउन खोज्दै खुलेर बोलेका थिए उनी मसँग । सारै छोटो कुराकानी पछि हामी छुट्टिएका थियौँ त्यस दिन । त्यस पछिका दिनहरूमा किन हो किन त्यस मान्छेसँग भेट हुन पाए हुदो हो जस्तो भैरहेको थियो ।

बिधवा

हिजो जस्तै लाग्छ म उसको आड भरोसा र विश्वासमा उसको पछिपछि उसका पाइलाहरूका डोबहरूमा आफ्ना डोब मिलाउदै यो घर भित्र हुलिएकि थिए । यौवनताका सबै खुसीहरू उसको अंगालोमा नतमस्तक भएर सुम्पिएकि थिए । जुनबेला उसको भर्भराउदो जवानीको रापले तातिएर उम्लिएको थियो । आज त्यही मान्छे मलाई देखाएका सपनाहरू; मलाई बाडेका आश्वासनहरू अनि मलाई दिएका भरोसाहरूलाई बिर्सिएर चिसाम्मै भएर पल्टिएको छ । उसले नाबिर्सोस मेरा भरोसालाई आगामी भेटसम्म र साचेर मैलाई बुझावस भनेर आँशुसँगै पठाएका मेरा विश्वासका कोसेलीहरू पनि नफर्काइ निर्जीव भएर काठको बाकसमा लम्पसार परेर आएको छ ।

रेसुङ्गालाई चिट्ठी

  • by


प्रिय रेसुङ्गा !

आज अचानक तिम्रो याद आयो । मैले तिमीलाई छोडेर हिडेको पनि ३ महिना भैसकेछ । हिजो दिनभरि यताको आकाशमा बादल थियो । सायद तिमी पनि बादलुको घुम्टोले ढाकिएर विवाह मण्डपकी दुलही जस्तै भएकी हौली । म त्यहाँ छँदा तिमी रोइरहन्थ्यौ जस्तो लाग्थ्यो । अलिकति बादल पनि तिमीलाई मन पर्दैनथ्यो । यहाँ तिमी जस्तै काभ्रे छिन् तर तिमीभन्दा धेरै सानी छिन्, तिमी जस्ती जवान पनि छैनन् । तिमी जस्ती रसिली पनि छैनन् । काफल लालीगुराँस ऐसेलुका गहना त छन् काभ्रेसँग तर तिमीले लगाएका जस्ता ताजा उज्याला र रसिला छैनन् । जनतन बाँचेकी छन् यिनी ।Read More »रेसुङ्गालाई चिट्ठी

बाबुसाहेब

रामप्रसादको कान्छो छोरो कुसंगततिर लाग्न थालेको जस्तो थियो । ‘छोराको संगत साँच्चै न नराम्रो दिशातिर हुन थाल्यो भने नराम्रो पर्ला । छोरो ता बिग्रन्छ बिग्रन्छ परिवारलाई समेत तनावको विषय हुन सक्छ !’ उनलाई यस्तै चिन्ता परिरहेको थियो । उसको दाजुचाहिंलाई गरिएजति खर्च ता उसलाई पनि ता गर्नु पर्ला । गरिएको खर्च पनि फेरि पानीमा जाने हो कि ! उनी विभिन्न थरिका चिन्ताले ग्रस्त थिए । अझ उनका छोराले लामालामा नङ पालेर नेल पालिस समेत लाएकोे देखेपछि ता झनै चिन्तित थिए ।

चुट्किला – बिरामी

एकजना सारै कालो मान्छे रुघा खोकीको पीडाले ग्रसित भएर डाक्टरकोमा गयो। डाक्टरले उसलाई सरसरी हेरेर भन्यो तिमी सबै कपडा खोल अनि यो मेरो कोटाको जमिनमा हात समेत टेकेर टुक्रुक्क बस । तिम्रो बिरामीको परीक्षा लिन्छु ।

GarimaAcharya

व्यवस्थापन समिति निर्वाचन

कहिले स्कुलको परिसर नदेखेका अभिभावकसमेत ताउरमाउरका साथ विद्यालयभित्र छिरे । कहिले शिर नझुकाउने जुँगामुठे हजुरबुवा जम्ला हात गरेको गर्यै पाले दाइ उभिने ठाउँमा (गेटमा) खडा छन् । उनी पो पालेका रूपमा त आएनन् ! मनमा कुरा खेल्न थाले । कुरा त्यसो थिएन । उनको सफा र महङ्गो पहिरनले पाले भन्न दिएको थिएन ।

अ फुल लेन्थ संङ्ग

…….

आफ्नै गीत बजेको सुन्दा लिक्कि लि कम्ता दङ्ग थिइन । समयको पाङ्रगो तातो कफिको छेवछाव अड्डिए जस्तो थियो । घडी आफ्नै अक्ष भुलेर घुम्दै थियो । एन्टिकल्क वाईज ।

म उसको सामुन्ने थिए । आखै झिमिक्क नगरी उसको ओठ हल्लिएको हेरिरहेको थिए ।

अधुरो प्रेम

  • by

सुरु त्यहाँबाट हुन्छ जहाँ कुनै सुरुवातको सम्भावना थिएन, केही थिएन तर उनीहरू धेरै कुरा भएर पनि केही नभएको झैँ नदीका दुई किनारमा बगर बनेर बसेका थिए । आजसम्म उनीहरूको भेट भएको थिएन, तैपनि दिनका हरेक पलमा भेटघाट हुन्थ्यो- शब्दका लहरहरू मार्फत । भन्न बाँकी केही थिएन चिन्न बाँकी केही थिएन,एक अर्काको अघि किताबका पाना झैँ पल्टाएका थिए । आफ्ना मनमनले मनलाई चिन्न बाँकी थिएन तर पनि अन्जान नै थिए उनीहरू यो समाजको परिभाषाबाट केलाउदा । न कैले भेटेको छ न कैले देखेको छ, दिनभर च्याट गर्दैमा कसरी चिन्न सकिन्छ कसैलाई ।

मानव डिभाइस

“ए सर! तपाईँको साथमा के छ?”

“पैसा छ ।”

“पैसा बाहेक अरु केही छ कि?”

“बैङ्कमा आउँदा पैसा बाहेक अरू के हुन्छ र?”

“तपाईँको साथमा केही मेसिनरी सामान भएको सङ्केत दिन्छ त सुरक्षा परीक्षणमा?”

तलब वृद्धिको तनाव

“बुबा ! अब त मलाई एउटा दामी मोबाइल किनिदिनु पर्छ नि !” छोरीको वाक्य पूरा नहुँदै छोरो बम्कियो-“मलाई पनि अब त मोटरसाइकल किनिदिनु पर्यो, कत्ति यो थोत्रो साइकल चढ्नु ?” पालो अब पत्नीको आयो, उनी पनि के कम-“यसपटक भने मेरो पनि खाली गला सिक्रीले भरिने भो !”

अर्थमन्त्रीको बजेट भाषण टेलिभिजनमा सुन्दासुन्दै परिवारका सदस्यहरूले आ-आफ्ना मागपत्र भटाभट तेस्र्याए । हँसिलो मुहारको सहकर्मी शिक्षक मित्र पल्लो घरबाट आएर हतारिंदै बोल्यो-“बजेट भाषण सुन्नुभो सर ? हाम्रो तलब दश प्रतिशत बढ्यो नि ! ”

अनौठो प्रेम

  • by

” म यहीँ छु ।”
” मेरोमा आउन छोड्यौ क्या रे ”
” त्यस्तो होइन हजुर ”
” माया भा पो ”
” त्यस्तो नभन्नु न ”
” त्यस्तै त हो नि ”
” आफ्नै काममा भइन्छ¸ त्यसैले ”
” काम छ भन्दैमा माया मार्न पाइन्छ त ? ”