सम्पिडायग्नोसिस
उसले आफ्नो नाम ‘अश्वत्थामा’ लेखाउनेछ, पिताको नाम ‘आचार्य द्रोण’ र माताको नाम ‘कृपी’ लेखाउनेछ । उसले आफ्नो उमेर अन्दाजी ६ हजार वर्ष लेखाउनेछ । उसले आफ्नो पेसाको ठाउँमा ‘सैन्य सेवा’ लेखाउनेछ । कोष्ठभित्र उसले ‘प्रधान सेनापति, कौरव सैन्य, महाभारत युद्ध’ लेखाउन बिर्सने छैन । अस्पतालको चार्ट होल्डरमा रोगीको असामान्य विवरण पढेर म आफ्नो युगको तर्फबाट छक्क पर्नेछु ।

सानो उमेरको भएर पनि आकाशको सोचाइ बडो उच्च थियो । उसलाई उनका आमाबुबाले बोर्डस गरेर राखिदिएका थिए सहर भन्दा अलिक एकान्तको बोर्डिंगमा । अहिले ऊ कक्षा ८ मा पुगेको थियो । कक्षामा ऊ कहिल्यै पनि कोही भन्दा पनि पछि पर्दैनथ्यो । उसका विद्यालयको वार्षिक कार्यक्रम मनाइँदै थियो । यस सन्दर्भमा कक्षाशिक्षकले आफ्ना आफ्ना कक्षाका विद्यार्थीहरुलाई सहभागिताका लागि जोड दिइरहेका थिए । आकाशका कक्षाशिक्षक पनि आफ्ना कक्षाका विद्यार्थीहरुलाई यस कार्यमा सरिक गराइरहेका थिए ।
“साहुजी, दुई किलो चिनी दिनुस त।” कार्की बाले साहुजी समक्ष अनुनय गरे।
सागर लामो समयपछि घरमा आएको थियो । आधिरातसम्म कुराकानीमा बितेकोले घाम माथिसम्म आई सक्दा पनि निद्रा खुलेको थिएन । चराहरूको चिर्वीर आवाजले ऊ व्यूँझिन्छ । आङ तान्दै ऊ झ्यालको पर्दा हटाई बाहिर चारैतिर दृष्टि दौडाउँछ । बिहानी सूर्यको किरणमा डाँडा काँडा नवदुलही झैं सिंगारिएका थिए । वातावरण एकदम शान्त थियो । तैपनि किन हो कि उसलाई उराठ लागिरहेको थियो । जब सागरको दृष्टि सरिताको घरमा पर्छ: तब उसको मनभित्र अनौठो आँधी चल्न थाल्छ । मानौं, यो धर्ती नै तहशनहस भएको छ । अतितका लाखौं तिता मिठा यादहरू समुद्रको छाल झैं आउँने जाने क्रम चल्न थाल्यो । एक्कासि मुटुको धड्कन तेज हुन्छ ।
‘
राजनीतिले जनता र देशको भलो गर्नुपर्छ । समाजमा विद्यमान असमान स्रोतहरूको वितरणलाई न्यायोचित वितरण गरिनुपर्छ । सबै वर्गलाई न्यायोचित समावेश गराई मूलधारमा हिडाउन सक्नुपर्छ । देशको प्राकृतिक सम्पदा दोहन गरी देशलाई समृद्ध बनाउनुपर्छ । तब मात्र राजनीति सबल र सफल हुन्छ ।
उनको र मेरो चिनजान धेरै लामो होइन । उनी यतै सदरमुकाममा जागिर खान्छन् मेरो दाजु (मेरो दाजुको साथी) को अफिसमा । घर पश्चिमतिर हो रे । उनी मेरो दाजुसँग हिडिरहेको बेला अचानक बोलचाल भएको थियो कुनै दिन उनीसँग मेरो ।
हिजो जस्तै लाग्छ म उसको आड भरोसा र विश्वासमा उसको पछिपछि उसका पाइलाहरूका डोबहरूमा आफ्ना डोब मिलाउदै यो घर भित्र हुलिएकि थिए । यौवनताका सबै खुसीहरू उसको अंगालोमा नतमस्तक भएर सुम्पिएकि थिए । जुनबेला उसको भर्भराउदो जवानीको रापले तातिएर उम्लिएको थियो । आज त्यही मान्छे मलाई देखाएका सपनाहरू; मलाई बाडेका आश्वासनहरू अनि मलाई दिएका भरोसाहरूलाई बिर्सिएर चिसाम्मै भएर पल्टिएको छ । उसले नाबिर्सोस मेरा भरोसालाई आगामी भेटसम्म र साचेर मैलाई बुझावस भनेर आँशुसँगै पठाएका मेरा विश्वासका कोसेलीहरू पनि नफर्काइ निर्जीव भएर काठको बाकसमा लम्पसार परेर आएको छ ।
प्रिय रेसुङ्गा !
कहिले स्कुलको परिसर नदेखेका अभिभावकसमेत ताउरमाउरका साथ विद्यालयभित्र छिरे । कहिले शिर नझुकाउने जुँगामुठे हजुरबुवा जम्ला हात गरेको गर्यै पाले दाइ उभिने ठाउँमा (गेटमा) खडा छन् । उनी पो पालेका रूपमा त आएनन् ! मनमा कुरा खेल्न थाले । कुरा त्यसो थिएन । उनको सफा र महङ्गो पहिरनले पाले भन्न दिएको थिएन ।
“बुबा ! अब त मलाई एउटा दामी मोबाइल किनिदिनु पर्छ नि !” छोरीको वाक्य पूरा नहुँदै छोरो बम्कियो-“मलाई पनि अब त मोटरसाइकल किनिदिनु पर्यो, कत्ति यो थोत्रो साइकल चढ्नु ?” पालो अब पत्नीको आयो, उनी पनि के कम-“यसपटक भने मेरो पनि खाली गला सिक्रीले भरिने भो !”