Skip to content

कथा

बचत

“रिक्सावाल भाइ, खाली हो ?” सोधिन् सुभद्राले ।

“खाली नै हो हजुर” रिक्सावालले उत्तर दियो ।

“जानकी मन्दिरसम्म जानु छ । त्यहाँसम्मको कति लिन्छौ ?”

दुई सन्तहरू (अनूदित लघुकथा)

कुनै निर्जन पर्वतमा दुई सन्तहरू बस्दथे। उनीहरू दुवै भगवानको आराधना गर्दथे र एक अर्कालाई प्रेम गर्दथे।
त्यतिबेला उनीहरूसँग सम्पत्तिको नाउँमा एउटा पुरानो माटोको कचौरा मात्र थियो।

एकदिन एक दुष्टात्माले जेठो सन्तको हृदयमा प्रवेश गऱ्यो अनि उसले कान्छो सन्तसँग आएर भन्यो – “हेर बाबु, हामी धेरै समयदेखि सङ्गै बस्तै आएका छौँ अब हामी छुट्टिनुपर्ने बेला भयो। आउ अब हाम्रो सम्पत्ति भागबण्डा गरौँ।”

मङ्गलेको भाग्य

मङ्गले धनमाथिको राती गेडी भनेझैँ थियो । अँझ भुँइमा राखे कमिलाले टोक्छ, काखमा राखे जुम्राले टोक्छ भनेजस्तै पनि थियो मङ्गले उनको बाबुआमाको लागि । सानो र सम्पन्न परिवार थियो उसको । बाबु गाउँमा नै व्यापार गरेर बसेका थिए । मिजासिलो स्वभावका कारण उनको व्यापार निकै फस्टाएको थियो । आमा भने घरकै काम गर्थिन् ।

मङ्गले भरखर कक्षा ५मा पढ्न थालेको थियो । बाबुआमाको प्रशस्त माया पाएर मख्ख थियो । स्कुलको गेटसम्म आमाले उनलाई सधैँ नपुर्याई नहुने । मायाको मात्र होइन मङ्गलेलाई कुनै पनि सामानको कमी हुन दिएका थिएनन् उनका बाबुआमाले ।

अर्को भाषा (अनूदित लघुकथा)

जन्मेपछिको तेस्रो दिन, जब म यस नयाँ संसारलाई चकित हुँदै विस्मयको भावले वरिपरि हेर्दै थिएँ, मेरी आमाले धाईआमालाई सोध्नुभयो, “मेरो नानीलाई कस्तो छ?”

अनि धाईआमाले भनिन्, “आमा, हजुरको नानीलाई एकदम आराम छ। मैले उसलाई तीनपटक स्तनपान गराइसकेँ, यति सानो भईकन पनि यति खुसी बच्चा मैले आजसम्म देखेको छैन।”

छुट्कारा

छोराछोरी नभएकाेमा सारै रडाकाे थियाे । अर्की बिहे गर्ने मन थियाे पतिकाे । पत्नी सरल प्रकृतिकी थिइन् । रडाकाे नभए हुने थियाे भन्ने मन थियाे उनकाे । यही विषयकाे सधै‌काे रडाकाेबाट मुक्तिका लागि अब उनीहरूले अदालतकै बाटाे लिएका थिए । अदालमा उनीहरूका मुद्दाकाे फैसला हुने दिन थियाे । अदालतबाट अब सम्बन्ध विच्छेदकाे काम पुरा भइसक्याे ।

पति र पत्नीका रुपमा गगन र गाैराकाे अब नाता रहेन । उनीहरू अब बेग्लाबेग्लै हुने भए । अलग हुनुकाे कारण अरु केही नभई छोराछाेरी नभएकाेले नै थियाे भन्ने कुरा सबैले बुझेकै थिए । अलग हुने प्रकृयामा बेग्लै कारण देखाइएकाे थियाे ।

सर्वत दान

धार्मिक स्वभाव भएको परिवार थियो श्रेष्ठज्यूको । चाडपर्वहरुमा पूजापाठ दान दक्षिणा भोजन आदि गराउने चलन थियो उनको । उनी भन्दा पनि उनका श्रीमती धर्मकर्ममा सारै एकाग्र भएर लागेकी हुन्थिन् । अक्षय तृतीयाको पर्वमा मन्दिरनेरका विद्यालयका आवासीय वटुकहरुलाई सातु सर्वत खुवाउने उनको विचार भयो । उनी धन र मनमा पनि उदार थिइन् । सर्वत मात्र होइन छाता र जुता पनि दान गर्ने उनको सोच भयो । यसैले सर्वत सातु खुवाउने र छाता जुत्ताहरु दान दिने बन्दोवस्तका साथ दिउसो घाम लागेको र तिर्खाएको मौका पारेर विद्यालयतिर गइन् ।

OmShrestha

मुना र गहना

त्यति धेरै पहिलेको कुरो पनि होइन । नेपालको पूर्वी पहाडी भेगमा एउटा सुन्दर गाउँ थियो । त्यस गाउँमा विपन्न परिवारहरूको बस्ती बाक्लो थियो । विपन्न परिवारहरूमध्ये एउटा चाहिँ निकै सम्पन्न परिवार थियो ।

त्यस परिवारमा तीन जना सदस्य थिए । बाबु विदेश गएका थिए । विदेशमा उनको राम्रै कमाइ थियो भनेको सुनिन्थ्यो । उनकै कमाइले गर्दा परिवारको आर्थिक अवस्था सुदृढ हुँदै गएको थियो ।

एक नोकरको व्यथा

‘‘भोलिदेखि तेरो नोकरी पक्का ! बिहान घरको काम सकेर नोकरीमा जानु र फर्केर फेरि घरको काममा लाग्नु बुझिस् ?’’

तीन वर्ष अघिदेखि म वहाँको घरमा बगैंचामा काम गर्ने तथा खाना पकाउने काममा लागेको हुँ ।

शुकबारे भिखारी

दैनिक रुपमा माग्न आउनेहरुलाई शनिवार माग्न आउन नपाउने गरी टोलमा पालो बाँधिएको थियो । ‘तिम्रो पालो आइतबार, तिम्रो सोमबार, तिम्रो मांगलबार, तिम्रो बुध, तिम्रो बिही तिम्रो शुकवार । अरु बारका दिन अर्को टोलमा जाऊ’ आदि आदि । यसो गर्दा अलिक हलुको भएको थियो टोललाई ।

गल्ती (लघुकथा)

एक दिन कुनै एक मित्रको घरबाट साँझको भोजनको निम्तो आयो। समयमै घर पुगेँ। मित्रका बाबु-छोरा बैठक कक्षमा बसेर टिभी हेर्दै रहेछन्। खाना तयार हुँदै थियो त्यसैले केही बेर म पनि टिभीमै व्यस्त भएँ। अचानक भान्छा कोठाबाट केही खन्द्र्याङ्ग झरेको आवाज आयो र साथै आयो गालीहरूको वर्षा

बाँदर

सुन्दर, शान्त, सम्पन्न गाउँ । गाउँ नजिकै सल्लेनी वन । वनमा जिजुका पालाका बडाबडा सल्लाका रुख । वन पनि बाक्लै रुखले ढाकेको थियो । रुखका टुप्पा र हाँगामा काग, चिल, सुइके, सिकारीलगाएत मांसाहारी चराका गुँड थिए । तल भुँइमा खरायो, कालिज, मृग आदि पशुपंक्षीको बास थियो । प्रसस्तै बाँदरको टोली त्यसमा राता र सेता ढेँडु पनि थिए ।

अरिंगालको हमला

“कान्छा सन्चै छस”
मैले दुइ हात लगाएर आँखाका दुइ परेला तल माथि सारेर हेँरे ।
“तेरीमा डाँका,”
उठेर दुइ झापड रन्काइदिम झै भाथ्यो तर गल्ती मेरो आफ्नै पनि त थियो । मन शान्त पारेर ज्वरोले रन्थनियको जीउलाई सुकुलमा थन्क्याँए ।

स्कुलमा बर्खे विदा थियो । घरका ठूला मान्छे रोपाइमा व्यस्त हुँदा हामि भुराभुरीहरु गाई बाख्रा चराउन जान्थ्यौ । हाम्रो टोलभरीका आठ, नौ जना गोठालो जान्थ्यौ । मुसेटाकुरा गोठालाहरुको केन्द्र थियो । जुन घरकाले गाई बाख्रा अगाडी लगेपनि मुसेटाकुरामा रोक्नु पर्थ्यो । सबै घरका गाई बाख्रा आइसकेपछि मात्र जंगल भित्र लग्थ्यौ ।

सफाइ अभियान

आज सहर, टोल, नाली, घर करेसाहरु र भवनका कुनाकाप्चा आदिलाई सफाइ राख्नु पर्ने बारे बडो गम्भीर सभा भयो । सहरको मध्यभागमा रहेको सभाभवनमा सभा भएको थियो । सामाजिकको स्वास्थ्यप्रतिको चासोको कुरामा याे बहस भइरहेको थियो अनि किन सभा गम्भीर नहोस् त । बर्खाको बेला विभिन्न सरुवा रोगहरु सर्न सक्ने भएकोले सहरमा र गाउामा पनि जनचेतनाको वृद्धिका लागि सभा गरिएको थियो, भवन खचाखच थियो । समाजका ख्यातनामा नरनारीहरु, राजनीतिक हस्तीहरु र बुद्धिजीवीहरु, पत्रकार, शिक्षक कर्मचारी, प्राध्यापक आदिको ठुलो जमघट थियो ।

नौ महिना कोखमा नराख्दाको पीडा

आज साउनको चार गते । उसको जन्म दिन । यस अघिका जन्म दिनहरुमा उसले एका बिहानै मम्मी आज मेरो जन्म दिन भनेर सम्झाउथ्यो¸ म सदा खुसी सुखी रहेस् भनेर आशिष दिन्थेँ । मलाई उसको जन्म दिन सधै याद रहन्थ्यो तर पनि सधै नै उसले फोन गर्थ्यो । यस पाली पनि फोन गर्छ कि भन्ने आश लागिरहेको थियो तर गरेन । सधैका जस्तै आमाको मुख हेर्ने औँसीका दिन पनि उसले मलाई सम्झेन । मैले आफैले जन्म नदिएको भएर होला उसले मलाई बिर्स्यो वा सम्झने आवश्यकता देखेन ।

उसको बुबा

‘‘के भयो राजु ! किन रुदैछौं ?’’

‘‘आज बिहान बिहानै बुबाले आमालाई धेरै पिट्नुभयो ।’’

‘‘किन ?’’

‘‘आज महिनाको १ गते, आमाले बुबासँग रासन किन्नको लागि पैसा मागेकी थिइन् र मैले स्कूलको फिस माग्दा त मलाई पनि पिट्नु भो ।’’

शान्ति (लघुकथा)

कुनै जङ्गलको बीचमा एक पोखरी थियो। जङ्गलको पानीको मुख्य स्रोत बनेको पोखरी वर्षैभरी जङ्गलका सम्पुर्ण जनावरहरूलाई पानीको आपुर्ति गर्दथ्यो। अझ पोखरीको वरीपरी दलदले जमिनले बनाएको सिमसार अनि त्यसको पाखामा भएको सुख्खा जमिन त्यहाँका रैथानेहरूको लागि स्वर्ग थियो।

पोखरीमा जलचरहरू आनन्दले बसेका थिए। दलदले जमिनमा कहिले पोखरीको छेवैमा, कहिले बाहिर घाम तापेर सिमसारका रैथानेहरू तथा उभयचरहरू विचरण गरिरहेका थिए।

छोरी सतर्क हुनु

घरमा भात खाएर यसाे पत्रिका पढ्दै बसिरहेकाे बेला एकासी नरनाथजीलाइ रिँगटा लाग्यो । पेट सहनै नसक्ने गरी दुख्याे । साधारण बिराम हाेला भने पहिले ता यसैले उनले सहेरै बसे ताताे पानी खाए। भुँडि सेके । उनले उति सिकिस्त भएकाे जस्तो नै गरेनन् तर अलिक बढी समस्या देखिएपछि भएकी एउटै छोरीलाइ खबर गरियाे । छोरी धाइफल तोडेेर अाइपुगीन् र बुबालाइ अस्पतालतिर लिएर हि‌डिन् ।

PrakashGiri

कलिलो प्रेम

“किशोर अवस्थाको प्रेम केवल आकर्षण हो” – महापुरूषहरू भन्दछन्।

कहीं कतैका प्रवचन वा स्कुले विद्यार्थीका कार्यक्रमहरूमा यस्तै सुनिन्छ अनि म खिस्स हाँस्दछु।

“तिमीले पनि मन पराऊथियौ कि क्याहो कसैलाई?” – श्रीमानले मतिर पुलुक्क हेरेर हाँस्दछन्।

“म यिनीहरूलाई हेरेर हाँसेकी!” – म आफ्नो दोष आठवर्षे छोरा र छ वर्षे छोरीमा थुपार्ने कोसिस गर्दछु।

“यिनीहरूको त बेला आउँदैछ।”

आफ्नै पसिनाको निमक

विराटनगरको मध्ये गर्मीमा मध्ये दिनमा मैले बसबाट ओर्लनासाथ यसो बजारतिर हेरें । पर परतिर एकदुई मान्छेहरू मात्र यसो छाता ओढेर हिंडेका देखिन्थे । बजार सुनसान थियो । पानपसलहरू पनि बन्द थिए । एक दुई ओटा रिक्सावालाहरू पर पर रुखका फेदमा रिक्सा अड्याएर छायामा शीतल तापेर बसेका जस्ता देखिन्थे ।

” मधुमारा जानु छ । जाने हो ?” सोधें एक रिक्सालाई ।

चुन्नी-मुन्नी (अनूदित लघुकथा)

मुन्नी र चुन्नी को खुब प्रतिष्पर्धा चल्थ्यो। मुन्नी छ वर्षकी थिई, चुन्नी पाँचकी। दुवै सहोदर बहिनी हुन। जस्तो घाँघर मुन्नीलाई आउँथ्यो, त्यस्तै चुन्नीलाई। जस्तो गहना मुन्नीलाई बन्थ्यो, त्यस्तै चुन्नीलाई। मुन्नी ‘ख’मा पढ्थी, चुन्नी ‘क’ मा। मुन्नी पास भई, चुन्नी फेल। मुन्नीले प्रार्थना गरेकी थिई कि यदि ऊ पास भई भने महावीर स्वामीलाई मिठाई चढाउँछे। आमाले उसको लागि मिठाई मगाउनुभयो। चुन्नीले उदास भएर आमाको कानमा बिस्तारै सोधी, “आमा के जो फेल हुन्छन, उसले मिठाई चढाउँदैन?”