संस्मरण
प्रभाव र विज्ञापनले कविता श्रवण (वैरागी काइँलाको एकल कविता वाचन)
केही महिनाअघि वैरागी काइँलाको एकल कवितावाचन कार्यक्रम गुरुकुलले गर्न चाहे पनि उनी बिसन्चो भएकोले रद्ध हुँदा मैले विस्मात मानेँ । उनको कविताहरू ‘मफलर भए त मेरो माया’ र ‘मातेको मान्छेको भाषण’ पिउँदा, वैरागी काइँला हतपती कवितावाचन गर्दैन भन्ने कुरा मैले सुन्नु र ‘रेडियोसगरमाथा’ बाट प्रसारित उनको अन्तरवार्ता मैले कानमा थापी उनीसँग म पट्टिएकोले गुरुकुलसम्म पुग्ने मेरो जाँगर चल्यो । नत्र कविता सुन्नु पर्ने त्यहीमाथि नोटको पाती चढाई चढाई । कत्ति चित्त नबुझ्दो कुरा ! आफू कवि हुन बल गरिरहेको भए पनि कविता सुन्ने कुरा मेरो लागि पट्यार लाग्दो पनि हो । किनकि एकान्तमा निधार खुम्च्याएर, ध्यान गाड्दै दोहोर्याई-दोहोर्याई कविता पढ्दा त मलाई आनन्द मिल्दैन र म कविता बुझ्दिनँ । सरसरती पढिएको कवितामा ध्यान गाडिएर मजा पाउँनु मेरो लागि एकदम चर्को कुरा हो । म पूर्वाग्रही हुनु, कवितामा कहानी नहुँदा मेरो ध्यान नडोरिनु र म चेक्दा (लठुवा) श्रोता हुनु नै त्यसको कारणहरू म ठान्छु ।
२५५५ औ बुद्ध जयन्तीले दिएको एउटा नभुल्ने क्षण
२,३ बर्ष सम्म दुरदेशमा रहेतपनी प्राय कुनै त्यस्तो कार्यक्रमहरु नछुटौने म बिबित कारण बस बिचमा… Read More »२५५५ औ बुद्ध जयन्तीले दिएको एउटा नभुल्ने क्षण
पुरस्कारसँग जोडिँदा
लेखनीको थालनी नै पुरस्कार प्राप्तिबाट भएको हुनाले लेख्नु भनेको पुरस्कार पाउनु हो भन्ने ज्ञानचेतना मभित्र हुर्किएकै थियो। गाउँकै सरस्वती मिडिल स्कुलमा पढथेँ म। कथाकार परशु प्रधान हुनुहुन्थ्यो हाम्रो स्कुलको हेड सर। पहिलोपटक तीन क्लासमा पढ्दा हुनुपर्छ, मैले एउटा कविता वाचन गरेको थिएँ, शुक्रबारे कार्यक्रममा।
आँसु चुहेको कार्यक्रम (पारिजात पुरस्कार वितरण २०६४)
गैरवामपन्थी गणतान्त्रिक नेता नरहरि आचार्यको मञ्चआसनले म व्यग्रताको साथ उनको मन्तव्यको पर्खाइमा थिएँ । उनले बताए, “पारिजातको साहित्य आफूले पढेको छु । तिनीसँगको सामीप्य नभए पनि लक्ष्मीप्रसादजस्तै तिनी प्रतिभाशाली थिइन् । लक्ष्मीप्रसादले मुनामदनबाहेक सबै कृति जलाए हुन्छ भने र पारिजातले चाहिँ ‘शिरीषको फूल’ च्यातिदिए हुन्छ भनिन् तर कुनै पनि कृति छापिएर सार्वजनिक भएपछि त्यसलाई राख्ने वा मास्ने भन्ने अधिकार स्वतः पाठकमा रहने रहेछ अर्थात न ‘मुनामदन’ बाहेक देवकोटाको अन्य कृति जलाइए न पारिजातको ‘शिरीषको फूल’ नै च्यातिए ।”
पारिजातको ‘शिरीषको फूल’ को शून्यवाद वा निराशामा पाठकले आशा पाए भन्दै उनले भनिरहँदा केही थपडी पड्कियो । मेरो घैँटोमा घाम लागेकोले स्वस्फूर्त रुपमा मैले पनि रमाउँदै ताली ठोकेँ ।
मलले सप्रिएको र हौसिएको बाली (१०६ औँ समजयन्ती)
सम्पन्न परिवारमा जन्मी हुर्की धेरै राणाहरू जस्तो भोग-विलासमा रमाउँदै उपभोक्तवादी बनेर कुकुर बिरालो झैँ मर्नुको साटो साहित्य साधनामा आफ्नो सारा जीवन घोटेकोले बालकृष्ण समप्रति मेरो सम्मानको हिमाल ठडिन्छ । सम-निवासमा पसेर उनीबारे बुझ्ने मेरो उधुम इच्छा जागिरहेको बेला १०६ औँ समजयन्ती मनाइने खबर एफएमले फुक्यो ।
कक्षा ९—१० को पद्यमा ‘इच्छा’ (कविता) बाहेक मैले समको कुनै पनि कृति पिएको छुइनँ । उनीबारे मैले सुनेको छु, “समले देवकोटाको खुट्टा तान्ने कोसिस गर्थ्यो रे, डाही गर्थ्यो रे र प्रकाश सायमीले सुनाएको पुरस्कृत कविताको प्रतिकृया स्वरुप उनलाई समले ढाप मारेको र उनलाई घर लगी सम्मान गरेको ।”
फर्केर हेर्दा : अनाम पाठशालामा एकदिन
अप्रिय सानु,
तिमीले तिम्रो शैक्षिक विगतका बारेमा जान्न चाहेका रहेछौ । ढिलै भए आज लामो समयपछि तिमीलाई तिम्रो शैक्षिक विगतले आकर्षित गरेछ । खुसी लाग्यो । तिम्रा शैक्षिक विगतका बारेमा सम्पूर्ण कुरो त म पनि जान्दिनँ तर पनि स्मृतिको धमिलो चित्रमा अवशेषका रुपमा बाँकी रहेका केही भग्न इतिहासबाट सम्भव भएसम्मका विगत टिपेर पठाउँदै छु । तिमीलाई काम लागे प्रयास सफल भएको मान्नेछु ।
सप्तरीका दुर्गम गाउँहरूमध्येको एउटा गाउँ सोनरा । तीनतिरबाट दुईओटा खोलाले घेरिएको । एकातिर जिता खोला र अर्कोतिर अनाम खोला । यी दुवैको दोभानले घेरिएको तेस्रो किनारमा अवस्थित थियो (छ ?) पकरी गाउँ विकास समितिभित्रको एउटा गाउँ सोनरा । त्यहीँ २०१८ सालको मध्य वर्षाका दिनमा एउटा बालककको जन्म भएको थियो ।
