Skip to content

२५५५ औ बुद्ध जयन्तीले दिएको एउटा नभुल्ने क्षण

२,३ बर्ष सम्म दुरदेशमा रहेतपनी प्राय कुनै त्यस्तो कार्यक्रमहरु नछुटौने म बिबित कारण बस बिचमा गाएब हुन पुज्ञो । जुन कुरा नचाहदा नचाहदै थियो र दुखद पनि थियो मेरो निम्ती ।जस्कारण पहिले चिनेक साथीहरु कतिपय सम्पार्कबिहिन हुनुहुन्छ । हुन सक्छ कती पय म जस्तै परिबन्दनमा पर्नु भो होला त कतिपय यो बलुवा खानी नै छ!डेर आफ्नो जन्मा थलो पुगी सक्नु भो होला सदा को लागी । त्यसो त म साथी बिहिन अवस्थामा त पक्कै छैन ,जुन कुरा गर्बको बिषय हो मेरो लागी । समय अनुसार ॠतुहरु बदिल्दै जान्छन त्यसैगरी जिउने क्रम्म जिन्दगीका यात्रामा धेरै साथिहरु भेट्छ छुट्छन । धनको खानी हेर्न आएको म धनको पोको नभेटेपनी मनको पोको हुनिहरु साथीका रुपमा भेटीएको छु, यो दुरदेशमा । हुन सक्ल यो दिन भोलिपनी निरन्तर चल्ने छ्,भेट्ने छुट्ने,तर कुनै कुनै कुरा हरु जीबनका अन्तिम मोड सम्म पनि भुल्न नसक्ने खाल्का हुन्छन । चाहे त्यो राम्रो होस या नराम्रो होस ।यस्तै भुल्नै नसक्ने क्षेण मध्य एक हो २५५५ औ बुद्द जयन्ती ।आफु बुद्दिष्ट भएकै कारणले मात्रै नभै प्रिय साथीहरुको बचन राख्नका निम्ती पनि मैले उक्त कार्यक्रममा उपस्थित जनौनु पर्थ्यो । किन कि २५५५औ बुद्द जयन्ती भब्यका साथ मनौदै छौ भन्ने खबर बाराम बार आयोजक कमिटिका साथिहरुले भन्दै हुनुहुन्थ्यो र मेरो उपस्थिती उहाहरु चाहनु हुन्थ्यो । मैले पनि बचन दिए । सल्लाह अनुसार साथी रोसन जि मलाई लिनका निम्ती बिहानै आउनु भएछ्,जतिखेर म पूर्णरुपमा बिम्जेका थिएन । त्यसो त उहाले मेरो बस्ने ठाउँ पनि राम्री चिन्नु भाको थिएन । त्यतै वरिपरिबाट धेरै पटक कल गर्नु भएछ्,जती खेर म बाथरुममा थियौ,घडी हेरे,बिहानको ७ बजेको थियो । रोसना जिले पहिले भनेअनुसार उहा आइपुग्नलाई अझै १ घण्टा बाकी थियो । सायद राती अबेला सम्मको काम्ले होला थकित थिए,त्यसैले फेरी पल्टे ओछ्यानमा । जबा झसङ बिम्झे हात मोबाइल तिर लम्कैए हेरे, रोशन जिको कल धेरै चोटी १,ढेड घण्टा अघी नै आइ सकेको रहिछ । म हतार हतार कल गरे । उहा फर्की सक्नु भएको रहिछ । म पनि हतार हतार तयार गरेर बढे रोड तिर्,अनी टेक्सी समाइ लम्के नेपाली राजदुतबास तर्फ । मनमा दु:ख पनि लाग्दै थियो । किनकी साथी रोशन जीलाई ब्यर्थैमा दुख दिएकोमा । लकभाग २५ मिनेट्को रफ्तार पछी राज दुतबास पुगे,जहाँ सुनसान थियो , र केहि बिदेश आइ अलपत्र परेका नेपाली दाजु भाई मात्रै देखिन्थे,केहि समय पछी रोशन जीलाई कल गरे उहा पनि नजिकै हुनुहुन्दो रहिछ्,भेट घाट भो दुबै खुशी भयौ,तोकेकोसमय भन्दा केहि समय ढिला कार्यक्रम सुरु भो,सायद बिदाको दिन परेर होला होला नेपाली दाजु भाई दीदी बहिनिको निक्कै उपस्थिती थियो,राज दुतबासको प्रङ्गनम अटाइ नाटै थियो । सायद निक्कै दिन्न पछी त्यस्तो कार्यक्रममा उपस्थिती जनौनले होला मलाई चिनेको केहि साथिहरु आखा अघी नहुँदा नितान्त एक्लो अभास हुन्थ्यो । त्यसो त म धेरै भिड भाड र हो-हल्ल भन्दा एकान्त मन पर्ने स्वभाको भएर पनि होला ।

तर पनि त्यहाँ छुटै माहौल थियो,किनकि प्रायले मलाई चिन्नु हुँदो रहेछ ! “ओ हो राजेश रुम्बा लामा तपाई नै होइन? म तपाइलाई चिन्छु, तपाइको लेख रचना पढ्छु , राम्रो लाग्छ” भन्ने हरु पनि निक्कै भेटें ! त्यो भन्दा अनौठो कुरा त मलाई भेट्न अथवा मेरो बारेमा जान्न पत्रकार साथी देखि लिएर धेरैसँग खोजि निधि गर्ने साथि पनि भेटें,जो एउटा संस्थाका सचिब पनि हुनुहुन्छ,(मिलन तामांग,आप्रबासी तामांग समाजको हालको सचिब हुनुहुन्छ) !भेट्न साथ् निक्कै खुसि हुँदै राजेश जी हामी त दाजु भाई,मैले त निकै पहिले देखि तपाइलाई भेट्न चाहेको थिएँ,भन्दै गुनासो गर्दै हुनुहुन्थ्यो ! अनि मैले प्रश्न गरे,मलाई त्यति सारो भेट्न नै पर्ने………….”उहाँले तुर्नुता जवाफ दिनु भो,तपाईका लेखहरु मलाई मन पर्छ,म नबिराई प्रतेक पत्रिकामा हजुरको लेख हेर्छु रचना हेर्छु,म अहिले ६ साल भो कतारको बसाई.,तपाइको लेखबाट म प्रभावित भएर खोजेको हुँ,हामी तामांगहरु पनि केहि जान्ने बुझ्ने छौ यो खाडीमा जस्तो लाग्यो.त्यसैले भेट्न चाहेको हो ” रे ! मैले पनि भेट्न पाउदा सारै खुशी लागेको कुरा सुनाए, संगै काम पनि गरे,हाँसो मज्जा गर्दै ! त्यतिकै खेर फोन आयो,मित्र राजन जीको रहिछ,जो मैले फेसबुक बाट चिनेका थिएँ,उहाँ नि आउछु तर बाटो र लोकेसन थाहा छैन भन्दै हुनुहुन्थ्यो,मैले जसरि भएनी औनालाई सल्लाह दिएँ,किन कि उहाँले पनि धेरै अघि देखि,धेरै पटक मसंग भेट्ने चाहनु हुन्थ्यो ! केहि समय पछी उहाँ पनि आइपुग्नु भो,कहिल्यै नभेटेको मान्छे,आफु बाहिर रहेको जानकारी दिनु भो,म बाहिर निस्के,केहि मान्छे बाहिर थियो,म ढोगबाट राम्री निस्किन नपाउदै च्याप्प समौना आइपुग्नु भो,मानौ पहिले नै देखि संगै खाको,संगै बसेको संगै हिडेको जस्तो ……त्यो माया देखेर मलाई धेरै खुशी लाग्यो,संगै बस्यो,पुजा अज गर्‍यो,फोटो खिच्यौ ।केहि समय पछी कार्यक्रम पनि समापन भो,अनी सबै आ-आफ्नो बाटो लाग्न सुर गर्‍यो,मसँग गाडी नभएकोले साथी रोशन जीले पुरैदिने भन्दै हुनुहुन्थ्यो,तर साथी राजनले कतै घुम्न जाने भन्दै हुनुहुन्थ्यो,त्यसैले रोशन जीसँग पनि बिदा बादी गरी लागे राजन जी र म कर्नेच (कतारको पर्यटकिया क्षेत्र) तिरा ।

अग्लो कद्को जिउ ज्यान मिलेको गोरो बर्नको साथी राजन म जसतै क्यमराको सौखिन हुनुहुन्दो रहिछ ,नया ठाउँ पौन साथ खिचिक्क photo लिइ हाल्नु पर्ने,मैले पनि धेरै खिन्छे फोटो उहा सँग । शायद बानी ब्यहोर मसँग मिलेको ले होला यसरि हामी दुइको मित्रता कायम हुन आको,हामी दुबै नै मध्यापन र धुम्रपान नगर्ने परेछौ, खुशी भयौ दुबै नै यो कुराले । हासिलो चेहेरका धनी राजन गर्छु र गरौ भने पछी मै जस्तो गर्नै पर्ने स्वभाबको परेछ,जीन्दगीमा कहिल्यै नचडेको नाउपनी उहाले चढौनु भो समुन्द्रका निल्ला छात्तिमाथि,त्यो पनि हामी दुई मात्रै रिजार्ब गरी । यता हामी रमाइ रहदा उत घामले डाडा नाघ्दै थियो ।नचाहेर पनि हामी छुट्नु पर्थ्यो ।किन कि छुटै थियो हाम्रो काम्,छुटै थियो हाम्रो रस्ती बस्ति,त्यसैले फेरी भेट्ने बाचा मार्दै गह्रुङ्गो मन लिइ मित्रतको दरिलो हात मिलाई बिदा हुँदै आ-आफ्नो गन्तब्य तिर लाज्ञौ ।
मलाई आशा छ र कामना गर्छु यसरि समाजिक सन्जाल फेस्बूकको माध्यमबाट चिनेका हामी(रोशन जि,राजन जि लगाएत सम्पूर्ण साथीहरु सदैबा एउटा असल साथी कोरुपमा अन्तिम अवस्था सम्म रहनेछ ।

>राजेश रुम्बा लामा “अतृप्त्”
२३-०५-२०११

Leave a Reply

Your email address will not be published. Required fields are marked *