Skip to content

माया तिमीलाई केही भन्न

  • by

माया तिमीलाई केही भन्न मन लाग्छ
नभनुँ त मनमा नै प्यास लाग्छ

माया तिम्रो के भन्ने बिचार छ
आजै भनभोलि त के हुन्छ

आँखाहरू बोलिसके मुखले पनि बोल
हृदयका पानालाई मेरै सामु खोल
बैंशालु त्यो चाहनालाई लुकाइराख्छ्यौ किन
मुटुभरि माया मात्रै सजाइराख्छ्यौ किन

आशैआशमा बाँच्नु मलाई लामो लाग्छ किन
फूलजस्तो जोवनलाई साँचिराख्यौ किन
यो जिन्दगीभरिलाई साथ दिए पुग्छ
मुटुभित्र साथै नै बास दिए पुग्छ

शब्द – वुद्धवीर लामा
स्वर – भक्तराज आचार्य, कुन्ति मोक्तान
सङ्गीत – बुलु मुकारुङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *