Skip to content

झुटो बोल्न सक्दिन

PramodDhungana


तिम्रै मात्र सपना देखेको होइन भन्न सक्दिन
घृणा सहन सकुँला मायामा झुटो बोल्न सक्दिन

कुनै रात तिमी जून बनेर आएझैँ लाग्छ
मलाई छोएझैँ लाग्छ, मसँगै निदाएझैँ लाग्छ
मैले कहिल्यै बिटुलो सोचिन भन्न सक्दिन
घृणा सहन सकुँला मायामा झुटो बोल्न सक्दिन

कहिले कल्पनामा तिमीलाई शृङ्गारमा हेर्छु
धित मारेर हेर्छु, कहिले अर्कै पारेर हेर्छु
मेरो कल्पनामा पाप नै भएन भन्न सक्दिन
घृणा सहन सकुँला मायामा झुटो बोल्न सक्दिन ।

1 thought on “झुटो बोल्न सक्दिन”

  1. मन छुने गीत
    चोखो प्रेम वर्णित मन छुने गीत ।

    भेषराज रिजाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *