Skip to content


फूलको रङ्गमा जीवनको रङ्ग खोज्छु
मुस्कानको रहस्य म त फूलैसँग सोध्छु
भन्छु सधैँ सिकाइदेउन मुस्कुराउन
जीवनमा पनि यस्तै रङ्ग ल्याउन

मीठो सुवासमा जीवनको अर्थ खोज्छु
सधैँ बाँडिरहने हृदयको आकाश खोज्छु
लाग्छ सधैँ मन पाए कति जाति हुन्थ्यो
न त चोट लागथ्यो न त पीडा हुनथ्यो

हरमान्छेमा हुने भए फूलको कोमलता
त्यो मीठो सुवास अनि त्यो सौन्दर्यता
मान्छेभित्र शायद कतै घृणा हुन्नथ्यो
मान्छेले नै मान्छेलाई आँसु दिन्नथ्यो।

रचना : प्रमोद ढुंगाना
संगीत : राजु सिंह
स्वर : जानकी भट्टराई
एल्बम : फूलको रङ्गमा
रेकर्ड वर्ष : २०६५ साल

Leave a Reply

Your email address will not be published. Required fields are marked *