Skip to content

भावनात्मक निबन्ध

एक निराश व्यक्तिको आत्मस्वीकृति

  • by

इङ्लिस च्यानल पार गरेर इङ्ल्यान्ड पुग्ने सबैभन्दा सस्तो साधन डन्कक र टिल्वरी हुँदै जाने जहाज नै हो । सस्तो भइकन पनि त्यतिसारो खराब छैन यो । यी सबै कुराले गर्दा इङ्ल्यान्ड जाँदा मैले त्यही जहाजको तेस्रो श्रेणीमा यात्रा गरें । क्याबिनको लागि बढी पैसा तिर्नु पर्ने भएकोले म तेस्रो श्रेणीका अन्य यात्रुहरूसंगै ठूलो साझा कोठामा सुतेँ । त्यस दिनको दैनिकी मैले यसरी कोरेको रहेँछु ।

सबैभन्दा ठूलो आश्चर्य

युधिष्ठिरले उत्तर दिएका प्रसिद्ध यक्ष प्रश्नमध्ये एउटा थियो, संसारको सबैभन्दा ठूलो आश्चर्य के हो र उनको उत्तर थियो, दिनहुँ
हुने मृत्यु देखेर पनि आफूलाई चाहिँ चिरञ्जीवीजत्तिकै ठान्ने मानव स्वभाव । टाल्स्टायको एउटा कथामा पनि यो प्रसंग आउँछ, अलिक भिन्न पारामा । त्यहाँ यमराज एउटा दूतलाई सजाय स्वरूप तीन सत्य जानेर आउन मत्र्यलोक पठाइदिन्छन् । तीमध्ये एउटा थियो, मानिसलाई आफ्नो मृत्युकाल थाहा नहुने वास्तविकता । कथामा यमदूत पछाडि लागिसकेको एउटा सेठलाई उत्साहपूर्वक विवाहको तयारीमा मस्त देखाइएको छ ।

एकान्त साधना

  • by

मेरो नियमित अध्ययन र लेखनकार्य चल्ने घरमा एकान्त छैन । सतत पारिवारिक झन्झट चलिरहन्छ । नित्य नयाँ-नयाँ नारासहितको जुलुस निस्किरहने भएकोले घर बाहिर पनि एकान्त छैन । वरिपरिको वातावरणमा कतै एकान्छ छैन । दसौं दिशा नै एकान्तहीनताको सिकार भएको छ । त्यसैले घर-परिवार र सहरदेखि धेरै टाढा एक स्थानमा पुगेँ । यहाँ एकान्त थियो । -कुनै जीवित मानिसको नामोनिसान नै थिएन ।) म आफूले लेख्ने गरेको सादा अभ्यास-पुस्तिका अगाडि राखेर लेख्न बसेँ ।

सुन्छ गीत नेपाली

  • by

यसो विचार गरेँ, विश्व मानचित्रमा नेपाल विशाल होइन, सानो छ । विश्वले पनि साना देशहरूकै सूचीमा राख्छ, नेपाललाई । सुन्दर, यहाँ प्रकृतिबाहेक कमसेकम अहिले केही छैन । शान्त ? यो त अहिलेको नेपालको आर्थिक, राजनीतिक परविेशको खिल्ली उडाउने शब्द नै भएको छ । तैपनि, किन हो कुन्नि मलाई गीत सुनी रहौँ जस्तो लागिरह्यो । गीत बज्दै जाँदा मेरो शरीरमा काँडा उम्रिंदै थिए । मलाई कुनै पुरानो कालजयी गाना सुनिरहँदाको क्षणभन्दा पनि बढी आनन्द आइरहेको थियो ।

सौन्दर्यमा शरीर

सौन्दर्य र पहिरनप्रति निकै सचेत अञ्जली सेनले बढ्दै गइरहेको उमेरले ल्याउने शिथिलता र बुढ्यौलीलाई लक्ष्य गरेर प्रायः आफ्ना अनुभवहरू सुनाइरहन्थिन्, मेन्टेनेन्स कस्ट निकै बढ्दै गइरहेछ अचेल शरीरको । पहिला जे कुरा यसै यत्तिकै प्राकृतिक रूपमै प्राप्त हुन्थ्यो, त्यसैलाई जोगाउन वा जोगिएको देखाउन मात्र पनि अनेक साधन-प्रसाधनहरू जुटाउनुपर्छ अचेल ! त्यसभन्दा पनि बढी तिनको नियमित उपयोग निम्ति जाँगर जुटाउन साह्रै कठिन छ ।

आस्था भन्नु अलाउद्दीनको बत्ती

  • by

जीवनमा बाँच्न चाहिने कुरा कति छन्, कति ! देख्नु, भोग्नु र चिन्नुपर्ने कुरा पनि कति छन् कति ! तर, हामी त खालि आफ्नै वरपिरकिा अनुहारहरूले घेरएिका छौँ, आफ्नै वरपिरकिा ध्वनिले छेकिएका छौँ । हाम्रा दृष्टि, विचार, चिन्तन र सोच सबै स्वार्थका साना-साना ढिस् काहरूमा ठोक्किएर आफैँतिर आउँछन् । आफैँले बोलेको आवाज पनि अर्काले बोलेको जस्तो सुनिरहेका हुन्छौँ । सानो सोचमा, सानो घेरामा, सानो स्वार्थमा, सानो उचाइमा उभिएर अहंकारका ठूला स्वरहरू चिच्याइरहेछौँ ।

बालबालिकाको मोलतोल

बेलुकाको बसबाट कार्यक्षेत्रतर्फ प्रस्थान गर्दा धादिङको गजुरीमा बस टक्क रोकियो । सडक दुर्घटनामा बालिकाको मृत्यु भएकाले यातायात बन्द भएको रहेछ । रातभर िबाटो खुल्ने आशामा बित्यो । बिहान भयो तर बाटो खुल्ने कुनै छाँटकाँट नदेखेपछि हामी गजुरी बजारतर्फ लाग्यौँ । करबि ९ बजिसकेको थियो, एउटा सानो चिया पसलमा हातमुख धोई चिया पिएर घटनास्थलमा पुग्यौँ । घटनास्थलमा सेतो कपडाले छोपेको सानो शिशुको लास र छेउमा दुईवटा माटाका घैँटा घोप्ट्याएर राखिएको हृदयविदारक दृश्यले मनलाई भावविह्वल बनायो ।

मन्थलीको मादक धुनी मण्डलीको केही सम्झना

  • by

जगदीश घिमिरेले जब मलाई रामेछाप, मन्थलीको साहित्यिकयात्राको निम्ता दिनुभयो मेरो मनमा दुईटा कुरा चल्न थाल्यो । एउटा ‘अन्तर्मन को यात्रा’ मा घिमिरेले बडो गर्वकासाथ, छाती ठोकेर तामाकोशी सेवा समितिको गर्नुभएको तारिफ र अर्को देश दर्शनको लोभ । खासगरी पहाडी क्षेत्रको नेपाली जनजीवनका यथार्थ बुझ्ने महìव अवसर । यसबाहेक अर्को कुनै कारण हुनसक्थ्यो भने त्यो थियो दिनदिनै रोबोटझैँ कार्यालय चिन्तानबाट मुक्त भई साहित्यकार, कलाकारहरूको अन्तरङ्ग निकटता पाउने सुअवसर मैले नाईं भन्न सकिन, चाहिन । कोटेश्वरमा बिहान बस चढ्ने बित्तिकै मैले चिनेका अनुहार साह्रै थोरै थिए ।

जिन्दगीको खोजी

  • by

कहिलेकाहीं त जिन्दगी बुढेसकालको समयजस्तै गहु्रङ्गो लाग्छ । मर्न नसकेर बाँचेकाहरूको विवशताजस्तो झर्कोलाग्दो, अनिद्राका रित्ता आँखाजस्तो, न देखेर रमाउन सक्छु र बिम्झेर ।

बेलायत यात्राको साहित्य

  • by

शीतकालीन जाडो र वषर्ायामको झरीजस्तो झरीमा रुझेर आकाश ओढी बसेको लन्डन सहरलाई हिथ्रो विमानघाटमा एकाबिहानै स्पर्श गर्छु । लाग्यो यहाँ कोही निदाउँदा रहेनछन्- समय, सहर, अफिस, सटक, मानिसहरू कोही पनि । त्यसैले विमानघाट पनि जागा थियो । पोल्ने आगोजस्तो बाहिरको चिसोले एक्कासि छोइँदा तरङ्गति हुन्छु । सागै निशा थिइन्- मित्रपत्नी । यहाँको जलवायुमा रङ्गसरि आफूलाई घोलेर एकाकार भइसकेकीले उनलाई असजिलो लाग्दैन ।

मनको एउटा आधारभूत समस्या

  • by

म अहिले शून्यतामा, रिक्ततामा, असाधारण अभावमा, भौतिक कुरा छोडौं मानसिक कुराको समेत अतुलनीय खोक्रोपनमा बसिरहेको छु । म बाँचेको नै छु । प्रमाण के भने म अहिले कलम लिएर पाठक समक्ष आइरहेको छु, म खाइरहेछु, बसिरहेछु, सुतिरहेछु, फेरि दिनदिनै ब्युँझिपनि रहेछु । मलाई मसित काम पर्नेदेखि मलाई चिन्नेसम्म मानिसहरू बोलाउने गर्दछन्, कहिलेकाहीँ मसित कुरा पनि गर्दछन्, आवश्यक भए केही लेनदेन पनि गर्छन् । मेरो मान राखिदिन भेट्दा र छुट्टिंदा मलाई अभिवादन पनि गर्छन् ।

चिट्ठी – आमालाई

  • by

नेपाल अामा सास्टाङ दण्डवत!

फोनमा हिजै कुरा त भाको हो तिम्रा धेरै कुरा स्पट बुझ्न सकिन कुरा गर्दा गर्दै तिम्रो बिजुलीप्रसाद छोरो सुत्यो कि दूरसंचारप्रसाद, “यो फोन नम्बरमा फोन गर्न निशेध गरिएको छ” भनी लाइन काटियो । तिमी निरास हौली भनेर यो चिट्ठी लेख्दै छु । हुलाकी छोराले नहराई हडताल नगरी बेलैमा पुर्याइदेला भन्ने आसा राखेको छु ।

शीतखोलाको सास्ती र वेदनाले गालेको आँत

  • by

यान्त्रीकरणको सहारामा एकै ठाउँबाट यसरी औँलाले माउस घुमाएर आˆनै अगाडि नवीन विश्वका चामत्कारिक दृश्यहरू ठम्याउने अपूर्व क्षण हो यो । तीसौँ वर्ष पुरानो पाषाणे अनुभव किस्सालाई संस्मरणको पोयोमा उनेर यसरी पस्किँदा शङ्कालु पाठकलाई काल्पनिक, मिथ्या र भ्रमपूर्ण हुनसक्छ घटना तथापि बुकुटोले चिमोटिएका र दुःखसँग अन्तरङ्ग बनेर हिमचिमिएका पाठकलाई पहाडी जीवनको झल्को अवश्य दिन्छ ।

प्रज्ञाप्रतिष्ठानका केही अनुभूति

  • by

म प्रज्ञाप्रतिष्ठानमा पुग्दा बालचन्द्र शर्मा त छँदै थिए, सोमनाथ र लेखनाथ, बालकृष्ण सम र सिद्धिचरण, भवानी भिक्षु र माधव घिमिरेजस्ता दिग्गज स्रष्टा थिए । महाकवि लक्ष्मीप्रसाद देवकोटा बितिसके पनि पछि सूर्यविक्रम ज्ञवाली र लैनसिंह बाङ्देलको समुपस्थिति रहृयो । यी कतिपय स्रष्टा व्यक्तित्वसँग मेरो सम्बन्ध पारिवारिक जस्तै भयो ।

सिलर क्याफेका चोटपटक

  • by

सिलर क्याफेको बाहिरी ओतमा मैले आफ्नो शरीरको हिउँ झार्दै गर्दा ऊ अचानक प्रकट भो । “म तिम्रो पिछा गर्दै थिएँ । तिमी त अचानक गायब भयौ ?” मैले भनेँ । उसले आफ्नो नाक जोडसँग सफा गर्‍यो र मन्द मुस्कानका साथ भन्यो, “हिउँ पर्‍यो, म कतै ओतको खोजीमा थिएँ ।”

सासूआमा

  • by

एक दिन त बाबूढाले- “सबैको रोपो हरियै भयो, हाम्रो त व्याडमै पसाउने भो” भनी आमा र बुहारी यानि मेरी श्रीमती विमलासँग करकर गर्दै हुनुहुन्थ्यो । संयोग खालबाट रित्तिएर अबेला ओठमुख सुकाउँदै मैले आँगनमा टेकेको मात्र के थिएँ भरखर घाँसको भारी टेकएर गाईवस्तुलाई घाँस दिँदै गरेकी विमला ममाथि पोलो घोचिएका अरिङ्गालझैँ गरी खनिई ।

नेत्र संवाद

  • by

मेरो नाकसम्मको दूरी राम्ररी ठम्याउन नसकेर होला उसको बायाँ हात मेरो चश्मामा अल्झिन पुग्यो । म उसको अप्रत्याशित ‘आक्रमण’ बाट झस्कें । चश्मालाई नाकको सहारा दिएपछि ऊतिर हेरें । ‘कस्तो लाग्यो त -‘ मेरो बायाँ सिटमा रहेको उसका आँखाले सोधिरहेका थिए ।

जून तिमी र म…मेरो अनुभूतिभित्र

जीवन न कथा हो न कुनै कविता यो मात्र एउटा भोगाइ हो, आ-आफ्नो । देखे सुनेका त्यही भोगाइलाई मानिसहरुले गीत बनाई गाएका छन् कथा बनाई अरुलाई सुनाएका छन् । कथा भनेर मैले लेख्ने कुनै टुक्रा मेरो लागि कल्पना हुन सक्छ कसै न कसैका विगत वा वर्तमानको कुनै अंश । कसैका भोगाइ पढ्नु एउटा कुरा हो, त्यसलाई महसुस गर्न सक्नु अर्को कुरा । अरुलाई महसुस गर्न भावुक मन पनि चाहिन्छ ।

मनको तिर्सना फोक्सोको भुटुवा

  • by

मेरै मन हो, मै अनभिज्ञ
कुन बेला यो के गर्छ,
अझ् योभन्दा दुःख त मैले
डोरिनु योसित नै पर्छ

कवि दुर्गालाल श्रेष्ठले सपना कवितामा भनेजस्तै यो दशैंमा मेरो मन पनि एकातिर डोरिन पुग्यो। मनले भनेपछि मान्छे विवश हुन्छ, मनका कुरामा तर्कले खासै काम गर्दैन।

भित्ते गणेश

  • by

हरेक बिहान अफिस जान माइक्रोबस चढ्नुपर्छ भित्ते गणेशबाट। भाडा तिर्ने बेलामा खलासीले सोध्छ― “कहाँबाट चढ्नुभएको?” उत्तर दिन्छु― “भित्ते गणेश।” शायद गणेशको यो नाम काठमाडौंका थुप्रै गणेशभक्तहरूलाई थाह छैन। कस्ता भव्य-भव्य विनायकहरूका अघि यो फुच्चे भित्तेको के मूल्य?