Skip to content

लुकेका महादेव निकाल्ने जात्रा पाहाँ चःह्रे

  • by


पाहाँ चःह्रे भन्नाले लुकमाध लुकेको महादेवलाई पूजा गरि मनाइने पर्व हो । लुकमाःद्य भनेको क्षेत्रपाल हुन् । आ-आफ्नो घरको मूलढोका अगाडि स्थापना गरिराखेको देवता नै क्षेत्रपाल हुन् । क्षेत्रपालले घर तथा घर वरिपरिको क्षेत्रलाई रक्षा गर्ने जनविश्वास छ । यिनै क्षेत्रपाललाई पूजा गरी वर्षको एकपटक काठमाडौँवासी पाहाँचःर्‍हे मनाउँछन् ।

नेपाल प्राचीनकालदेखिनै चाड वर्षमा धनी देश हो । नेपाल विश्वमा नै चाडपर्व, जात्रा, कला र संस्कृतिको पनि देश भने चिनिन्छ । यही संस्कृतिहरूको परम्परा र निरन्तरता नेपाल र नेपालीको विशेषता हो । संस्कृतिले मानिसलाई सभ्य बनाउन मद्दत गरिरहेको हुन्छ । एकैदिन एउटै तिथी, मितिमा सबै नेपाली एकै साथ मनाउने चाडपर्वहरूलाई राष्ट्रियपर्व भनिन्छ । त्यस्तै स्थानीय तहमा आ-आफ्नो क्षेत्रमा स्थानीयवासीले मात्र मनाउने चाडपर्वहरूलाई स्थानीय चाड पर्व भनिन्छ ।

नेपालमा वर्षभरिमा मनाइने चाडपर्वमध्ये पाहाचःर्‍हे पनि एक हो । पाहाँचःर्‍हे काठमाडौँ शहर र यसको वरिपरिका क्षेत्रहरूमा मनाइने परम्परागत ऐतिहासिक महत्त्वको चाड हो । पाहाचःर्‍हे नेपाल सम्वत् अनुसार चौ लागा चतुदर्शीका दिन त्यस्तै विक्रम सम्वत् अनुसार चैत्र कृष्णपदा चतुदर्शीका दिन मनाइन्छ । खासगरी काठमाडौँका नेवारहरूले वर्षभरि मनाउने चाडहरूमध्ये पाहाचःर्‍हे ठूलो हो । योचाड आ-आफ्नै रीतितिथी चलनअनुसार मनाउने गरिन्छ । पाहाँचःर्‍हे विशेषतानै लुकमाःद्यलाई पूजा आ-आफ्ना गरी मनाउने हो । त्यसदिन आ-आफ्नो घर अगाडि चोडहरूमा टोलटोलहरूमा लुकेर बसेका महादेवलाई बाहिर निकाली सफा सुग्घर गरी साँझमा पहरमा पूजा गरी मनाइने गरिन्छ । काठमाडौँका केही टोलटोलमा रहेका देविदेवता खटमा राखी आ-आफ्नो क्षेत्रमा परिक्रम गराई देवीदेवताहरूको जात्रा पनि गरिन्छ ।

पाहाँचःर्‍हेको भोलिपल्ट घोडाजात्रा पर्व मनाउने चलन छ । काठमाडौँको नेपाली सैनिक मञ्चको अगाडि घोडादौड प्रतियोगिता गरी घोडेजात्रा मनाउने गर्दछन् । विगतमा राजतन्त्रको समयमा त्यसदिन राजा घोडा जात्रा अवलोकन गर्न सैनिक मञ्च जाने गदथे भने बदलिँदो राजनीतिक व्यवस्थामा घोडाजात्राका दिन टुँडिखेल सैनिक मञ्चमा जाने गर्दथे । बदलिँदो राजनीतिक व्यवस्थामा घोडा जात्राका दिन टुँडिखेल सैनिक मञ्चमा राष्ट्रपतिले अवलोकन गर्ने प्रचलन बनेको छ । घोडे जात्रालाई नेपालीहरू एउटा महत्त्वपूर्ण जात्राको रूपमा मनाउने गर्दछन् । घोडेजात्रा हेर्नका लागि काठमाडौँ र काठमाडौँ वरिपरिका वासिन्दा मात्र नभई नेपालका विभिन्न क्षेत्रहरूबाट समेत थुप्रै मानिसहरू काठमाडौँको टुँडिखेलको सैनिक मञ्च वरिपरि भेला भई भुम्मिन्छन् ।

त्यसदिन काठमाडौँका विभिन्न टोलहरूमा सानासाना नानीहरूलाइ मलजा खुवाउने गरिन्छ । मलजा काठमाडौँका विभिन्न टोलहरूमा सानासाना केटाकेटीहरूलाई लाइनमा राखी र परीमा भात, गेडागुडी, तरकारी, हरियो सागपात मिठाइ, फलफूल, दही मसला राखी भोज जस्तो गरी खुवाउने मल जा नकेगु यानी हो । मल जा खुवाउने स्थानमा पान, मसला, चकलेट पैसा दुध आदि दिनको लागि थुप्रै मानिसहरू आउने गर्छन् । मल जा खुवाउने भनेको सामाजिक कार्य र उपकारको काम पनि हो । मल जा खुवाउनको लागि आ-आफ्नो टोलमा क्षेत्रमा गुठीहरू हुन्छन् । यी गुठीहरूले नै आ-आफ्नो टोलमा मल जा खुवाउने व्यवस्था गरेको हुन्छ ।

नेपालमा प्राचीनकालदेखि परम्परागत रूपमा चलिआएका चाड पर्वह जागाहरूलाई मानिसमा लाग्ने विभिन्न रोग व्याधीसँग पनि गाँसेर हेर्ने गरेको पाइन्छ । त्यसैगरी पाहाचःर्‍हेलाई पनि रोगसँग गाँसेर हेर्ने गरिन्छ । खासगरी पाहाँचःर्‍हे भनेको फागुन चैत्रतिर मनाइन्छ । र यो समय भनेको हिउँदे याम समाप्त भई गर्मी याम सुरू हुने भएकोले यस समयमा मानिसमा खास गरी सा-सानी केटा केटीहरूमा विभिन्न रोगहरू लाग्ने सम्भावना हुने भएकोले यस्ता रोगहरू नलागून भनेर केटाकेटीहरूलाई मल जा खुवाउने गरिन्छ । मल जा खुवाउनाले सानासाना नानीहरूलाई झाडापखालाजस्ता विभिन्न खाले महामारी रोगहरू लाग्दैन भनने जनविश्वास छ ।

पाहाँचःर्‍हेको अवसरमा घोडेजात्राको भोलिपल्ट काठमाडौँका असनमा विभिन्न देविदेवताहरूको जात्रा हुन्छ । यो जात्रालाई नेपाल भाषामा असःनय द्येःल्वाकेगु भनिन्छ । यस दिन काठमाडौँका विभिन्न क्षेत्रहरूबाट अजिमालाई खटमा राखी असनमा ल्याई पूजा गरी जात्रा गरिन्छ । त्यसै दिन पशुपति गौशालामा वसलामाजु र अरू विभिन्न अजिमा देविहरूको जात्रा पनि गरिन्छ । अजिमालाई तान्त्रिक देवि भनेर भनिन्छ । यसकारणले अजिमाहरूको पूजा पनि तान्त्रिक विधिबाट नै गर्ने गरिन्छ । तान्त्रिक विधिबाट पूजा गर्नुको अर्थ जीवनमा शक्तिप्राप्त होस् भन्ने हो । यही शक्तिबाट नै भूतप्रेत पिशाच आदिले छुन सक्दैन भन्ने विश्वास छ । त्यसकारणले पनि पाहाचःर्‍हेमा लुकमाद्यलाई पूजा गर्दा मानिसको जीवन राम्रो हुने गर्दछ । यसरी चाडपर्व जात्राहरू मनाउने नेपालीहरूको परम्परागत चलन पनि हो र संस्कृति पनि हो ।

शनिबार, गोरखापत्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *