Skip to content

बाहिर बतासले रुख फेंद देखि नै हल्लाइरहेका बेला
चराहरु चिरबिर गर्दै एक हाँगा देखि अर्को हाँगा चलिरहेका बेला
म आफ्नो पल्टिएको शरीर उठाएर झ्याल छेउ उभिन्छु
अनि दुवै हात फैलाएर हावाको स्पर्श प्रत्येक अङ्गमा पुर्याउन चाहन्छु
आँखा चिम्म गरेर त्यस ठाउँ बाट हराउन चाहन्छु
अनि अझै धेरै रुखहरु माझ, अझै अरु चराहरु छेउ
आफुलाई राखेर सबै चिजबाट मुक्त भएर मुस्कुराउन चाहन्छु
एकछिनमा आँखा खोल्छु र आफुलाई भर्खरै सोचेजस्तै ठाउँमा पाउछु
वरिपरीका दृश्य नियाल्न खोज्छु, रुखहरुको हरियोपन अनि
चराहरुको पखेटाको गतिमा समेटिएको सुन्दरता कस्तो होला
तर मेरो आश्चर्य, त्यहाँ अरु मानिसहरु पनि कुम फैलाएर
शिर तन्काएर, आँखा बन्द गरेर चिसो हावा महशुस गर्दैछन् । । ।

2 thoughts on “साझा चाहना”

  1. एकदमै राम्रो लाग्यो लामिछाने
    एकदमै राम्रो लाग्यो लामिछाने जी

Leave a Reply

Your email address will not be published. Required fields are marked *