Skip to content

editor

सँधै यो फूटेको कर्म

सँधै यो फूटेको कर्म, श्रीमानको पाउमा छ
भन्ने बेलामा धर्मपत्नी, दासीको ठाउँमा छ

खै के नै विराम थ्यो, आफूलाई था भएन
खै किन होला मलाई, सिध्याउने दाउमा छ

जून छ तर अँध्यारो

जून छ तर अँध्यारो, यहाँ जून न भा जस्तो
नुन छ तर अँध्यारो, खल्लो नुन न भा जस्तो

सतीले सरापेको देशमा, राम्रो गर्नै नहुने रै छ
सर्वस्व त्यागेर पनि, मान्छेमा गुण न भा जस्तो

MausamBhusal

चोट देऊ यो मुटुमा

चोट देऊ यो मुटुमा ठाउँ अँझै बाँकी छ
तिम्रै हातले लेखिएको नाउ अँझै बाँकी छ ।

निस्फिक्री खेले हुन्छ खुशी छु म पराजय मै
तिम्रो पक्षको आखिरी एक दाउ अँझै बाँकी छ ।

कोपिला नफुल्दै टिप्न थालेछ

कोपिला नफुल्दै टिप्न थालेछ त्यो विहानीमा
उमेर नपुग्दै माया लाएछ त्यो जवानीमा

समयले कोल्टे फेर्दा कस्तो आँधीवेरी चलेछ
आलोचना गर्ने ठाउँ नै छैन त्यो कहानीमा

मनोज बाबु

शायद समयलाई गर्न सकेन काबु
एक्लै टहल्लिरहेथ्यो मनोज बाबु
झ्वाट्ट मेरो उपस्थितिमा टक्क अडियो
दु:खेसो साथीको आँखामा पढियो

“ए मनोज के भो तँलाई यस्तो
शुन्यमा एक्लै झर्या तारा जस्तो”
“लाजै लाग्छ यार, के भनुँ तँलाई
धोका दिई बिन्दुले डिभोर्स गरि मलाई”

AnjanShresthaAbhagi

च्यातिएका डायरीमा

च्यातिएका डायरीमा तिम्रो नाम किन पाउँथे र ?
मेटिएका सायरीमा तिम्रो नाम किन आउँथे र ?

तिम्लाई भुल्ने बाहानामा पिउने बानी भयो
तिम्रो सम्झनामा एक्लै जिउने बानी भयो

दुई मुक्तक (तिम्रो हृदय फूल जस्तै)

तिम्रो हृदय फूल जस्तै कोमल छ कि ढुङ्गा जस्तै साह्रो छ
अहिले यसै भन्न सक्दिन म, भन्न अलि गाह्रो छ
तिमीले जस्तो टेन्सन दिदैंन बरु आनन्दै आनन्द दिन्छ
त्यसैले मलाई तिमी भन्दा यही मधु प्याला प्यारो छ ।

पत्रकारहरुले देखेको लेख्न कलम चल्छ
चित्रकारहरुले देखेको लेख्न कुची र रङ्ग चल्छ
मलाई भने तिम्रो नाइटोको खोपील्टो देख्नै हुन्न
किन हो किन न्वारानदेखिको जङ्ग चल्छ ।

देश निकै छट्पटायो

देश निकै छट्पटायो, आऊ न फेरि गौतम बुद्ध
सुख शान्ति लड्खडायो, आऊ न फेरि गौतम बुद्ध

छाडातन्त्र भएको छ, प्रजातन्त्र अचेल भरि
सद्भावना डगमगायो, आऊ न फेरि गौतम बुद्ध

20140529_KapilAnjan

कोहलपुरमा साहित्यिक वनभोज तथा कृति विमोचन कार्यक्रम

सातौं गणतन्त्र दिवसको अवसरमा बाँकेको ढकेरीमा साहित्यिक वनभोज, कृति विमोचन तथा कवि गोष्ठी सम्पन्न भएको छ । हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानको १०० औं रचना वाचन श्रंखलाको अवसरमा पुष्कर रिजाल पुष्पको समालोचनाको कृति समाचोलक तथा कार्यक्रममा प्रमुख अतिथि हरिप्रसाद तिमील्सिनाले विमोचन गर्नुभयो ।

समयले पर्खेन

त्यसै त्यसै व्यस्तताले हो वा,
मेरा अनेकौ बाध्यताले,
दिन दिन आफूलाई,
उनीहरूको सेवामा लिन,
आफ्नो भने हासो हुरीले उडाए झैँ,
खै कहाँ हरायो कहाँ,
हेर्दा हेर्दै आफूलाई,

पर्खिदैछू बिहे गर्न

पर्खिदैछू बिहे गर्न तर्किएर नजानुस् है
आएपछि फेरि बिदेश् फर्किएर नजानुस् है

सँगसँगै जिउने रहर जिन्दगीका हर प्रहर
मेरो हजुर शिरमा सिन्दुर् छर्किएर नजानुस् है

अजम्बरी माया रैछ धन कैले हुन्न रैछ
सम्पत्ति कै पछि पछि लर्किएर नजानुस् है

20140527_RanaKafle

भयवादीय बाल मनोविज्ञानको प्रयोग

आसाम भारतबाट रण काफ्लेले भयवादलाई चेतनामुलक ढंगबाट अगाडि बढाउन सञ्चालन गर्दै आएको बसिबियाँलोको १३ औं श्रृंखला ११ मे, २०१४ का दिन कार्विआङलाङ जिल्लाको लाङथाङ-कि विद्यालयमा सम्पन्न भयो ।

आम मानिसहरूले विस्वास नै गर्न गाह्रो हुने गरी १०, ११ वर्षका रोहन क्षेत्री र विष्णु क्षेत्रीले उत्साहबद्र्धक ढंगबाट कार्यक्रमको आयोजना गरेका थिए । कार्यक्रमको उद्देश्य नै बालबालिकामा लुकेर बसेको भयलाई निकाल्नु थियो ।

अमरावती कान्तिपुरी नगरी

“उहाँ छउन्जेल डिट्ठाविचारीसित बिन्ती बिसाउँदैमा बित्यो, कहिले उडुस-उपियाँको नाचगान हेरेर झ्यालखाना रुङ्दैमा बित्यो, कविता लेख्ने कत्रो धोको हुँदाहुँदै पनि मन फुकाएर मनग्ये ठेली लेख्नै पाइएन” स्वर्ग पुगेकै दिन आदिकवि भानुभक्तले नन्दनवनस्थित उर्वशी-पार्कमा टुसुक्क बसेर अपशोचको एक सुस्केरा हाले । उर्वशी- पार्कको रमिता बयान गरिनसक्नु थियो । त्यसमाथि बिर्खे टोपी र छड्के पछ्यौराको कसिएका निकै पुड्का भानुभक्तलाई त्यहाँ देखेर झुम्मिन आउने रम्भा र तिलोत्तमा आदि चपला अबलाहरूका चनमते आँखा छनमते कम्मर कसले हेरिदियोस् । त्यसैले अपशोचको सुस्केरा हाल्नेबित्तिकै आदिकविले अर्को खुसीको सुसेली पनि छाडिहाले-

कतिका वनिता कतिको रमिता
अब लेख्तछु याहिँ बसी कविता