Skip to content

editor

नेपाली कविताको मर्ममा युरोपमा नृत्यात्मक र सँगीतमय प्रस्तुति

बेल्जियम । बेल्जियमका नेपाली साहित्यकारहरूले नेपाल-बेल्जियम साहित्यिक आदान-प्रदानलाई नवीन र रोचक ढङ्गले प्रस्तुत गरेका छन् । ५ नेपाली कवि, करिब १३० बेल्जियन र ८ नेपाली कलाकारहरूले कवितात्मक, नृत्यात्मक र सँगीतमय रूपमा अर्थपूर्ण प्रस्तुति ‘गतिशील भावनाहरू’ (Moving Emotions) गत अप्रिल २५, २०१४ शुक्रवार सम्पन्न भयो ।

जिन्दगीमा मिठो मुस्कान

जिन्दगीमा मिठो मुस्कान,सितिमिती पाईंदैन
झलमल्ल सुनको विहान,सितिमिती पाईंदैन

गुराँस फुल्छन् वसन्तमा,शिशिरमा झर्छन् सवै
बाह्रै मैना फुल्ने उद्यान,सितिमिती पाईंदैन

म कहिले चेतिने होला ?

भरखरै वरिष्ठ साहित्यकार अनिल पौडेलको अतितको “विस्कुन” नामको आत्मसंस्मरण बजारमा आएको छ । जसलाई पाठकहरूले खुब रुचिकासाथ पढिरहेका छन् । त्यहाँ “बिहेको कथा” शिर्षकको संस्मरण छ । उनको विवाहको सन्दर्भको जसमा उनले नढाँटी नलजाई आफ्नो आर्थिक दुदर्शा उल्लेख गरेका हुन् । जसलाई नजिकबाट त्यो कुरा नबुझ्नेले अतिशयोक्ति पनि मान्न सक्छन् । तर उनको विवाहमा जन्ती गएका मेरा आफन्तहरूको कुरा अनुसार सबै सत्य हुन् मेरो विचारमा ।

मृत्‍युदण्ड हुनुपर्छ, अब बलत्कारीलाई

मृत्‍युदण्ड हुनुपर्छ, अब बलत्कारीलाई
सम्मान सद्भाव गर, छोरी चेली नारीलाई

सबैसामु फाँसी दिने, संविधान बन्नु पर्छ,
दलाल गिरोह अनि, अब भ्रण्टचारीलाई

जति रगतको खोला, बगाए नि आखिरीमा,
कलमले जित्छ सधैं, हतियार धारीलाई

तीन मुक्तक (आधा नै थियो बाँकी)

१)
आधा नै थियो बाँकी, पुरा कसरी दिन्थे
आश्वासनमा सीमीत, कुरा कसरी दिन्थे
सपना त म बोकेरै हिनेको थिए सहर,
सपनानै अधुरा रहे, सहारा कसरी दिन्थे

नपुजेको देवी र देवता

हपक्क गर्मीमा रामप्रसाद र फुलमाया खेतमा चपरी फोड्दै थिए । ज्यानबाट खलखली पसिना वगाउँदै गरेका दुवैलाई घामको कुनै पर्वाह थिएन । हरियो डाँडाको फेदको टारी खेतमा परैदेखि उफ्रदै कान्ला नाघ्दै एउटा किशोर आयो ।

‘बा, आमा आज एसएलसीको रिजल्ट भयो, मैले त डिस्टिङ्गसन ल्याएछु’ स्याँ स्याँ गर्दै उसले मुस्कुराउँदै भन्यो–‘फस्ट डिभिजनभन्दा पनि राम्रो भएछ ।’

‘स्यावास छोरा’ निधारको पसिना पुछ्दै रामप्रसादले खुसी व्यक्त गरे । फुलमाया पनि खुसीले दङ्ग पर्दै भनिन ‘राम्रो गरिस सन्ते, सधै यस्तै गर ।’ वर्षौदेखिको सपना साकार हुँदा रामप्रसाद र फुलमायाले चर्को घाममा शितल महसुस गरे ।

चरी, आकाश, प्रेम र स्वतन्त्रता

चरी चित्त चोर्दै यतै छेउ आई
चरी प्रेमको गीतमा चिर्बिराई
चरी रङ्ग-आनन्दले दङ्ग आई
चरी प्रेमको किम्बु खाँदै रमाई ।।

चरीको सबै पङ्खमा लाख रङ्ग
चरीमा सधैँ देख्न पाऊँ उमङ्ग
चरीबाट नै प्रेम-चातुर्य जानूँ
चरी गान सुन्दा म झर्को नमानूँ ।।

गीतमा कविताको चमक

भारतीय सिनेजगत्का चर्चित संगीतकार एव म गायक एआर रहमानले हलिउडको सिनेमा स्लम डग मिलिनियरका निम्ति पहिलो पटक ओस्कार पुरस्कार पाए र उनले ओस्कार पाएपछि आफ्ना माता करिना बेगमलाई सम्झिए र भावकुतावश भने, मेरे पास माँ है।

20140429_NishcalKaucha

कोरियामा नेपाली चेलीको “कर्मघरमा एक चक्कर” बिमोचन

पछिल्लो चरणमा नेपाली युवाहरू माझ आकर्षक गन्तव्यको रुपका परिचित दक्षिण कोरियामा कोरियन नागरिकसँग विवाह गरेर आएका प्राय नेपाली चेलीहरूले दु;ख पाएको घटना सुन्दै र देख्दै आएका थियौ । गत आईतबार भने छुट्टै माहोल साथ सिओलस्थित नेपाल हाउसमा कोरियन कवि तथा पत्रकार कीम ह्यङ ह्योसँग विवाह बन्धनमा बाधिएकी नेपाली चेली मञ्जु गुरुङको संस्मरण पुस्तक “कर्मघरमा एक चक्कर” बिमोचन हुदै थियो ।

पछुतो कथासङ्ग्रहले प्रष्ट्याउन खोजेका शैक्षिक मार्ग एक अवलोकन

परिचय

‘पछुतो’ कथासङ्ग्रहका लेखक चिन्तु गिरी हुनुहुन्छ ।, चिज्तु गिरीको जन्म पुतली बजार न.पा. –९, लामागे, स्याङ्जामा, माता खगीसरा र पिता नरभूपालका पुत्ररत्नको रूपमा भएको थियो । चिन्तु गिरीलाई हामीले कथाकारको रूपमाभन्दा पनि शास्त्रीय छन्दमा राष्ट्रियभावनाले भरिएका कविता लेख्ने कविको रूपमा चिन्दछौं । आज म भने उहाँको कथासङ्ग्रह ‘पछुतो’मा तनमन दिएर पढ्दै छु अनि मलाई लागेका भावना पनि पोख्दै छु । उहाँको रुची साहित्यमा बालककालमै थियो भन्न सकिन्छ उहाँको पहिलो रचना २०२८ सालमा मातृभूमिको गोरेटोमा प्रकाशित भएको थियो । यसबाट पनि के प्रमाणितथ हुन्छ भने उहाँको साहित्य लेखन १७ वर्षको उमेर पुग्नुभन्दा पहिला नै (विद्यार्थी जीवनबाटै), थालनी भएको थियो ।

आमाको महानता

प्राणी मात्रको सबभन्दा नजिक र प्रिय आमा नै हुन् । गर्वअवस्था देखि आजीवन अविरल र निश्वार्थ हित चाहनाले आमालाई मायाकी खानी पनि भनिन्छ । शृष्टि, पालन, संरक्षण, शिक्षा तथा सांस्कृति प्रदान गर्ने आमा नै वास्तविक जिउदो देवता हुन् । प्रकृतिले आमा र उनी भित्र माया नदिएको भए जीव सृष्टिबाट नै ठुलो प्रभाव पर्ने थियो होला । सम्पूर्ण जीव जगतको अध्ययनमा ठुला देखि असम सानासम्म जीवको आमाले सन्तानको हित सम्रक्षणका लागि जस्तो सुकै जोखिम उठाएको उदारहणहरू पाइने गर्दछन । यस्तो काम गर्न सक्ने शक्ति ईश्वरले प्रदान गरेका हुन्छन किनकि आमा नै शृष्टि गर्नका लागि ईश्वरकि प्रतिनीधि हुन् ।

भूत

आज मैले भूत देखेँ
जिउँदो मान्छे मृत देखेँ
चिता बल्छन् बिना चिहान
अँध्यारो भित्र छैन विहान

भूतका पनि कति मान्छे
भूतिनी पनि उतै जान्छे
डर धम्की त्रासले होला
बालक ववुरो कोहला कोहला