Skip to content

editor

मान्छेलाई यहाँ मान्छेको विश्वास

मान्छेलाई यहाँ मान्छेको विश्वास छैन
आफ्नै आमा – बाबु हराउँदा तलास छैन

हिजो – आज रातभरि खोकेर मर्दै गर्दा
खै छोरालाई कत्ति पनि आभाष छैन

बज्न छोडे पञ्‍चै र नौमती बाजा

रामेछाप चिसापानी-४ का ५२ वर्षीय शम्भुप्रसाद भुसालले पञ्चै बाजा बजाउन थालेको चार दशक पूरा भएको छ। बाबुबाजेले गरिआएको पेसा धान्ने उद्देश्यले बाजा बजाउन थाले पनि पछि संस्कारसमेत जोगिने बुझेपछि उनी यसैमा लागी परे।

विई अल मस्ट बि ह्युम्यान

अलिक पहिले
ठ्याक्कै मिति याद भएन
काला अझ भनुँ निख्खर काला
आँखाभित्र गहिरो खाडल खन्दै
ऊ बेसुरले
फलाक्दैथ्यो अंग्रेजीमा,
“विई अल मस्ट बि ह्युम्यान ।”

तलतल

पार्टीका तल्लो तहका नेताहरुले जनसमुदाय माझ भाषण गर्ने अवसर नपाए पनि रहर भने औधी लाग्दो रहेछ । त्यस्तै कुनै पार्टीका एक साना नेतालाई पनि भाषण गर्ने तलतल लागेछ ।

दिनको उज्यालोमा त उनलाई आँट थिएन । साँझपख रक्सी टन्न पिएर एकलै सडकमा लरवरिएर हिडदै भाषण गर्दै थिए । अलि पर एउटा ठाउँमा फोहरको डङगुर, पहाड जतिकै अग्लो थियो । टाढाबाट आएको बत्तीको उज्यालो त्यसमा पर्दा विभिन्न मानव आकृतिको छाया जस्तो देखिन्थ्यो ।

अन्तर्वार्ता

काम नपाएका झोँकमा हल्लँदा हल्लँदै एक दिन हाम्रा मामाले पनि पत्रिका निकाल्ने कम्मर कस्नुभो । मासिक, द्वैमासिक र त्रैमासिक अनगिन्ती भएकोले र पञ्चायती प्रजातन्त्रमा पाञ्चमासिक चाहिँ एउटा पनि नभएकाले त्यस महत्वपूर्ण अभावको पूर्ति गर्ने निधो भयो र नाम रह्यो– “हुटिट्याउँ” । यसलाई विज्ञापन प्रधान गराउने कुरामा पनि सहमति भै हाल्यो । प्रधान सम्पादकमा मामा स्वय म घोषित हुनुभयो र उहाँले माइजूको प्रकाशकत्वमा ७ जनाको एउटा हुटिट्याउँ परिवारको गठन गर्नुभो, जसको सदस्यमा एकजना म पनि नपरिरहन सकिनँ ।

बुढेसकालले छोयो क्यारे

बुढेसकालले छोयो क्यारे, कपाल सबै पाक्यो अब
सोच्न छोड्यो मस्तिष्कले, मनस्थिति थाक्यो अब

नाना थरी बिमारीले, दु:ख दिए सधैं भरि
किन किन लाग्न थाल्यो “दैवले नै डाक्यो अब”

नामसारी

वार्ता वार्ता भन्दै
वार्ता गरिरहेछन्
वार्ताका लागि पनि वार्तै गरिरहेछन्
उफ ! आफ्ना लागि बोलीहरू
अर्काका लागि गोलीहरू
संक्रमण चियाएर
उदात्त नबन तिमी

कावासोतीदेखि दार्जिलिङसम्मको शैक्षिकभ्रमणको अनुभूति तथा विवेचना

परिचय

कावासोती भरखरै नगरपालिका घोषणा भएकोमा खुसीयालीको रमझममा कावासोती कृषि बजारले कृषक, सञ्चालक समिति, कृषि विकास कार्यालय र उद्यमी व्यपारी सबैलाई समेटेर बजार तथा उत्पादनक्षेत्रहरूको अवलोकन गराउने र कुन ठाउँमा बजारको सञ्चालन कसरी भएको छ बजारको अवस्था कस्तो छ र कावासोती कृषि बजारले कावासोतीमा कस्तो व्यवस्थापन गरेर बजारलाई नमुना बजारमा परिणत गर्न सकिन्छ भन्ने उदेश्य अनुरूप, यो शैक्षिक भ्रमणको आयोजना गरिएको थियो ।

मैनबत्ती

कालो बैंसले उन्मत्त अँधेरीसंग
उज्यालो ईच्छा शक्तिले
जब मैथुन गर्छ
मैनको डिम्ब ज्योतिमा
शुक्रकिट आगो निसेचन हुन्छ
तब आफ्नै थाप्लोमा चिता बोकेर
मैनवत्तीको जन्म हुन्छ ।

यो साँझ, यो शहर मेरो पनि हो


कन्चट फुट्लाजस्तो भैरहेको थियो । साँघुरो कोठा जहाँ पर करिडोरबाट आइपुगेको दुई धर्सो मधुरो उज्यालोमा आफूलाई एउटा कुनामा पोको परेर थरथर काँप्दै गरेको पाई उसले । अचम्मको अस्तव्यस्तता थ्यो ।

Read More »यो साँझ, यो शहर मेरो पनि हो

सपना

यो सपनाको संसारमा
कस्को सपना साकार भयो र ?

सपना देख्न योग्यता चाहिन्छ
सपना देख्ने स्वतन्त्रता सबैलाई छैन
केही सपना बिशेष हुन्छन
केही सपना ब्यक्तिगत हुन्छन

रूस लेखक संघको ‘लेर्मोन्तोभ पदक’ बाट नेपाली साहित्यकरद्वय विभूषित

मास्को, १६ जून २०१४ (सोमवार) – रूसमा आदिकवि भानुभक्त आचार्यको द्विशतवार्षिक समारोहमा भाग लिन मास्को आइरहनुभएका मदन पुरस्कार विजेता नेपालका लब्धप्रतिष्ठ साहित्यकारद्वय श्रीकृष्ण धरावासी तथा श्रीअमर न्यौपानेलाई रूस लेखक संघले रूसका विख्यात कवि एवं गद्यकार मिखाइल लेर्मोन्तोभको नाममा स्थापना गरिएको साहित्यिक सम्मान ‘लेमोन्तोभ पदक’ बाट विभूषित गरिएको छ । यसै साल रूसमा पनि भानुभक्तकै दौंतरी रूसी कविको द्विशतवार्षिक समारोह भव्यताका साथ मनाइँदैछ ।

सक्दिन सक्दिन अब जिउन

सक्दिन सक्दिन अब जिउन तिमी बिना
सकुँला पानी बिना सक्दिन तिमी बिना
साँच्चै हो साँच्चै हा ढाँट्या हैन सक्दिन तिमी बिना

जति बिर्सुँ भन्छु तिमी झनै याद आउँछ
तिम्रो मुहार झझल्को बनी तड्पाईरहन्छ
डुबेँ म डुबेँ म तिमी सँगै सक्दिन तिमी बिना
सकुँला पानी बिना सक्दिन तिमी बिना

क्षितिज चेतना

क्षितीजको चेतना शुन्दर सृष्टि,
दुर्गम कठोर चट्टानमा उम्रिएको पिपल,
मौलाउदै झागिदै विशाल वृक्ष जस्तो ।

नदीका अन्तसम्म लम्वने किनाराहरु,
विषम भौगोलिक वनावट विरुद्धमा,
अविरल कटानले सुगम राजमार्ग बन्दै जस्तो ।

शिरोमणी सत्यवती

नेपाली साहित्यका विभिन्न विधामा महिलाले पु:याएको योगदानबारे अध्ययन-अनुसन्धान गर्ने सिलसिलामा लेखनाथ पौड्यालकी श्रीमती सत्यवती पौड्यालको कवितासंग्रह नामक कृति प्रकाशित भएको जानकारी प्राप्त भयो। यसले निकै उत्साहित तुल्याएकाले म उनका बारेमा थप खोजी गर्न अग्रसर भएँ।

कविहरु जटा पाल्‍नेदेखि साङ्लो बाँध्‍नेसम्‍म

राजधानीमा आयोजना हुने साहित्यिक कार्यक्रमहरूमा उनी छुट्दैनन्। उनी हलभित्र पस्छन्, आफ्नो झोलाबाट बोतल निकालेर घ्वाटघ्वाट पानी पिउँछन्। कार्यक्रमको सुरुदेखि अन्त्यसम्म अनुशासित भएर सहभागी हुन्छन्।