editor
तलतल
पार्टीका तल्लो तहका नेताहरुले जनसमुदाय माझ भाषण गर्ने अवसर नपाए पनि रहर भने औधी लाग्दो रहेछ । त्यस्तै कुनै पार्टीका एक साना नेतालाई पनि भाषण गर्ने तलतल लागेछ ।
दिनको उज्यालोमा त उनलाई आँट थिएन । साँझपख रक्सी टन्न पिएर एकलै सडकमा लरवरिएर हिडदै भाषण गर्दै थिए । अलि पर एउटा ठाउँमा फोहरको डङगुर, पहाड जतिकै अग्लो थियो । टाढाबाट आएको बत्तीको उज्यालो त्यसमा पर्दा विभिन्न मानव आकृतिको छाया जस्तो देखिन्थ्यो ।
अन्तर्वार्ता
काम नपाएका झोँकमा हल्लँदा हल्लँदै एक दिन हाम्रा मामाले पनि पत्रिका निकाल्ने कम्मर कस्नुभो । मासिक, द्वैमासिक र त्रैमासिक अनगिन्ती भएकोले र पञ्चायती प्रजातन्त्रमा पाञ्चमासिक चाहिँ एउटा पनि नभएकाले त्यस महत्वपूर्ण अभावको पूर्ति गर्ने निधो भयो र नाम रह्यो– “हुटिट्याउँ” । यसलाई विज्ञापन प्रधान गराउने कुरामा पनि सहमति भै हाल्यो । प्रधान सम्पादकमा मामा स्वय म घोषित हुनुभयो र उहाँले माइजूको प्रकाशकत्वमा ७ जनाको एउटा हुटिट्याउँ परिवारको गठन गर्नुभो, जसको सदस्यमा एकजना म पनि नपरिरहन सकिनँ ।
कावासोतीदेखि दार्जिलिङसम्मको शैक्षिकभ्रमणको अनुभूति तथा विवेचना
परिचय
कावासोती भरखरै नगरपालिका घोषणा भएकोमा खुसीयालीको रमझममा कावासोती कृषि बजारले कृषक, सञ्चालक समिति, कृषि विकास कार्यालय र उद्यमी व्यपारी सबैलाई समेटेर बजार तथा उत्पादनक्षेत्रहरूको अवलोकन गराउने र कुन ठाउँमा बजारको सञ्चालन कसरी भएको छ बजारको अवस्था कस्तो छ र कावासोती कृषि बजारले कावासोतीमा कस्तो व्यवस्थापन गरेर बजारलाई नमुना बजारमा परिणत गर्न सकिन्छ भन्ने उदेश्य अनुरूप, यो शैक्षिक भ्रमणको आयोजना गरिएको थियो ।
यो साँझ, यो शहर मेरो पनि हो
कन्चट फुट्लाजस्तो भैरहेको थियो । साँघुरो कोठा जहाँ पर करिडोरबाट आइपुगेको दुई धर्सो मधुरो उज्यालोमा आफूलाई एउटा कुनामा पोको परेर थरथर काँप्दै गरेको पाई उसले । अचम्मको अस्तव्यस्तता थ्यो ।
रूस लेखक संघको ‘लेर्मोन्तोभ पदक’ बाट नेपाली साहित्यकरद्वय विभूषित
मास्को, १६ जून २०१४ (सोमवार) – रूसमा आदिकवि भानुभक्त आचार्यको द्विशतवार्षिक समारोहमा भाग लिन मास्को आइरहनुभएका मदन पुरस्कार विजेता नेपालका लब्धप्रतिष्ठ साहित्यकारद्वय श्रीकृष्ण धरावासी तथा श्रीअमर न्यौपानेलाई रूस लेखक संघले रूसका विख्यात कवि एवं गद्यकार मिखाइल लेर्मोन्तोभको नाममा स्थापना गरिएको साहित्यिक सम्मान ‘लेमोन्तोभ पदक’ बाट विभूषित गरिएको छ । यसै साल रूसमा पनि भानुभक्तकै दौंतरी रूसी कविको द्विशतवार्षिक समारोह भव्यताका साथ मनाइँदैछ ।

मान्छेलाई यहाँ मान्छेको विश्वास छैन
अलिक पहिले
भो मलाई चाहिँदैन कुर्सी
बुढेसकालले छोयो क्यारे, कपाल सबै पाक्यो अब
कालो बैंसले उन्मत्त अँधेरीसंग
सक्दिन सक्दिन अब जिउन तिमी बिना
क्षितीजको चेतना शुन्दर सृष्टि,