जून छ तर अँध्यारो, यहाँ जून न भा जस्तो
नुन छ तर अँध्यारो, खल्लो नुन न भा जस्तो
सतीले सरापेको देशमा, राम्रो गर्नै नहुने रै छ
सर्वस्व त्यागेर पनि, मान्छेमा गुण न भा जस्तो
त्यो लाम्टो कति तान्नु र, झन् पो छोट्टिदैं गयो
दूध दुहुने बेलामा, गाईको थुन न भा जस्तो
झरीमा चुर्लुम्म डुबेर, गेडा – गुडी फूले झैं
जिन्दगी भित्र नशा छ, तर खुन न भा जस्तो
आफ्नै रगतले गीत रच्यो, गायो घोक्रो फुटुञ्जेल
गीतहरू मीठा छन्, तर धुन न भा जस्तो ।
– © मानन्धर अभागी ।
