Skip to content

editor

समर प्रकाशको पर्खाललाई नियाल्दा

परिचय

युगीन साहित्य समाज रुपन्देहीले नववर्ष २०७१ को १ गतेको दिन भव्य साहित्यिक कार्यक्र गर्ने भनेर मलाई सहभागी हुनको लागि निम्ता पठाएको थियो तर यस्तो महत्वपूर्ण कार्यक्रममा म सहभागी हुन सकिन । विमोचित कृति प्राप्त भएमा मैले गहिरो अध्ययन गर्नेछु र त्यसप्रति मैले जानेका र लागेका भावनालाई अवश्य पनि पोख्ने छु भन्ने बचनबद्धता, युगीन साहित्य समाजका पदाधिकारीहरू (अध्यक्ष बिनोद उदय लगायत यज्ञप्रसाद न्यौपाने, सुरज पाण्डेय, सुशील सापकोटा, युवराज लामिछाने)लाई, प्रकट गरेको थिएँ । कार्यक्रम निकै प्रभावकारिरहेको जानकारी पाएँ । खुसी लाग्यो उक्त दिन समर प्रकाशको, वमोचित भएको कृति, ‘पर्खाल’ युगीनका मित्रहरूले साहित्यकार दीपक सोती मार्फत पठाएको, कृति प्राप्त गरें । समर प्रकाशसँग मेरो भेटघाट भएको हो या होइन मलाई एकिन भएन । उहाँले आफ्नो कृतिमा राखेको तस्विरलाई हेर्दा नवयुवक देखिनुहुन्छ तर उहाँको जीवनी तथा पारिवारिक विवरण कृतिमा समावेश गर्नुभएको छैन । भन्न मन लाग्यो, कृतिकारले आफ्नो जीवनी, साहित्यिक आवद्धता तथा छोटो परिचय दिनु राम्रै हुने हो तापनि समरजीले आफ्नो रचनाले नै परिचित गराओस् भन्ने धारणा लिए जस्तो लाग्यो ।

चक्रब्युह

“औडाहा नगर न यार । ए दुर्योधन, एक ट्रिप्स ले न । मान्छेलाई यहाँ कस्तो छटपटी भइराख्या छ ।”

एकान्त स्थल । अपरान्हको समय । १३ देखि १७ वर्षका किशोर किशोरीहरू कोही स्म्याक्सको ट्रिप्स लगाइरहेका छन् । कोही स्म्याक्सको तालमा झुमिरहेका छन् । अभिमन्यु १४ वर्षे किशोर ट्रिप्स नपाएर छटपटाइरहेको छ । उसलाई ट्रिप्स दिन कोही मानिरहेको छैन । आँखाबाट आँसु र मुखबाट र्याल चुहाउँदै अभिमन्यु १७ वर्षे दुर्योधनसँग ट्रिप्सको लागि अनुनय बिनय गरिरहेको छ ।

समयले धुरुधुरु रुवाएरै छाड्यो

समयले धुरुधुरु, रुवाएरै छाड्यो आज
मुटु छेड्ने तीखा वाण, चलाएरै छाड्यो आज

नभए झैं भयो अव, रवि शशि आकाशमा
नयनको ज्योति पनि, हराएरै छाड्यो आज

बिधुवा

कहिले सरकार पक्षको गोलीले
कहिले सरकार विरोधी टोलीले
श्रीमान् मारीयो, दु:ख बिर्सिगो
बिधुवालाई बाँच्नु पर्ने कस्तो दु:ख यो

डालो, नाङ्लो, कसौँडी रित्तै छरियो
लडीबुडी काखे बच्चा, दूधै रोकियो
छोरा छोरी भोकै रोको हेर्नै गारो
बनी गर्ने मरि गयो छैन चारो

भानुभक्तको सम्झनामा

कोहि मान्छे सरस मतिका प्रेम तृष्णा सुधार्ने ।
मनमा बस्तै मधु जडित वास्ना छरी राज गर्ने ।
यात्रा लामो तय गरी गरी लक्ष्य शुन्यै भएर ।
चोरी मोरी दिल मधुभरी वस्छु टाढा गएर ।

उन्दै माला श्रीजन फुलका हातमा हौसिएर ।
तान्दै चाला चपल मनका झन् तरंगै लिएर ।
आाँधी आएसरी मन लगी वन्दी हुँ क़ैदी जस्तै ।
भुल्दा भुल्दै त्रीषीत वनियो जीवनी हो कि यस्तै?

आमा

एक थोपा “म”
अस्तित्व बिहीन मेरो पहिचान
नौ महिनासम्म निरन्तर
आफ्नै ढुकढुकिको कंम्पन्नले
स्वर्ग रूपी गर्भको चौतारीमा ओथारेर
ममताको स्पर्शहरूले पटक पटक
ओल्टाई कोल्टाइ ……ओथार्दै

आज फुर्सद छैन र पनि म तिमीलाई सम्झिरहेछु

हिजो फुर्सद थियो
र तिमीले बिर्स्यौ
आज फुर्सद छैन र पनि
म तिमीलाई सम्झिरहेछु
युगिन क्षितिजबाट
चियाउनु परेको छैन,
भत्की सक्यो

डिसीमा सिद्धिचरण जन्म जयन्तीमा सम्मान

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) डिसी शाखाको आयोजनामा सिद्धिचरण जन्म जयन्ती बिगत वर्ष झैँ सफलता पूर्वक मनाईएको छ l उक्त कार्यक्रममा बिबिध कोसेली प्रस्तुतिको साथै आमन्त्रित बिसेष व्यक्तित्व, भाषा तथा साहित्यमा बिसेष योगदान गर्नु हुने नेपाल, अमेरिका र बेलायत ३ वटा मुलुकहरूमा बसोबास गर्ने व्यक्तिहरूलाई सम्मान गरिएको थियो l

BijayChalise

सुन्दर शैली र विम्बमा उदभाषित ‘नर्थ सी को किनारबाट’

एक दिन मेरो मुहार पुस्तिका (फेसबुक) मा एकजना अपरिचित साहित्यकार मित्रबाट ‘हुलाक ठेगाना पठाइदिने’ अनुरोध आयो । त्यो अनुरोध थियो – साहित्यकार भाइ दीपेन्द्र के.सी. को । आफ्ना सद्यप्रकाशित कविता कृति उपहारस्वरूप पठाउनका लागि उहाँलाई ठेगाना चाहिएको थियो । अनि कृति उपलब्ध गराएपछि केही प्रतिक्रियाको अपेक्षा गर्नु हामी सर्जकको स्वाभाविक चाहना हुने भइहाल्यो । कविता पढ्न मलाई त्यतिबिन रौस नलाग्ने भए पनि सात समुद्रपारीबाट एकजना साहित्यकार मित्रको अनुरोध अस्वीकार गर्न सक्ने कुरै थिएन र मैले त्यही मुहार पुस्तिकामार्फत आफ्नो ठेगाना दिएँ । नभन्दै त्यसको दुई–तीन हप्ता जतिपछि एउटा आकर्षक पुस्तक हातपर्यो । डिमाइ आकारमा ३० वटा शक्तिसाली कविता उनिएको एउटा कवितासङ्ग्रह । कृति थियो ‘नर्थ सि को किनारबाट’ !

हावासँग जुध्न खोजें

हावासँग जुध्न खोजें आफै उड्ने डर भयोl
जड्याहाको जिन्दगानी घर न त थर भयो

एक जुनी बाँच्न यहाँ सयौ पल्ट मर्नु पर्दा,
एक मुठी स्वास चल्ने न त कुनै भर भयो

देऊ

भोको पेटलाई खानेकुरा होइन
माटोको अमृत टिप्न सिकाई देऊ
नांगो ज्यानलाई जडे्यौरी होइन
कपडा सिलाउन सिकाई देऊ
आकासमुनि बाँच्नेलाई ओत होइन
घर बनाउन सिकाई देऊ
रातमा हिड्नलाई सहारा होइन
ज्योति वाल्न सिकाई देऊ

धक फुकाई रुने

धक फुकाई रुने अनि हाँस्ने मान्छे मन पर्छ
दु:ख सुख जे परे नि बाँच्ने मान्छे मन पर्छ

डाहा इर्ष्या रिसराग सबै सबै त्यागी दिई
भात्किएका सम्बन्ध ती गाँस्ने मान्छे मन पर्छ

अमर छौ तिमी : श्रद्धा बोकी कलम मसीले गर्छु यस्तै प्रयास

इजरायलमा भानुभक्त द्विशतवार्षिकी जयन्ती भव्य तथा सभ्यतासँग मनाउन यतिखेर साहित्यिक मनहरू लागि पर्नुभएको हुदाँ मेरो श्रद्धारुपी दुई सुमन भानुभक्त तिमीलाई ।

तिम्रो झल्को अमर इतिहास, सै बनोश नित्य छायाँ,
नेपालीका घर घर हुने, प्रेम वास्लय माया,

भानुभक्त तिमीलाई खै कसरी बिर्सनु ? चाहे आँखा नै चिम्म गरु वा उघारेर नै हेरु, तिमी त मेरो मन मष्तिस्कमा र हरेक नेपालीको मुटुको धड्कन भएर मानसपटलमा यसरी बसेका छौ कि चाहेर पनि कसैले बिर्सन सक्दैन तिमीलाई ।

हामी पनि चोखो मायाँ

हामी पनि चोखो मायाँ, लगाउँथ्यौं तन्नेरीमा
अनगिन्ती स्वप्नाहरू, सजाउँथ्यौं तन्नेरीमा

त्यसै त्यसै बरालिँदै, बिराएनौ बाटो कहिल्यै
सत्य, निष्ठा, कर्तव्यमै, रमाउँथ्यौं तन्नेरीमा

सम्झौटो

जस्ले जीवनको प्रवाह नगरी, संतानमै खर्चिए l
शिक्षा शास्त्र बिचारले समयमा, राम्रो व्यवस्था गरे l l
भोको पेट लुगा कुनै बखतमा, खाली नराखी दिए l
चाहेको सुतले सबै तयगरे, बाँकी नराख्ने भए l l १ l l

रोगै लाग्न कतै दिएन निजमा, स्वास्थ्योपचारै गरे l
हुर्काए अब भो जवान वयले, पालो दिनै योग्य रे l l
खोजि जागिरको कतै पथ नयाँ, सोचेर हिड्दै थिए l
राम्रो जागिर भेटियो र अझ एक, कन्या सखी पार्दिए l l

DharmaRajKoirala

कविता

मनभरी घटनाहरु सम्झदा
तरल भाव उछालिन ठोकिदा
तन विभोर सदा मन मै डुवी
तरसका रसका छन ढुक्ढुकी ।

नदी तरंगित छाल सुमाधुरी,
जीवन धर्ति शखा सठ चातुरी
गति छिनाली विखण्डित मार्ग भो
चपलता पलता अयथार्थ हो ।

यात्राभरि त रहेछौ नि

यात्राभरि त रहेछौ नि मेरो साथ खोजेकी
गन्तव्यमा पुग्यो आज हेर पराई सोँचेकी

भन्नेहरू भन्ने गर्थ्यो आहिले प्रेमको जमान छैन
त्यस्तै रहेछ थाहा पाएँ आफ्नो भन्ने आफ्नो भएन
जंघार तर्न खोज्यो सँगै आहिले बाटो अन्तै रोजेकी
गन्तव्यमा पुग्यो आफू हेर पराई सोचेकी

आफैंले म आफैंलाई, गजलकार भन्न थालें

आफैंले म आफैंलाई, गजलकार भन्न थालें
ज्यान सुकेकै भएनि, मसलदार भन्न थालें

अलि सिधा- सोझो अनि, लुतेलाई देखें भनें
बिना गल्ती धम्क्याउदै, खबरदार भन्न थालें

प्लाटफर्म नै एउटा जिन्दगी जस्तो

कोही आउने कोही जाने
क्रम चलिरह्यो
स्टेशनबाट स्टेशनतिर
रेल अघि बढिरह्यो

कतै खल्याङबल्याङ
कोही अल्याङटल्याङ
कोही ढेपिएर चढ्न तयार
कोही टिकट काउन्टरमा हतार हतार