रहस्यभित्र पक्कै रहस्य छ
रहस्यभित्र केही अवश्य छ
पारियो सखाप पूरै त्यो वंश
सम्पूर्ण नेपाली आज नैराश्य छ
स्वदेश चाल वा विदेशी चाल
कुन चाहिँ तत्व सदस्य छ ?
अपराध गर्नेले गर्यो वा गरायो
आजसम्म अपराधी अदृश्य छ
था हुने कोही मरे – कोही अझै मूर्ति
कुजात भनाउँदा अस्पृश्य छ ।
– © मानन्धर अभागी ।
