पर्खिदैछू बिहे गर्न तर्किएर नजानुस् है
आएपछि फेरि बिदेश् फर्किएर नजानुस् है
सँगसँगै जिउने रहर जिन्दगीका हर प्रहर
मेरो हजुर शिरमा सिन्दुर् छर्किएर नजानुस् है
अजम्बरी माया रैछ धन कैले हुन्न रैछ
सम्पत्ति कै पछि पछि लर्किएर नजानुस् है
त्यता होलान् केही बाधा यता केही जिन्दगीमा
सुनाउछु भेट हुँदा झर्किएर नजानुस् है
अर्जुन चौपारी ४
स्याङ्जाली रमेश
हाल मरुभूमिको छातीबाट
