Skip to content

सँधै यो फूटेको कर्म


सँधै यो फूटेको कर्म, श्रीमानको पाउमा छ
भन्ने बेलामा धर्मपत्नी, दासीको ठाउँमा छ

खै के नै विराम थ्यो, आफूलाई था भएन
खै किन होला मलाई, सिध्याउने दाउमा छ

बाबा – महत्तारी भन्नु हुन्छ, फर्की आउ बरु छोरी
पुग्नु कसरी त्यो माईती, विकट गाउँमा छ

यमराजले झैं लोग्नेले, सँधै लखेटी रहन्छ
बाँचिन्छ वा बाँचिदैन, आज धाउ – धाउमा छ

दैवको लीला यस्तै रै छ, आफ्नो खोटो भाग्य
यहाँ पीर चिन्ताहरू, म मा भन्दा बाउमा छ ।

– © मानन्धर अभागी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *