आँखामा लाउँली गाँजल मैना
नाकमा लाउँली सुन फुली
मैले त आँटे तिम्ले नि आँट
नगर त्यो मन चुलबुली
जयसिंह राजाको सन्तान हुँ मैना
आपा त गाँउको तम्बा हो
ख्यालठट्टा होईन गरेको मैले
आँट त बोकेकै रुम्बा हो
मान्छेको चोला बगेको खोला
नबस हेरी टुलटुली
आँखामा लाउँली गाँजल मैना
नाकमा लाउँली सुन फुली । २
दुहुनो भैँसी गोठमा मैना
दुई हल गोरु खर्कामा
खेतै त भनौँ धानको बाला
हिउँदो होस या वर्षामा
के छ सुर भन कुरा
नराख मलाई पर्खामा,
खोरको बाख्रा फुकाए मैना
पाखै भर्छ, म्याँ गर्छ
तिम्लाई नि चित्त बुझेको भए
साँच्चै नै म त बिहे गर्छ
आँखामा लाउँली गाँजल मैना
नाकमा लाउँली सुन फुली
मैले त आँटे तिम्ले नि आँट
नगर त्यो मन चुलबुली । २
राजेश रुम्बा लामा “अतृप्त”
