Skip to content

राजे र काठमाण्डौ

  • by
SujanSeling


राजे,
एउटा बेरोजगार
तर
अपूर्ण शिक्षित जवान ।
आफ्नो
शैक्षिक यात्रालाई
पूर्णता दिन
स्वर्णिम
सपनाहरूका साथ
काठमाण्डौं
छिरेको थियो ।
राजेले
आफ्नो सपनाहरू
साकार पार्न
एउटा
युद्ध छेड्नु थियो ।
उसले
जीवनको
महान युद्धहरू
काठमाण्डौंमा
प्रारम्भ गर्‍यो,
टिनेजरको
कच्चो उमेरबाट ।
राजेले
काठमाण्डौंलाई
जसरी बुझेको थियो,
उसले लड्दै जादा
त्यस्को ठिक उल्तो
काठमाण्डौंलाई पायो ।
राजे
सोच्थ्यो
काठमाण्डौं
सहयोगी छ ,
प्रसस्त अवसरहरू
मेरा अगाडि पछाडि छन,
त्यसै त
काठमाण्डौं
हाम्रो राजाधानी ,
देशको सारा
रिमोट कन्ट्रोलरहरू
यही भेटिन्छन् ।
राम्रो जागिर
कसो नभेटिएला ?
राजे
सोच्थ्यो ।
कठमान्डौको
गल्ली गल्ली
राजे घुम्यो ।
काठमाण्डौंको घुमाइहरूमा
राजेले
अनेकन
रोजगारीका निकायहरूको
ढोका ढकढकायो
हरेक ढोकाहरूमा
नाताबाद अनि
कमिशनका ठुल ठुला
पेटीहरू टेबल
तल माथि खेलेको देख्यो ।
राजेको लागि
जागिरमा छिर्न
फलामको चिउरा
चपाउनु जस्तै भयो ।
राजे घुन्दाइ रहयो
गल्ली र चौकहरूमा
भोकै र तिर्खै ।
राजेले
चिल्ला मटरहरूमा
सुकिला अनुहारहरूको
भिड देख्यो ।
राजे
त्यो मोहमा चुर्लुमा डुब्यो ।
अब
राजेको
बाटो परिवर्तन भयो ,
रक्त चन्दनको
ओसार पसार,
गाजा, हिरोइन, चरेस
आदिको
कारोबारको बाटोमा
हिड्दा हिड्दै
यी यस्ता समुहको
नाइके बन्यो ।
राजेलाई अब
काठमाण्डौंमा
राजे होइन
राज
भनेर चिनिन थालियो ।
राज
दुई नम्बरी गिरोहको
काठमाण्डौंको राजा भयो ।
राज
ठुल् ठुला ठेक्का पट्टा
लेन देन सबै तिर
उसको खोजी हुन थाल्यो ।
र
उसलाई प्रतिशत मिल्न थालयो ।
गर्दा गर्दै राज
जस्तो सुकाइ
कामको जोखिम उठाउन पनि
पछी नहट्ने भैसक्यो ।
अपहरन,
गुण्डागर्दी,
लुटपाट,
स्मग्लर,
ज्यानमारा,
ठग जस्ता
अपराधिक काममा
राजको प्रयोग हुन थालयो ।
राज
प्रसाशनको आँखामा
वानटेट् भयो ।
उसको खोज तलास शुरु भयो ।
कानुनको आँखामा
अपराधिक समुहको
पहिलो नाइके
भएर निस्कियो ।
अन्तत राज
सधैंको लागि
जेलको काल कोठारिमा
बन्द भयो ।
ती काल-कोठरी साङ्गै
राजेको मनभरिको
स्वर्णिम सपनाहरू
समाप्त भयो ।

सुजन सेलिङ “लुङमाहिम साईला”

Leave a Reply

Your email address will not be published. Required fields are marked *