Skip to content

किन सोध्छौ दुख्यो ? भनी अचानो हुँ जान तिमी


किन सोध्छौ दुख्यो ? भनी अचानो हुँ जान तिमी
जति काट दुख्ने छैन रुँदिन म मान तिमी ।

टुक्रा टुक्रा पारे पनि हुने छैन केही अब
तिम्रा लगि मरिसकें लासै सरि ठान तिमी ।

म त हिड्छु मेरै बाटो बाधा तिमीलाई दिन्न
छेक्दिन म कहिले पनि आफ्नो बाटो छान तिमी ।

किन होला सललल कल्पनाको ताँती लाग्यो
नछाडन फुक्का गरी दह्रो सँग बान तिमी ।

नबाल ती अतितका दियोहरू निभिसके
लम्किन्छ कि यता बरु उतै पट्टि तान तिमी ।

4 thoughts on “किन सोध्छौ दुख्यो ? भनी अचानो हुँ जान तिमी”

  1. mukunda prasad bhattarai

    ramro nikai ramro 6
    दुक्छ साथी जीवनमा कैलेकहीं घाउहरु
    सबै खेरा जान सक्छन सुमार्ग का दाउहरु
    सम्झे जस्तो सोचेजस्तो कहाँ होला जीवन
    संघर्समै फुल्छ जीवन पाखा लाक्छंन राहुहरु
    बसन्तको कोकिलझैँ बन तिमि सधा
    आशामीको पछी पछी लागिरहुन साहुहरू

  2. मिठो
    भावनाहरुलाई भूमिका बाँधेर मिठो कृतिस्वरुप पस्कनु भएको रहेछ । तपाईंको कलमले निरन्तर गति लिईरहोस् ।
    हासं तिमि यसै गरि , दुख सबै हरि दिन्छु
    तिमि हिड्ने बाटो भरि,फुलहरु छरी दिन्छु

    अरु केहि चाह छैन , माया दिन्छु भन सधै
    इन्द्रेणीको रंग चोरी,सिउदो तिम्रो भरि दिन्छु

    सुन्को थैला हातको मैला,नासि जान्छ आखिरीमा
    अमुल्य यो जिन्दगि नै, तिम्रो नाममा गरि दिन्छु
    bishnuthapa48@yahoo.in & facebook.com

  3. भावनाहरुलाई भूमिका बाँधेर
    भावनाहरुलाई भूमिका बाँधेर मिठो कृतिस्वरुप पस्कनु भएको रहेछ । तपाईंको कलमले निरन्तर गति लिईरहोस् । THANKS
    BISHNUTHAPA48@YAHOO.IN

    सम्भवत जिंदगीको हरेक सपनीमा तिमीलाई सम्झनेछु
    रमाईला ती पलहरुलाई काखी च्यापी सम्भाल्नेछु
    येदि सकिन भने मलाई माफ़ गर्नु
    जीवनको हारेको पल तिम्रै निम्ति अर्पण गरिदिने छु

Leave a Reply

Your email address will not be published. Required fields are marked *