ks
‘आमाको स्मृतिमा’ बनेको ‘सत्यप्रेमी’को आँसुको दह छिचोल्दा
सुदूर पश्चिमाञ्चलको साहित्यको रथका एक सारथी रहँदै गीत, गजल र कविता रचनामा सक्रिय जुझारु स्रष्टा लक्ष्मीदत्त भट्ट ‘सत्यप्रेमी’का ‘हाम्रो कर्तव्य र गन्तव्य’ (खण्डकाव्य, २०६३), ‘चाँदनीको व्यथा’ (गजलसङ्ग्रह, २०६८) र ‘आमाको स्मृतिमा’ (शोककाव्य, २०६९) गरी तीन कृतिहरू प्रकाशित भएका छन् । तीमध्ये यस आलेखमा ‘आमाको स्मृतिमा’ शोककाव्यकृतिको सङ्क्षिप्त मूल्याङ्कन गर्न खोजिएको छ । यसमा आफ्नी ममतामयी आमाको शोकमा मनका व्यथाहरूलाई मार्मिक ढङ्गमा प्रकट गर्न खोजिएको छ ।
नवलपरासीको गजल प्रवाह -२०६९को सङ्क्षिप्त विवेचना
१०४ औं लक्ष्मीजयन्तीको अवसर पारेर गजल प्रवाह नवलपरासीले ‘गजल प्रवाह -२०६९ नवलपरासी, नवलपरासी जिल्लाका गजलकारहरूको खोजमूलक साहित्यिक अनुसन्धात्मक कृति’ दिनेश बस्यालको सम्पादनमा, प्रकाशन गरेको छ । यस गजलसङ्ग्रहको संरचना नियाल्दा प्रतिनिधि गजल भनि डा. घनश्याम न्यौपाने, खगेन्द्र प्रसाद बस्याल, गोविन्दराज विनोदी, स्व. रमेश हरिलठ्ठक स्व. शंकर पन्थी “ज्योतिविन्दु” र विष्णुमाया विभू गरी ६वटा गजल स्रष्टाहरूको साथै ४१जना गजल स्रष्टालाई समेटेको देखिन्छ । कृति सय पृष्ठको छ । प्रकाशन गजल प्रवाह, नवलपरासीले गरेको छ ।
शीताष्मा
बाहिर पानी परिरहको छ । लगातार तीन-चार दिनको झरीका कारण जाडो पनि उत्तिकै बढिरहेको छ । अझै दुई-चार दिन यो पानी पर्न बन्द हुने कुनै छाँटकाँट नै देखिँदैन । बाहिर बाटोमा फाट्टफुट्ट सवारी साधनहरू चलिरहेकै छन् भने स्कुल क्याम्पस जाने विद्यार्थीहरू छाता ओढी झुण्ड झुण्ड भएर सडकमा हिँडिरहेका देखिन्छन् । एकदुई भुस्याहा कुकुरहरू ओभानो प्रतीक्षालय र घरको पेटीमा ओत बसेका बाहेक अन्य सबै सुनसान नै देखिन्छ । सबै घरभित्र नै व्यस्त देखिन्छन् ।

साँची राखुँ जस्तो लाग्छ गीतभरि तिमीलाई
आफ्नो औकात जनाइहाल्यौ सबले चिने तिम्लाई
के थाहा त्यस्तो अनौठो, सोच्दै सोचिएन
पर्ख आमा एउटा म निकास लिई आउँछु
आजभोलि जिन्दगी यो खुबै मिठो लाग्न थाल्यो
तिमीले मलाई सुन म तिमीलाई सुन्छु
म छु र मेरा छन्
कहाँ गयो होला त्यो भीर गाउले बुढो