ks
साहित्य क्षेत्रमा नन्दलाल आचार्यको योगदान
वि.सं. २०३० सालमा उदयपुर जिल्लामा जन्मेर २०४७ सालदेखि राजविराज (सप्तरी)लाई कर्मक्षेत्र बनाएर जीवनरथ हाँकिरहेका नन्दलाल आचार्य मूलत शिक्षण र लेखन कार्यमा संलग्न साधक हुन् । – उनको ‘युग उचाल्ने अक्षरकर्मीको अवसान’ (०६७) प्रकाशित नाट्यकृति हो । ‘टुक्के दिदी र उखाने दाइ’ (बालएकाङ्की सङ्ग्रह) समेत प्रेसमा रहेको देखिन्छ । नाटक/एकाङ्कीकार नन्दलाल आचार्यका नाट्यगत विशेषताका वारेमा समीक्षक रामविक्रम थापाको कलम बोलेको छ – ‘२०६३ – २०६६ मा सिर्जित र २०६४ – २०६७ मा शब्दाङ्कुर, दायित्व, मधुपर्क, गरिमा, मिर्मिरे र कलममा प्रकाशित ९ ओटा र अप्रकाशित ६ ओटागरी कूल १५ ओटा नाटक/एकाङ्की सङ्गृहीत सद्य प्रकाशित ‘युग उचाल्ने अक्षरकर्मीको अवसान’ आचार्यको प्रथम पुस्तकाकार कृति हो र नेपाली साहित्यको नाटक विधामा उनको सार्थक र सशक्त उपस्थिति पनि हो । प्रथम पाइला नै ऊध्र्वगामी भएकाले नाटक विधामा यिनलाई उदीयमान प्रतिभा नभनी सुखै छैन ।
मनमनको गुनगुन
लामो समयसम्म सरकारी जागीरमा जीवन बिताउनु भएका कविवर श्री चिरञ्जीबी सिग्देलजी मेरो निकटम गाविसका निवासी र प्रिय मित्र पनि हुनुहुन्छ । उहाँ साहित्यमा रुचीराख्ने व्याक्ति हुनुहुन्छ जस्तो लाग्दैनथ्यो । महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०४औं लक्ष्मी जयन्ती मनाउने तरखरमा हामी जुटीरहेका अवस्थामा उहाँ पनि साहित्यिक जमघटमा रमाउने तरखरमा हुनुहुँदो रहेछ र मलाई उक्त अवसरमा सहभागी हुनको लागि बोलाउनु भयो । यही २०६९साल कार्तिक २८ गते पूर्ब र बहालवाला कर्मचारीहरुलाई जमघट गराएर लक्ष्मी जयन्ती मनाउने र नवलपरासी जिल्लामा एउटा साहित्यिक संस्थाको स्थापना गर्ने भनि मलाई बोलावट भयो । म आफ्नै कार्यक्रममा व्यस्त भएकोले उहाँको आग्रह स्वीकार्न सकिन तर मेरो आग्रहमा उहाँले लक्षीस्मृति साहित्य समाजको कार्यक्रममा उपस्थिति जनाउनु भयो र आफ्नो साहित्यिक जमघटको सुभकार्यमा जुट्न बिदा लिनुभयो ।
नाङ्साल क्लब नेपालको साहित्यिक अभियान
नाङ्साल क्लब नेपालले “मोक्कोन तामाङला गिख्खेन काई, तामाङ ह्युल्बादा छोर्नालाई” नारा राख्दै “नाङ्साल साहित्यिक अभियान” को पहिलो पाइला नुवाकोटको ओखरपौवा गा.बि.स.मा चालेको छ । बिगतमा महिनाको पहिलो हप्ताको शनिबार साहित्य बाचन काठमाडौं उपत्यकाभित्र गर्दै आएको थियो । तर उपत्यकाभित्र एउटा बन्द कोठाभित्र साहित्य जस्तो महत्वपूर्ण चिजलाई सिमित राखिनुहुन्न भनेर यसपाली उपत्यका बाहिर कार्यक्रम गर्दै साहित्यिक अभियान थालेको छ ।

सद्गुरु ओशो साहित्यकार पुन्य कार्की
जन्मेपछि एक दिन न एक दिन यो धर्ती छाडेर जानु नै पर्छ । प्राकृतिको नियमलाई हाँक दिन विज्ञानले सक्छ तर जित्न सक्दैन । प्रकृति जसरी सन्तुलित अवस्थामा रहेर साराका सारा सजीव एवं निर्जीव दुवैको अस्तित्वलाई सुरक्षित राखेको छ त्यसरी नै मानिसले चाहिँ प्रकृतिको झै भूमिका निर्वाह गर्न सक्छ तर आजको मान्छेले आफूमा भएको शक्तिलाई पहिचान्न सकेको छैन । ९५ प्रतिशत उर्जालाई क्रियाशिल पार्न सकेको छैन । आजको मान्छे पैसाको पछि लागेको छ र भन्न थालेको छ …..पैसा भए सब थोक साथमा नभए सब थोक पाखामा …. । मान्छेलाई श्रेष्ठ मान्छे भएर बाँच्न योग, ध्यान, प्रणायामले सिकाउँछ ।
नारायणी जीवनको गतिमा बग्छ
नारायणी आसपासमा छु । साँझको एउटा रातो घाम धनीराम थारुको माछा मार्ने जालको अगाडिपछाडि पौडिरहेको छ । लाग्छ, यो साँझे घाम धनीराम थारुसँग बिदा माग्न उसको निधार भएर पानीमा पौडिरहेको छ । वारीपारि डुंगा तैरिहेका छन् । माछा मार्ने केही ठिटौलेहरू स्कुल पोसाकमै अइपुगेका छन् । केही थारु सुन्दरीहरू नदी किनारमा तैरिहेका छन् । पानीमा पौडिरहेको घाम कुनै शब्दसँग नसमेटिनेगरि कामुक उत्तेजनामा छ । सिंगो नारायणी रातो रगंमा पोतिएको छ । केही पानी हाँस र बकुल्लाहरू घामको रंग चोर्न आइपुगेका छन् । पारी चितवनको जंगलमा चराहरूले लुकाइरहेको एउटा कुमारी संगीत नारायणीमा पौडिदैछ । म डुंगामा उभिएर कविहरू सम्झिरहेको छु ।
बिमला
बास्ना नै नआउने त्यो प्लाष्टिकको रातो गुराँसको फूल केवल फूल मात्र हो । त्यो फूल सजाउनलाई हो तर कालो केश होइन न हो हरिया पाखाहरू । त्यो त टेवल सजाउनलाई मात्र हो अनि टेवल माथिको फुलदानी । त्यस फूलको न कुनै रंग हुन्छ न कुनै स्वाद न त कुनै सुगन्ध तर मूल्यवान छ त्यही । त्यही फुलको छ बजार त्यसैको चर्चा अनि त्यही फूल छ सुन्दर । कतिका पेट भराएको छ त्यही प्लाष्टिकको गुराँसले उफ् ! त्यो डाँडा पाखामा फुल्ने गुराँस खैत त्यसको महत्व ?

(१)
कि त तिम्ले प्रतिभा नै लुटेको भे हुन्थ्यो
यो देशका युवाहरू आज रहर बेचिरहेछन
पित्तो जत्रो चित्त बोक्नेहरूको भीड देखें
बजार जाऊ साहुले भाउ बढेको कुरा गर्छन्
क्रिसमस !
यौटा वारि अर्को पारि, कल्पिएको, देख्न नपरोस
देशको उद्धार गर्न नसके, बाँचेर के भो जीवन,
नमाग मसित रहेको दुखेको मन
यादहरूमा रमाउँने यो मनको रीत बनेको छ