Skip to content

श्रद्धाको फूल चढाइदिनु

  • by


श्रद्धाको फूल चढाइदिनु आएर लाशमा
नपाए फूल भई गयो तिमी रोइदिनु आँशुमा

सम्झन्छु म त छोएको तिमीले कमलो हातले
लुकाई राख आत्मा यो मेरो नहान पातले
दिनेछ सबै गवाही हाम्रो जुनेली रातले
नपाए फूल भई गयो तिमी रोइदिनु आँशुमा

मरेर के भो देह यो मेरो आत्मा त मर्दैन
पिरती चोखो लाएको भए बन्धन पर्दैन
प्रकृति फूल सुकेर झर्छ, दिलको झर्दैन
नपाए फूल भई गयो तिमी रोइदिनु आँशुमा

शब्द – रबिन्द्र शाह
स्वर – नारायण गोपाल
संगीत – गोपाल योन्जन

Leave a Reply

Your email address will not be published. Required fields are marked *