Skip to content


तिमी नभए जिन्दगानी काडाँसरी छ
फेरि पनि मेरो केही गुनासो छैन

कहिलेकाहीँ कल्पनामा छाल हाली रोएथेँ
संसारको पीरहरूमा आँशु बनाई पोखेथेँ
अल्झाई दियौ पिरती त्यही कँही माझमा
फेरि पनि मेरो केही गुनासो छैन

धर्ती जस्तै मुटु भिजाई माया तिमीलाई दिएथेँ
क्षितिजसरी टाढा-टाढा सपना जोडेथेँ
आकाशबाट एउटै तारा बिलाई गयो माझमा
फेरि पनि मेरो केही गुनासो छैन

चट्टान झैँ पर्खिरहे वर्षे मास झरीमा
एक दिन त बादल फाटी घाम लाग्ने आशमा
हुरी बतास बर्षासँगै बगिगयो भेलमा
फेरि पनि मेरो केही गुनासो छैन

शब्द, संगीत – रनजीत गजमेर
स्वर – उदित नारायण झा
चलचित्र – कुसुमे रुमाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *