Skip to content

लुकुँ लुकुँ लाग्यो मलाई

  • by


लुकुँ लुकुँ लाग्यो मलाई बादल जस्तो त्यो कालो केशमा
नाचुँ नाचुँ लाग्यो मलाई पिरतीको रंगिन देशमा

सेतो पाना चोखो मन दुवै मन छ तिम्रै गीत
निलो आकाश निलो खोला जताततै तिम्रो प्रीत
झुलुँ झुलुँ जस्तो लाग्यो मलाई सुवास जस्तो हाम्रो मिलनमा
नाचुँ नाचुँ लाग्यो मलाई पिरतीको रंगिन देशमा

फूलभरि तिम्रो सुवास मौसमभरि तिम्रो सुवास
तनमा छायो मनमा छायो न्यानो न्यानो तिम्रो साथ
चुमुँ चुमुँ लाग्यो मलाई कुसुम जस्तो तिम्रो वदनमा
नाचुँ नाचुँ लाग्यो मलाई पिरतीको रंगिन देशमा

तिम्रो आँखा तिम्रो अधर लाग्छ मलाई मेरो नै हो
मेरोआँखा मात्रै किन सारा जीवन तिम्रै हो
डुबुँ डुबुँ जस्तो लाग्यो मलाई सागर जस्तो तिम्रो नयनमा
नाचुँ नाचुँ लाग्यो मलाई पिरतीको रंगिन देशमा

शब्द – किरण खरेल
स्वर – नारायण गोपाल, तारादेवी
संगीत – गोपाल योञ्जन
चलचित्र – सिन्दूर

Leave a Reply

Your email address will not be published. Required fields are marked *