Skip to content

ks

जून त लाग्यो ताराले

  • by

जून त लाग्यो ताराले मन त लाग्यो मायाले
यो पहाड त्यो पहाड हेर्दा हेर्दै साराले

रंगी-बिरंगी फूलको थुँगा-थुँगा टिपेर
तिमी हिँड्ने गोरेटो सपनाले भरेर
आँखाको नानीमा सजाउनेछन् साराले

किन गज़ल लेख्नु पर्यो

किन गज़ल लेख्नु पर्यो सारिदिन्छु म त
सही नाम र ठेगानालाई मारिदिन्छु म त

थाहा नभे आफ्नै हुन्छ पाए ठिक्क पार्दै
गोहीका झैँ स्वार्थी आँसु झारिदिन्छु म त

जीवनमा कलाको आवश्यकता

  • by

जीवन कलायुक्त हुनुपर्छ । कलाविहीन हुनु मानव हुनुबाट बञ्चित हुनु हो । भनिन्छ, शिव सर्वकलाले सम्पन्न थिए, कृष्ण पनि सोह्र कलाले सम्पन्न थिए साथै राम समेत केही कलाले युक्त थिए । आजका हामी मान्छे कलाकारितामा विश्वास नराख्ने भुल गरिरहेका छौँ । खालि धनोपार्जनमा ध्यान लगाइरहेका छौँ । कलाले धन मात्र उपार्जन गर्दैन, जीवको धरोहर समेत निर्माण गर्दछ । अतः कलाको सम्मान हुनुपर्छ । सानो काम भनेर तुच्छरूपमा लिने सोचको विपक्षमा नउभिई हामी जीवनवोध गर्न सक्दैनौँ । हामीमा के–कस्ता कला छन् र के–कस्ता कामकाजको सम्मान गर्न सक्नुपर्छ भन्ने कुराको आभाष दिन र लिन व्यवहारोपयोगी जम्मा चौसठ्ठी वटा त्यस्ता कलाको अध्ययनमनन र चिन्तन आवश्यक हुन्छ ।

SuryaPrakashBhusal

तिम्लाई सम्झी नरोएको

  • by

तिम्लाई सम्झी नरोएको, कुनै दिन छैन
तिम्रो साथमा बिताएको, कुनै छिन छैन

नभेटेरै टाढा हुने, कस्तो भाग्य मेरो
दियौ मुटु फिर्ता लग्यौ, कुनै रिन छैन

मलाई विश्वास छ

  • by

अलिकति आक्रोश
अलिकति उत्तेजना
अनि, अलिकति पीडाको बिस्कुन
मनभरि बोकेर
रेगिस्थान छिरेको नि बर्षौं भएछ

समयको सम्भोगसँगै
स्खलित मेरो मन
आज निक्कै गलेको छ
सायद हलचल गर्नै नसक्ने गरी

अझै फेरि बिद्रोहको राँको

अझै फेरि बिद्रोहको राँको बाल्नु पर्छ
एउटा ठोस निर्णयको कदम चाल्नु पर्छ ।

दिनानु दिन महंगीले घाँटी थिची मार्दा यहाँ
अत्याचारी ज्यानमारा यो सरकार ढाल्नु पर्छ ।

बिजुली

  • by

बिजुली तिमीले साह्रै दुख दियौ
यसरी जाने भए किन हाम्रो जिन्दगीमा आयौ
बरु तिमी नभैदिएको भए तिम्रो आश नै हुने थिएन
तिम्रो प्रतिक्षामा बस्नु पर्ने नै थिएन
धनी सम्पन्न ब्यक्तिको घरमा तिमी जसरी पनि गयौ
कही इनभरर्टर त कही जेनेरेटर भयौ

तामाङ शब्दकोष छिट्टै प्रकाशित हुने

  • by

नेपाल तामाङ घेदुङ र नेपाल प्रज्ञाप्रतिष्ठानको संयुक्त प्रयासमा तामाङ शब्दकोष प्रकाशन हुने भएको छ ।

हिजो भएको एक कार्यक्रममा शब्दकोष निमार्णको काम अन्तिम चरणमा पुगेको शब्द संकलक तथा सम्पादक अजितमान तामाङले जानकारी दिनुभयो ।

पाँच मुक्तक (रगत देशमा धेरै बग्यो)

  • by

रगत देशमा धेरै बग्यो

रगत देशमा धेरै बग्यो अझै रगत नखोज भो
देशमा शान्ति चाहिएको छ संघर्ष–पथ नरोज भो
सत्यकर्म सत्यबोली आकर्षणको हो महान शक्ति
गोलाबारुद त्रासादिमा कहाँ कस्को के मोज भो

सत्य लुक्दैन

  • by

तिहारको रमझम सँगै भाइटीका नजिकिदै गएकोले भाइ पुज्नका निम्ति चाहिने सामग्रीहरू किन्नका लागि तयार भएर माईक्रो चढी असनतिर लागें । काठमाण्डौको त्यो पनि असन बजार राम-राम पुरै मान्छे नै मान्छेले भरिएको रहेछ । कतै खुट्टा धरि राख्ने ठाउँ रहेन छ, तर के गर्नु आफ्नो काम त जसो तसो किनमेल गर्नु थियो । त्यही भएर अन्त ध्यान नदिई आफ्नो किनमेलको कामतिर लागेको मात्र के थिएँ ।

अन्माउँ छोरी के गरी !

  • by

छोरी हुन् भनि जान आज तिमिले सन्तान मूटू सरी ।
अर्काको घरमा विदा दिएर छोरी पठाउने के गरी ।।
जन्माई पहिले बढाइ घरमा छोरी त ठूली भई ।
अन्माइ कसरी पठाउँ अरुका घरमा त जाने भई ।।१।।

DhrubaBista

अँधेरीमा जून बन्छु भन्थे

  • by

अँधेरीमा जून बन्छु भन्थे, जूनै बन्न पाइन्न
नसा-नसा धाउला भन्थे, खुनै बन्न पाइन्न
सिउदोको त्यो सिन्दुर बनाई टल्काउली सोच्थे
हीरा-मोती बन्छु भन्थे, सूनै बन्न पाइन्न !

ध्रुब बिष्ट (अतित)
पाटन-०२ बैतडी

चार प्याकेट पाउरोटी

  • by

यहुदीहरूलाई खोजी खोजी मार्ने हिटलरको अभियानले पोल्याण्डलाई पनि अछुतो नबनाएपछि त्यहाँका यहुदीहरूलाई ज्यान जोगाउन हम्मे परेको थियो ।

क्राकाउ शहरको नजिकैको एउटा गाउँमा चार घर धुरी मात्र यहुदी र बाँकी सबै क्रिस्चियन थिए । कोही यहुदी भने ज्यान जोगाउनकै लागि क्रिश्चियन भएका थिए । ती चार घर यहुदी बिरुद्ध उजुरी परेको थाहा पाएपछि राता-रात याजाले आफ्नो श्रीमानलाई क्राकाउ पठाइन् ।

सापट र उधारोमा लिइनुको मजा

सापट र उधारोमा लिइनुको मजा बेग्लै
माया साटासाट गर्दा खिइनुको मजा बेग्लै

मदिराको नशामा लट्ठिँदै छन् जोडीहरू
उन्कै ग्लासमा मिसिएर पिइनुको मजा बेग्लै

नौलो सिर्जना

  • by

नेपाली बन्न हामीले नेपाल राख्नपर्छ है,
नयाँ विवेक पालेर उपद्रो मास्नपर्छ है ।

अठोट नव सोच्दामा पर्दैन फस्न कष्टमा,
सुन्दर कर्म गर्दामा पर्दैन पर्न भ्रष्टमा ।
बोली आदर्श भैदेमा मतिच्यूत हुँदैन र,
व्यवहार नभै राम्रो खराबी ल्याउँदैन र !

डायटिंग

  • by

“भाइसाब अलिकति मिठाई दिनुस न !”

(प्लेट अघिल्तिर सार्दै) “धेरै हैन नि फेरि एउटा मात्र उफ्फ ! यो विवाह पार्टीमा नआउदा पनि नहुने आउनु भनेको नाफाभन्दा घाटा नै बेसी ।”

हुन त हिसाब किताब गर्नु त राम्रो होइन । फेरि खानामा उस्तै चिल्लो पिरो हुन्छ जसले खराब गरेरै छाडछ वास्तवमा यो भनेकै रोगको घर हो ।