Skip to content

ks

थोत्रे इतिहास र ऐश्वर्यविहीन शिर

  • by

तिम्रो थोत्रे विचार
जनताद्धारा तिरस्कृत भइसक्यो
र पनि तिमी कसैको बैशाखी टेकेर
अझ हुटिट्याउँले सगर थाम्छ भन्दै छौ ।
अझ जनाघात कदम चाल्दै छौ ।
यसबाट
तिम्रो बाँकी बचेखुचेको छवि पनि पानी पानी भइरहेछ ।
इतिहासमा यत्तिबेला जनता ठग्ने काम मात्र भइरहेछ ।

जिन्दगीको हरेक यात्रा

  • by

जिन्दगीको हरेक यात्रा तिमीसँगै गर्न पाएँ
तिम्रै निम्ति फुलें अनि तिम्रै निम्ति झर्न पाएँ

तिमी थियौ शून्यतामा पूर्णताको खोजी गर्दै
आफूलाई रित्याएर माया मेरो भर्न पाएँ

नदेखिएको घाउ

  • by

कपाल आधाउदी फुलिसकेको । झट्ट हेर्दा साठ्ठी वटा हिउँद त काटे बुढाले जस्तो लाग्ने । पूर्वको झापाली बुढा । सानैमा आमा बुवा बितेपछि ईन्डियामा ट्रकको खलासी बसेछन् । नेपालमा जनयुद्ध सुरु भएपछि बाँकी उमेर नेपाल र नेपालीको लागि अर्पण गर्ने भन्दै बुढा होमिए जनयुद्धमा । जनयुद्धमा साहिँला दाइको उपनाम पाए । घरको कुन चाहिँ भाइ हो उनै जानुन् । तर सबैले उनलाई साहिँला दाइ भनेर बोलाउँन थाले । यहाँसम्मकी उनीभन्दा दश बर्ष जेठो उमेरका साथीहरूले पनि उनलाई साहिँला दाइ भनेर बोलाउन थाले । जनमुक्ति सेनाको ब्यवस्थापकिय जिम्मेवारी समाल्थे बुढा ।

नमिठो त्यो जिन्दगीको कथा

  • by

नमिठो त्यो जिन्दगीको कथा सुन्दैछु
कथाभित्रको रुवाउने व्यथा सुन्दैछु

सिंगमर्मरको महल देख्थें उस्को जिन्दगी
बनिबुतो गरेर साँच्या ज्याथा सुन्दैछु

बादलका बुट्टाहरू गजलसङ्ग्रहको संक्षिप्त विवेचना

  • by

बादलका बुट्टाहरू गजलसङ्ग्रहका रचनाकार हुनुहुन्छ गजलकार कैलाशकुमार पाण्डे । पाण्डेजीको जन्म बि.सं. २०३० साल बैशाख २८ गते शीर्ष ५, थपला डडेलधुरामा भएको थियो । उहाँको पिताको नाम महेन्द्रदत्त पाण्डे र माताको नाम मनुदेबी पाण्डे हो । पाण्डेजीले राजनीति शास्त्र र समाज शास्त्रमा स्नातकोत्तरको डिग्री हाँसिल गर्नु भएको छ । उहाँको जीवन राजनीति, समाजसेवा, गजल, गीत, कविता, मुक्तक लेखनको साथसाथै विभिन्न पत्र पत्रिका सम्पादनमा समेत समर्पित भएको पाइन्छ । उहाँ विभिन्न संघ–संस्थाहरूमा राजनीति र समाज सेवामा आवद्ध हुनुको साथै साहित्य प्रतिष्ठान डडेलधुरा, समैजी युवा परिचालन केन्द्र डडेलधुरा र जोगबुडा जनपुस्तकालयको अध्यक्ष, प्यास गजल पत्रिकाको आजीवन सदस्य हुनुको साथसाथै आँकलन सप्ताहिक, डडेलधुरा, सौरभ मासिक २०५२, धनगढी, अमरगढी एक्प्रेस सप्ताहिक–२०५५, डडेलधुराको सम्पादन समेत गर्नु भएको छ ।

20121223_DeshSubba_MajheriBhalakusarai_01

मझेरी भलाकुसारी, अंक १२ (देश सुब्बा)

भयवाद भनेको जीवनलाई हेर्ने, सञ्चालन गर्ने विस्वास गर्ने अर्को दृष्टिकोण हो ।
रेखा कविता … एउटा विचार हो जीवन र जगतलाई हेर्ने । रेखाबाट जीवन, जगत हेरौँ भन्ने सोच हो ।
नेपाली साहित्यमा बहुलता आएको छ । यो सकारात्मक हो । लेखाइसँगै व्यवहारमा पनि बहुलताले स्थान पाउँदै गएको छ ।

अगाडि बड्न देऊ !

  • by

हो … !
यात्रा मेरो लामो छ र जटिल पनि
तर …
कोही नडराऊ कोही नतर्स
यो यात्रा मेरो मात्रा होइन
हामी सबैको हो,
तिनै धुर्त स्याल र ब्वासाहरूबाट
शिकार हुनुपर्दा,

एक निमेष मै आस्थाहरू ढल्दा

एक निमेष मै आस्थाहरू ढल्दा थाहा पाएँ
अत्यासमा भित्री मुटु जल्दा थाहा पाएँ

बालापन र बिगत मात्र पर्याप्त हुन्न रैछ
धर्मराउदो गन्तब्यले छल्दा थाहा पाएँ

एउटा सजाय यस्तो पनि

अग्लिएर चुच्चिएको धूपीको बोटमुनी बसेर एकतमासले गाडीको दोहोरी लत्तो हुइँक्याई नियालिरहेछ मोहन । गाडी त के भन्नु सबै चिल्ला कारैकारको ताँती । सफा फराकिला काला चिल्ला सडकमा धुवाँको नामोनिशाना बिनै मन्द आवाजमा सुलुत्त सुलुत्त चिप्लिरहेका कारहरूको ताँती हेर्दा उसलाई आफ्नै जीवनको अतित र वर्तमान फ्ल्यास्ब्याक भएझैँ लाग्छ । हिसाब गर्छ, परदेशिएको पनि आज ३ बर्ष पूरा भएछ । मोहन एक होनहार विद्यार्थी थियो । एक लायक छोरा थियो र एक जेहेन्दार अनि भद्र आफन्त थियो भलै गरिबीको खास्टो ओढेरै हुर्किएको थियो ।

प्रीतिको फूलमा सतही टिप्पणी

  • by

गीत मानव सभ्यताको प्रयाय हो । भाषाको लिपिबद्ध अवतरण हुनु पूर्वदेखि नै यसको अस्तित्व र स्वतन्त्र पहिचान रहदै आएको देखिन्छ । यसलाई समाजको विषिष्ट दर्पण, भाषाको आनन र अभिव्यक्तिको सुकोमल तर जवर्जस्त माध्यमपनि भन्नसकिन्छ । गीतलाई मान्छेको इतिहास पनि भन्नसक्छौँ हामी एक अर्थमा, तसर्थपनि यसलाई बिर्सन सक्तैनौ हामी । गीतमा हृदयको आवाज अभिगुञ्जितहुने भएकाले नै यो स्वप्नहरूको विम्व बनेर बाचिरहेको हुन्छ नाचिरहेको हुन्छ ।