Skip to content


जतिको माया मेचीलाई, उति महाकालीलाई
मायाले बाँधी लौन लौ, कोशी र कर्णालीलाई
अरु त ल्याउन खोज्दैछन्, धरतीमा जूनलाई
होड अनेकौं गर्दैछिन्, जिउँदै स्वर्ग छुनलाई

हामीले मात्रै गोरेटो, खोजेर हिड्न, लाजै हो
भोलिलाई काम नराखौं, देश बनाउनु आजै हो
आह्वान युगको यही छ, कोटी नेपालीलाई

जागृतिको जोस जुन जनजीवनमा जागेछ
नेपालीको आँगनमा जुन नौलो घाम लागेछ
व्यर्थै सेलाएर त्यो खेर ही, जान नपाओस
प्रगति हाम्रो देखेर, संसारले आँखा फैलाओस
जरो उखेली नासिदिउन, फटाहा र जालीलाई

बस्ने बेला छैन अब, झिलिमिली झुलेर
फर्केका गाउँका डाँडा-काँडा, कुना काप्चा डुलेर
अल्मलिएका गाउँलेहरूमा ज्ञानको ज्योति चम्काई
देशको गर्नु छ विकास, प्रगति पथमा लम्काई
शिखरमा पुर्याउनु छ हेर, नेपाल

शब्द – चेतन कार्की
स्वर – नारायण गोपाल, तारा देवी
संगीत – व्हि. बलसारा
चलचित्र – परिवर्तन

Leave a Reply

Your email address will not be published. Required fields are marked *