Skip to content

ks

तिम्लाई छुने रहरहरू

  • by

तिम्लाई छुने रहरहरू मार्न सकिन
मनमा उठ्ने लहरहरू बार्न सकिन

हुन्न भन्थे सजाउन तिम्लाई आँखामा
गाउन झनै हुन्न अरे मिठो भाकामा
गाईसकेँ, सजाईसकेँ, पर सार्न सकिन
मनमा उठ्ने लहरहरू बार्न सकिन

उमेर बढ्यो बैंश चढ्यो

  • by

उमेर बढ्यो बैंश चढ्यो जवानीलाई नरोक
सारा वैंश देऊ यतै लगानीलाई नरोक

चल्छ जीवन् हाम्रो अब यसै उसै माया गरी
प्यास लाग्दा तिम्ले दिने पानीलाई नरोक

पद संस्कार

  • by

पदका लागि जन्मेका हामी
पदकै लागि मरी मेट्ने गर्छौ
इतिहास आफैँ बोल्छ
हाम्ले भाइभारदारहरूलाई पनि मार्यौं
पदकै लागि
पदले हामीलाई लोभ्याउँछ

प्रेमको कामनाको यस्तै भक्ति

  • by

प्रेमको कामनाको यस्तै भक्ति सदा संस्कार बनोस्
शान्ति, सद्भाव, ममता, प्यारको जीवन अलंकार बनोस् ।

संसार उजाड मात्र हुन्न, प्राकृत कला हो यो साउन
पतझड पार्ने शीशिरमाथि मेघको यस्तै हुंकार बनोस् ।

BishnuPun

मेरो प्यारो जलजला

  • by

निलो निलो
आकाशभन्दा
धेरै तल तल
बस्तीहरू भन्दा केही
माथि माथि
क्षितिजसँग
अमर प्रित गाँस्दै
निर्जन टाकुराबाट
सिर्जनाको संगीत
गुञ्जाइरहने
मेरो प्यारो जलजला ।

‘सहर’ कथाको वस्तुवादी विश्लेषण

  • by

१. कथाकार परिचय

नेपाली साहित्यमा कथा, निबन्ध र उपन्यास विधामा दर्विलो स्थान बनाइसकेका स्रष्टाको नाम नै धीरकुमार श्रेष्ठ हो । उनले घतलाग्दा कथा लेखेर बालसाहित्यमा योगदान पुर्याएका छन् । नेपाली व्याकरण र नेपाली पाठ्यपुस्तकको निर्माणमा समेत सक्रिय श्रेष्ठले शब्दाङ्कुर, दीपशिखा, ज्योतिपुञ्ज जस्ता साहित्यिक र वार्षिक पत्रिका निरन्तर सम्पादन गर्दै आएका छन् ।

छट्पटिदै चिहानमा लाश हुन्छ मेरो

  • by

छट्पटिदै चिहानमा लाश हुन्छ मेरो
आइनौ नै भने अन्तिम सास रून्छ मेरो

बन्ने भए पत्थरले लोग्ने मान्छेहरू
बेदनाले हृदय यो किन छुन्छ मेरो

धुलो पीठो हुँदा पनि

धुलो पीठो हुँदा पनि अझै सानो हुन्छु भन्छ
छचल्किदै पोखिइने आँशु झरी चुन्छु भन्छ ।।

न त कहिले शान्त हुन्छ न त बस्छ चुप लागी
भिजाउँदै तकिया नि एकोहोरो रुन्छु भन्छ ।।

मेरो देश सुन्दर छे र सु-सम्पन्न छे

  • by

कसैले कस्तो देख्लान
कसैले बेग्लै देख्लान
र कसैले रुँदै गरेको देख्लान
तर म देख्ने गर्छु
मेरो देश सदा सुन्दर र
बसन्तको नयाँ पालुवा झैं

भित्र भित्रै तिम्रो जाली खेलले पोल्यो

  • by

भित्र भित्रै तिम्रो जाली खेलले पोल्यो मलाई
सोझो पनको फाइदा लुट्यौ झेलले पोल्यो मलाई ।।

समाजको मुख राख्न तिम्रो हात समाएथें
पहिलो प्यारलाई बिदा दे’को रेलले पोल्यो मलाई ।।

क्यालगरीले साहित्य गोष्ठी गरी भानु जयन्ती मनायो

  • by

गत जुलाई १४ का दिन क्यानाडाको क्यालगरीमा एन आर एन क्यानाडाको भाषा साहित्य बिभागको आयोजना र नेपाली कम्यूनिटी सोसाइटी अफ् क्यालगरी(NCSC) तथा क्याल्गरी नेप्लिज् कम्यूनिटी एसोसिएसन(CNCA) को संयुक्त सहकार्यमा १९९औं भानु जयन्ती एक भव्य साहित्य गोष्ठी गरी मनाइयो ।

आँगनीको डिलमा यो साल

  • by

आँगनीको डिलमा यो साल सयपत्री फुल्दै होलान
गैरी खेतमा धानका बाला लहलह झुल्दै होलान ।

आलो पालो मेला पर्म गाउँमै कुटो कोदालोमा
लेक-बेँसी साथी भाई काम काजले भुल्दै होलान ।

भक्तमाला

  • by

प्रतिज्ञा मैले यो यमसित गर्याँ जन्मि अब ता ।
सिताराम् भज्न्या छू विषयहरूमा छाडि ममता ।।
प्रतिज्ञा सो बिर्सीकन जन धनै खोजि डुलियो ।
सिताराम् भज्न्या हो शिव शिव उसै आज भुलियो ।।१।।

सिताराम् भज्न्या छू भनिकन प्रतिज्ञा अघि गरी ।
गयाको होस् आइस् कति दिन भजिस् भन् अघि सरी ।।
यसो भन्नन् ख्वामित् मकन यमराज् तेस् बखतमा ।
कसो भन्नू मैले भुलिकन रह्याँ एस् बखतमा ।।२।।

बोक्सोलाई लखेट्न

  • by

बोक्सोलाई लखेट्न नै हिजो बसे धामी
सत्यलोक कल्पनामा व्यस्त भयौं हामी

आजसम्म कथाव्यथा जस्तो थियो त्यस्तै
उपलब्धीहीन देख्दा दङ्ग पर्यो कामी

क्रुर मान्छे

अन्तत उसले त्यो क्रुर मान्छेलाई घरमा ल्यायो । पछिल्लो केही दिनदेखिको मेरो अनुरोधलाई आज उसले स्वीकारेको छ । अनि म बडो सतर्कताका साथ क्रुर मान्छेको हातभरि पिपलका दाना पाके झै पाकेका घाउहरू सफा गर्दैछु । यति साबधानीका साथ कि कतै मैले प्रयोग गरेको कपासले पनि उसलाई नदुखोस । मेरो सारा ध्यान उसलाई सञ्चो पार्नेतिर छ । शुन्यतालाई चिर्दै उसको मुखबाट निस्किएको सिकसिकाहट कोठाभरि गुञ्जयमान हुन्छ । सायद पीडा अत्यधिक बढेर गएको छ । आँखाहरू कहिलेकाहीँ उसको आँखामा गएर ठोकिन्छ । म देख्छु ऊ एकतमासले मलाई हेरिरहेछ । हातहरू जबरजस्ती बाँध्न खोज्छ । सायद यतिबेला त्यो क्रुर मान्छे जिब्रो चलाउन नसके पनि मसँग क्षमायाचना गर्न हातहरू जोड्न चाहन्छ । आत्मग्लानिले होला आँखाहरू भरिएछन् । कस्तरी डढेछ अनुहार त पुरै कोईला जस्तै देखिएछ ।

म सम्झनामा तापेर अचेल

  • by

म सम्झनामा तापेर अचेल सुकाउँदैछु परेली
आँशुको खहरे रोक्नलाई उठाउँदैछु परेली ।

उनी आँउदा हर रात स्पर्शले सेक्न यो तन
भिजेका सम्झनाहरू मेटाउन लुकाउँदैछु परेली।

अस्मिता

  • by

हुर्याउँदै वटुवा बनी
रन्थनिएको मन लिएर
श्राप हो या अभिश्राप
चेतनाले ठम्याउनै गाह्रो
घरि लुकाउन खोज्छ
घरि देखाउन खोज्छ
मानवताको खोल फालेर
नङ्ग्याउँछ अस्मिता ।

मातृभूमिको झझ्ल्को

  • by

प्रभातको शुन्यलाई चिर्दै
जब घाम मध्यान्तरमा पुग्थ्यो
टावरहरू तातो घामले डढ्दै
तातै बालुवाको लेप लगाउँदै
सडक् वरिपरि उभिएका
खजुरका बोटहरूलाई छल्दै

बिदा गर्दा मुस्कानमा मोती जड्नू

  • by

बिदा गर्दा मुस्कानमा मोती जड्नू तिमी
मेरो लाश चिता चढ़्दा डोली चढ़्नू तिमी

सँगै कहाँ रहन्छन् र ? आकाश धरती
त्यै भएर बादलकोमाथि अड्नू तिमी