ks
संस्कार (लघुकथा)
ऊ र त्यो दुबै युग पुरुष हुन् । आ-आफ्ना क्षेत्रका यी दुबै महारथी हुन् । दुबैमा उच्च आदर्श र अक्षय महानता छ । निष्ठापूर्वकको आजीवन यात्राका दुबै अथक योद्धा हुन् । आ-आफ्ना क्षेत्रका अद्धितीय हस्ति हुन् । दुबैको आजन्म राष्ट्रिय योगदान अतुलनीय र अवर्णनीय रहेको कुरामा कसैको दुईमत छैन । यस्ता निस्वार्थी राष्ट्रसेवकलाई यो मुलुकले राष्ट्रिय विभूतिमा दर्ता गर्न सक्ने सम्भावना पनि नभएको होइन ।
मन-मस्तिष्क त सबैको केन्द्र नै हुन्छ । सोच-विचारबिना त कुनचाहिँ काम पो हुन्छ र ! उसको हतियार कलम हो भने त्यसको हतियार चाहिँ मुख । एउटा लिखित हो भने अर्को मौखिक । ठ्याक्कै भन्नुपर्दा- ऊ कलमवीर र त्यो मुखवीर अर्थात् कर्मवीर ।
तर्साउने कृति : ‘तन्द्रामा अमेरिका’
धीकुश्रेज्यू, ‘तन्द्रामा अमेरिका’ बाट हँसाउन सक्नुभएन । थोरै हसाइँ पनि के हँसाइ ? हँसाउन खोज्दाखोज्दै कतैकतै रुवाउनुभयो । यसो भन्दाभन्दै एउटा कुरा भनिनँ भने अनर्थ होला । त्यो के भने— तपाईंले पाठकको मन जुरुक्कै उचाल्नुभयो । उदयपुरको माटोले जन्माएका स्रष्टा गम्भीरबहादुर थापाकै बाटोका अर्का अनुयायी कवि लेखबहादुर कार्की भन्थे–‘म जहाँ पुग्छु, त्यही मेरो घर हो । म पढेको मान्छे हैन, अक्षरसम्म चिनेको मान्छे हुँ । म डुलिहिँड्ने र हरेक ठाउँको हालखबर मनमा गुनिरहने यस युगको नारदजस्तो पात्र हुँ । म सकुञ्जेल हिँड्छु र जनता जगाइरहन्छु । म जे देख्छु, त्यही लेख्छु ।
विरामी मान्छे
पुस कटेर के भयो त,
खुसी रोपेर आँशु फलाउने खडेरीहरू,
राँको बालेर तोरी फुलाउने बर्षाहरू
र टमाटरको बोटमा खुर्सानी फल्ने
दिनहरू बाँकी नै छन ।
खरानी घसे पनि,
अँध्यारो गुफाको मान्छे अँध्यारै हुन्छ
तर टमाटरको बोटमा खुर्सानी फले जस्तो
चहकिलो, उज्यालो दिन ढलेजस्तो
नमिठो छैन बिरामी मान्छे
छ त केवल आशिलो मन बोकेको ।
सज्जन एक
सज्जनसित अथाह सम्पत्ति थियो । सज्जनलाई कुनै कुराको कमी थिएन । सज्जन एक दिन घुम्न घर बाहिर निस्कियो । सज्जनले उसको घरैअघिको गेटमा एउटा
माग्नेलाई घन्टी बजाउनै लागेको देख्यो । सज्जनलाई सनक्क रिस उठ्यो र माग्नेलाई झपार्न थाल्यो – “ए भाते तँलाई माग्न लाज लाग्दैन? यत्रा हात पाखुरा छन् !”
माग्नेले भन्यो -“हजुर दुई दिनदेखि काम नपाएर भोको छु ।”

चल्छन् भने चल्न देऊ किराहरू स्याउँ-स्याउँ
यात्रा यो जिन्दगीको कस्तो कस्तो
दिन ढल्यो, रात छायो, उनकै याद आयो
उजाड जिन्दगीमा, बहार बनेर आयौ तिमी,
म भएँ आज उनको भर परेर घायल
खुसी छौ रे तिमी अचेल, फूलै-फूलले घेर्दा खेरी
ईच्छाहरू दबाएर मार्न जान्या छैन
जिन्दगीले आफैसँग ढाटेपछि लेखेँ गजल